काठमाडाैँ - मध्य बानेश्वरमा अवस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टले नेपालको उत्कृष्ट म्यानेजमेन्ट प्लस टु कलेजको उपाधी प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ मा ग्लाेबल कलेज नेपालको उत्कृष्ट म्यानेजमेन्ट प्लस टु कलेजकाे विधामा सर्वाेत्कृष्ट अवार्ड प्राप्त गरेको हो।
ग्लोबल कलेज कक्षा ११ र १२ मा व्यवस्थापन तर्फका विषय पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता प्राप्त यस कलेजले व्यवस्थापन संकायमा मात्र केन्द्रित भएर देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई साबित गरिसकेको छ।
ग्लोबलमा व्यवस्थापन संकाय अन्र्तगत ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए), बीबीए (फाइनान्स), ब्याचलर इन बिजनेश स्टडिज(बीबीएस), होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम) अन्तरगतको विषय अध्यापन हुन्छ। ग्लोबलमा ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। ग्लोबलमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।
ग्लोबलले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम दिनुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागि हुन प्रोत्साहन गर्दै आएको छ। ग्लोबलले करियर काउन्सिलिङ तथा शैक्षिक तालिम, फिल्ड भिजिट तथा रिपोर्ट राइटिङ सम्बन्धी तालिम, डान्स, आर्ट, गायन सम्बन्धी तालिम, कन्टेन्ट राइटिङ, एङकरिङ सम्बन्धी तालिम, भिडियोग्राफी तालिमहरु सञ्चालन गर्दै आएको छ।
यस कलेजले नेपाल र विदेशका विश्वविद्यालयहरुको व्यवस्थापन संकाय अन्र्तगतका संस्थाहरूसँगको सम्बन्धलाई जोड दिदैँ आएको छ। ग्लोबलमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला, पर्याप्त कम्प्युटर र उच्च गतिको इन्टरनेट सुविधा सहितको अत्याधुनिक आईटी ल्याब हुनुका साथै प्रविधि मैत्री कक्षाकोठा, खेल मैदान, डिजिटल कक्षा, चमेना गृह, यातायात लगाएतका अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।