काठमाडाैँ - ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल ‘फेयर ईन्टरनेशनल एजुकेशनल अर्वाड २०२५’ मा उत्कृष्ट प्लस टु कलेज इन काठमाडौँ भ्याली विधामा सर्वाेत्कृष्ट भएको छ। ललितपुरको कुमारीपाटीमा रहेको ओमेगा माध्यमिक विद्यालयले काठमाडौँको विद्यालयहरु मध्य सर्वाेत्कृष्ट विद्यालयको उपाधी हासिल गरेको हो।
सन् २००५ मा स्थापना भएको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरू अध्यापन हुन्छ। कक्षा ११ मा गुणस्तरीय र समयानुकुल शिक्षा प्रदान गर्दे आएको ओमेगा विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ। ओमेगामा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारिक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्।
प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्य बोकेको ओमेगाले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। ओमेगाले वार्षिक परीक्षाको नतिजा र कक्षा १२ पछिको अध्ययनमा मेडिकल, इन्जिनियरिङ, सीए, कृषि विज्ञानका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्नुको साथै छात्रवृत्ति पनि प्राप्त गर्दे आएका छन्।
ओमेगामा पुस्तकालय, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशाला हुनुका साथै फराकिलो बास्केटबल र फुटसल कोर्ट रहेको छ। यसले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको व्यवस्था गरेको छ। ओमेगामा विद्यार्थीहरुले शान्त वातावरणमा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्दछन्। विद्यार्थीलाई विद्यालय शिक्षाका अलावा ओमेगाले खेलकुद, कला साहित्य, संगीत लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउने यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ। ओमेगाले उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि विद्यार्थीहरुलाई सहज हुने हिसाबले जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएको कारण नै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ।