काठमाडौँ - दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्ना तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस सुरु हुनुअघि सामसुङले Samsung Galaxy A56 5G, Galaxy A36 5G र Galaxy A26 5G सार्वजनिक गरेको हो।
ग्यालेक्सी ए सिरिजका यी तीन फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ यसका अलावा यी तिनै फोनमा २५६जिबी सम्मको स्टोरेज छ भने एन्ड्रोइड १५ अपरेटिंग सिस्टम रहेको छ।
सामसुङका अनुसार ए५६ फाइभजी मोडेलमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको फोनको मूल्य ३ सय ७९ युरो छ भने २५६ जिबी स्टोरेज मोडेलको मूल्य ५ सय २९ युरो तोकिएको छ। यो फोन विभिन्न चारवटा रंगमा उपलब्ध छ।
त्यसैगरि ए ३६ फाइभजीको १२८ जिबी स्टोरेज भएको मोडेलको मूल्य ३ सय ९९ युरो र २ सय ५६ जिबी भेरिएन्टको मूल्य ४ सय ४९ युरो रहेको छ।त्यस्तै ए २६फाइजीको १२८ जिबी स्टोरेज भेरिएन्टको मूल्य २ सय ९९ युरो र २५६ जिबी मोडेलको मूल्य ३ सय ६९ युरो तोकिएको छ। यो फोन पनि विभिन्न चारवटा कलरमा उपलब्ध हुनेछ।
यी सबै सामसुङ ग्यालेक्सी ए सिरिज स्मार्टफोनहरु एन्ड्रोइड १५ आधारित इलभ One UI 7 मा चल्दछन्। साथै यी फोनमा ६ वर्षसम्मको अपरेटिंग सिस्टम र सेक्योरिटी अपडेट प्राप्त हुनेछ।
ग्योक्सी ए ५६फाइभ जी मा एक्जिनोस १५८० चिपसेट रहेको छ। जबकि ए २६ मा एक्जिनोस १३८० रहेको छ। त्यसैगरी ग्यालेक्सी ए ३६ मा चाहीँ स्नापड्रागन ६जेन थ्री चिप रहेको छ। यी फोनमा अटो ट्रिम, बेस्ट फेस, एआई सेलेक्ट तथा रिड अलाउड जस्ता एआई फिचर रहेका छन्।
यी तीनवटै मोडेलमा ५० मेगापिक्सेलको मूख्य क्यामेरा रहेको छ, जसमा अप्टिकल इमेज स्टाबिलाइजेसन फिचर रहेको छ। ग्यालेक्सी ए ५६ र ग्यालेक्सी ए ३६ मा क्रमशः १२ मेगापिक्सेल र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ। साथै ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा पनि रहेको छ। ग्यालेक्सी ए २६ मा चाहीँ ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ।
ग्यालेक्सी ए ५६ र ग्यालेक्सी ए ३६ मा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने ए २६ मोडेलमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ।यी तीनवटै फोनमा फाइभ जी, फोर जी एलटिइ, वाइफाइ, ब्लुटुथ, ५.३ जिपिएस तथा युएसबी टाइप सी पोर्ट लगायतका कनेक्टिभिटी उपलब्ध छन्।
यी फोनमा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ। ए ५६ र ए ३६ ले ४५ वाट चार्जिंग सपोर्ट गर्दछ जबकि ग्यालेक्सी ए २६ले चाहीँ २५ मेगावाट चार्जिंग सपोर्ट गर्दछ। यी स्मार्टफोनले धुलो तथा पानी प्रतिरोधी गुणका लागि IP67 रेटिंग प्राप्त गरेका छन्।