तपाईले पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए बीएचएम कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। विद्यार्थीलाई समयानुकुल गुणस्तरिय शिक्षा प्रदान गर्न सकेको जस्तो लाग्छ ?
पोखरा विश्वविद्यालयको कोर्ष बजार सुहाउदो समयानुकुल परामर्जीत कोर्ष छ। व्यवस्थापन संकाय तर्फ पोखरा विश्वविद्यालय अगाडि छ । यहाँका उत्पादनले नेपाली बजारमा सहजै रोजगारीको अवसर पाएका छन् । विद्यार्थीले अध्ययन पश्चात रोजगारीसंगै उच्च शिक्षा आर्जनकालागि विदेशी विश्वविद्यालयमा सहजै भर्ना पाएका छन् । अहिले विश्वविद्यालयले क्यालेन्डर लागु गरि त्यही अनुरुप अघि बढेको अवस्था छ । हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेकै कारण आम अभिभावक र बिद्यार्थीहरु हाम्रो सेवाबाट खुसी छन् ।
नेपाली विद्यार्थीले बीबीए ,बीएचएम अध्ययन पश्चात नेपाली बजारमा रोजगारीको अवसर पाउन सक्छन् कि सक्दैनन् ?
नेपालमा बीबीए अध्ययन गरेका विद्यार्थीले बैंक, वित्तिय संस्था, बहुराष्ट्रिय कम्पनिहरुमा रोजगारीको अवसर पाएका छन् भने बिएचएम अध्ययन गरेका विद्यार्थीले तारेहोटल देखि पर्यटन व्यवसायलाई लक्षित संस्थाहरुमा काम गरिरहेका छन्। नेपाली विद्यार्थीले एयरलाइन्सहरुमा, कर्पोरेट हाउसहररूमा रोजगार पाएका कारण नेपालमा रोजगारीको अवसर छ तर विद्यार्थीहरु बीबीए, बीएचएम अध्ययन पश्चातपनि उच्च शिक्षा आर्जनसंगै रोजगारीकालागि विदेशमा जाने गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको तुलनामा पोखरा विश्वविद्यलायका कलेजमा विद्यार्थीको आकर्षण कम छ भन्ने सुनिन्छ के भन्नुहुन्छ ?
त्रिभुवन विश्वविद्यालय पुरानो विश्वविद्यालय भएकाले विद्यार्थी आकर्षित हुनु स्वभाविक हो। पोखरा विश्वविद्यालयको पाठ्यक्रम उत्कृष्ट भएकाले विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न सक्छन्। त्रिविको बीएचएम भन्दा पोखराको बीएचएमको कोर्ष धेरै राम्रो छ। इन्डस्ट्रियल एक्पोजर र प्राक्टिकल एक्पोजरका हिसाबले पनि उत्कृष्ट छ।
अहिले कोभिड - १९ का कारण विद्यार्थीकाे शैक्षिक अवस्थामा असर परेकाे छ कि छैन ?
अहिलेको विद्यार्थीकाे शैक्षिक अवस्थामा कोभिड - १९ का कारण असर परेकाे छ। हामीले अनलाइन मार्फत अध्यापनलाई निरन्तरता दिएकाले सिकाइ उपलव्धीमा खासै असर परेकाे छैन। प्रयोगात्मक कक्षालाई पनि हामीले सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरेका थियाै। विद्यार्थीले पाउने गुणस्तरीय शिक्षाका लागि हामी सदैव प्रतिवद्ध छौँ ।
अन्त्यमा, उपत्यकामा यति धेरै बीबीए बीएचएम अध्यापन हुने कलेजहरु छन् ।तर, आम अभिभावक र विद्यार्थीले रिट्ज कलेजलाई नै किन रोज्ने ?
गुणस्तरीय शिक्षा आर्जनकालागि विद्यार्थीको रोजाईमा रिट्ज कलेज पर्ने गरेको छ । हामीले नियमित कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीलाई रोजगारीको अवसर सृजना गर्ने प्रयास पनि गरेका छौँ। पोखरा विश्वविद्यालयको नतिजा उत्कृष्ट छ। भ्यालु एडेड कोर्षहरुसंगै उनीहरूलाई आवश्यक पर्ने औधोगिक ज्ञान प्रदान गर्ने गरेका छौँ। इन्टर्नसिपको लागि विभिन्न उद्योग, विजनेस हाउसहरूमा लाने गरेका छौँ।