काठमाडाैँ - काठमाडौँ मोडल स्कुल र कलेजले उत्कृष्ट प्लस टु/कलेजको उपाधी प्राप्त गरेको छ। ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ मा सम्मानित भएका ४० विधामध्य केएमसीले उक्त विधामा उपाधी हासिल गरेकाे हाे।
सन् २००० मा स्थापना भएको काठमाडौँ बागबजारमा अवस्थित काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) मा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यो संस्थाले विद्यालयदेखि उच्च शिक्षाको लागि भौतारिएका विद्यार्थीको लागि गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ।
केएमसीले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति बाहेक सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थी, प्रवेश परीक्षा पास गरेका विद्यार्थी र कलेजले लिने छात्रवृत्ति परीक्षामा मेरिट लिस्टमा पर्ने विद्यार्थीहरुलाई समेत विशेष छात्रवृत्ति प्रदान गर्दछ। यस कलेजले विद्यार्थीको योग्यतामा आधारित छात्रवृत्ति प्रदान गर्दै आएको छ। केएमसीले विद्यार्थीको चौथर्फी विकासको लागि १५ भन्दा बढी क्लब गठन गरेको छ।
केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री डिजिटल कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ। केएमसीले राष्ट्रिय हाजिरी प्रतियोगिता, नेपाल आर्थिक प्रतियोगिता, महाकुम्ब, महासंगम, मोडेल पार्लामेन्ट ऐसेम्ली जस्ता ५० भन्दा बढि प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस कलेजले अनुसन्धान तथा प्रस्तुति, मुठ कोर्ट, रोवोर्टिक्स वर्कसप, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस कलेजमा प्रत्येक वर्ष १० हजार भन्दा बढी विद्यार्थीहरूले कक्षा ११ मा भर्नाका लागि आवेदन दिने गरेका छन्।