काठमाडाैँ - काठमाडौँ बालजुमा रहेको समृद्धी स्कुलले ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ मा काठमाडौँ उपत्यका भित्रको उत्कृष्ट +२ व्यवस्थापन कलेजको अवार्ड प्राप्त गरेकाे छ। फेयर एक्सप्रेसद्वरा काठमाडाैँ हाेटल र्याडिसनमा आयोजना गरेकाे ‘फेयर ईन्टरनेशनल एजुकेश अर्वाड २०२५’ मा उक्त अवार्ड प्राप्त गरेकाे हाे।
समृद्धिले २०७४ सालमा कक्षा १० र २०७५ मा देखि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन विषयमा अध्यापनको सुरुवात गरेको हो। समृद्धिको मुख्य उदेश्य पढाउनु मात्रै नभई विद्यार्थीलार्ई अन्य क्षेत्रमा पनि सक्रिय बनाइ, व्यक्तित्व विकासमा सहयोग पुराउनु हो।
१० कक्षा पास गरेर आएको विद्यार्थीहरुको जिपिए, कलेजले लिने इन्ट्रास परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र जेहेन्दार, विपन्न, गरिबि, विद्यार्थीलाई समृद्घिले छात्रवृत्तिको व्यवस्थाको साथै अन्य विद्यार्थी सरह व्यवहार र सुविधा दिदै आएको छ। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ५१ जना रहेको छ।समृदिमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध रहेको छ।
समृद्धिले पेन्टिङ, कविता, चेस, गायन, ट्राभल, भिडियो, फोटोग्राफी, फेसन सो लगायत कराते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स, सर्ट स्टोरी, रुबिक क्लब तथा करातेमा दोस्रो स्थान र ग्रीटिङ कार्ड र गु्रप डान्समा तेस्र्रो स्थान यस विद्यायालयले हासिल गरेको छ। यस विद्यालयले कराते च्याम्पियनसिप, गोल सेटिङ, बास्केटबल, प्रस्तुतिकरण, कविता लेखन, स्टोरी राइटिङ, गेष्ट सेसन, करियर काउन्सिलिङ जस्ता थुप्रै तालिमहरु दिँदै आइरहेको छ। यो बाहेक विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यार्थीहरूलाई उक्त क्लबमा आबद्ध गराई चौतर्फी व्यक्तित्व विकासमा टेवा पुराउँदै आएको छ।