काठमाडाैँ - काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालयले नेपालको उत्कृष्ट विद्यालयको उपाधी प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा विश्व निकेतनले उत्कृष्ट विद्यालयकाे उपाधी हासिल गर्न सफल भएको हो।
विश्वनिकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा संकायका विषय अध्यापन हुन्छ। यसका साथै विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म इलोक्ट्रोनिक्स इन्जिनियरिङ पनि अध्यापन गराउँदै आएको छ। यस विद्यालयले विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुनका पाँच विभिन्न धाराहरूमा अध्ययन गर्न अवसर प्रदान गर्छ।
यस विद्यालयले विद्युतीय इन्जिनियरिङका प्राविधिक शाखाहरूमा पनि कक्षाहरू सुरु गर्दै आएको छ। विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दे आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले प्रत्यक बर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुने गरेको छ। गत बर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ४ जना विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएका थिए। यो नेपालको सामुदायिक विद्यालयको नतिजा मध्ये उत्कृष्ट नतिजा हो।
यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता हनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, राष्ट्रिय सेवा दल, गायन तथा नृत्य, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दे आएको छ।