काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बर्नहार्ट कलेजले नेपालको उत्कृष्ट आइटी कलेजको उपाधी प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा बर्नहार्ट कलेज नेपालको उत्कृष्ट आइटी कलेज' काे विधामा सर्वाेत्कृष्ट अवार्ड प्राप्त गरेको हो।
वि.सं २०६० सालमा स्थापना भएको बर्नहार्ट कलेज बाफलमा अवस्थित रहेको छ। नेपाल सरकारद्वारा बेस्ट कलेजको उपाधि प्राप्त यस कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीएससीसीएसआईटी, बीबीएस, बीबीएम, बीसीए विषय अध्यापन हुन्छ। यस कलेजमा प्रत्येक वर्ष ६ हजार भन्दा बढी विद्यार्थी भर्ना हुने गरेका छन्। बर्नहार्ट कलेजले २०७६ साल फागुन २३ गते त्रिभुवन विश्वविद्यालयको पहिलो क्यूएए मान्यता प्राप्त निजी कलेजको उपाधी पाप्त गरेको हो। यस कलेजमा ३८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
७ रोपनि क्षेत्रफलमा ३ वटा भवन रहेको यस कलेजमा सुविधासम्पन्न भवन, पुस्तकालय, सेमीनार हल, डिजिटल कक्षाकोठा, कम्प्यूटर ल्याब, चमेना गृह आदि भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। बर्नहार्ट कलेजले विद्यार्थीलाई बजारको माग अनुसारको शिक्षा दिनुका साथै विश्वविद्यालयले तोकेको पाठ्यक्रमको अलावा विभिन्न तालीम प्रदान गर्ने, विद्यार्थीहरुलाई अध्ययन पश्चात् जब प्लेसमेन्टको पनि व्यवस्था गर्ने गरेको छ।
यस कलेजले एसईई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्न आर्थिक अवस्था कमजोर भएको कारण पिछडिएका जेहेन्दार, मेहनती, गरिब वर्गका ७०० सय विद्यार्थीहरुका लागि प्रत्येक वर्ष छात्रावृति प्रदान गर्दै आएको छ। विद्यार्थीलाई प्रोत्साहन गर्न यस कलेजले विभिन्न विद्यामा १० प्रतिशत छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। यस कलेजले प्रत्येक परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीलाई स्कलरसिपको पनि व्यवस्था गरेको छ।
काठमाडाैँ बर्नहार्ट कलेजले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट निजी महाविद्यालयको पुरस्कार समेत प्राप्त गरेको छ। दिक्ष तथा अनुभवी शिक्षक, अध्यापनको आधुनिकशैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हो। लामो समय देखि शिक्षण क्षेत्रमा योगदान पुर्याउँदै उत्कृष्ट सावित हुँदै आएको बर्नहार्ट कलेज उच्च शिक्षा अध्ययका लागि विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ।