काठमाडाैँ - शंकरदेव क्याम्पसले नेपालको उत्कृष्ठ म्यानेजमेन्ट कलेजको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टर्रनेशनल एजुकेशन अर्वाड २०२५’ मा शंकरदेव क्याम्पसले नेपालको उत्कृष्ठ म्यानेजमेन्ट कलेजकाे अवार्ड हात पारेको हो।
शंकरदेव क्याम्पस शंकरदेव क्याम्पस काठमाडौँ पुतलीसडकमा अवस्थित छ। यस कलेजमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेस स्टडीज (बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स (बीबीए फाइनान्स) आदि विषयमा पढाइ हुन्छ।
यस संस्थाले विदेशका व्यवस्थापन संस्थानहरूसँग सञ्जाल विकास गर्ने, उत्तरदायी र रचनात्मक उद्यमीहरू उत्पादन गर्ने, व्यवस्थापकहरुको ज्ञान र सीपको अभिवृद्धि विकास गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
सार्वजनिक क्षेत्रका लागि व्यवस्थापकहरू विकास गर्ने ध्ययका साथ यो संस्था नेपालमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजमा सम्पूर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन हुनुका साथै चमेनागृह, कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षा कोठा, लाईब्रेरी लगायतका भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।
यस कलेजले विश्वव्यापी शैक्षिक आवश्यकतालाई लक्षित गरी विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ। प्राइम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्वारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारीमुलक तालिम तथा अन्य भौतिक सुबिधा रहेको कारण शंकरदेव क्याम्पस विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।