काठमाडौँ- कोरिया शैक्षिक परामर्श संघ नेपाल (केइक्यान) काे अध्यक्षमा बिष्णु खड्का चयन भएका छन्। केइक्यानकाे पाचौँ वार्षिक उत्सब एवं तेस्रो अधिवेशनबाट अध्यक्षमा खड्का सहित वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा शशीप्रसाद भट्टराई, महासचिवमा नरेशप्रसाद सेडाई, सचिवमा बद्रीप्रसाद ढकाल, कोषाध्यक्षमा द्रोण बिक्रम थापा सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, नारायण कृष्ण श्रेष्ठ चयन भएका हुन्। अध्यक्ष खड्काले सदस्यमा दुई जना गीताकुमारी सुवेदी र श्री रिजन मडैलाई मनोनित समेत गरेका छन्।
कार्यक्रममा केइक्यानले समाजमा उत्कृष्ट योगदान पुर्याएका चार जना विशिष्ट व्यक्तिलाई सम्मान गरेको थियो। सम्मानित हुनेमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायब महनिरिक्षक दानबहादुर कार्की, समाजसेविको तर्फबाट लायन्स अन्तर्राष्ट्रिय पूर्व डिष्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटुवाल, सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी, खोज पत्रकारिता तर्फ निगरानी दैनिकका सम्पादक जीवन शर्मालाई सम्मान तथा कदरपत्र प्रदान गरिएकाे थियाे।
कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विशेष अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्वडिष्ट्रिक्ट गभर्नर लायन अनन्तप्रसाद भेटुवाल र अतिथिका रुपमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, रास्वपा नेता कविन्द्र बुर्लाकोटी, नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील बिजुक्क्षे, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य पंकज जलान, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई, आइरिन अध्यक्ष हेमन्त भट्टराई, एइक्यानका अध्यक्ष किशोर तिवारी, जालसानका महासचिव अरुण पाण्डे, सेभेन स्टार टुर्स एण्ड ट्राभल्सका अध्यक्ष शिव शर्मा बास्तोला, सिटि पेका सीईओ बिनय रेग्मी लगाएतको उपस्थिति रहेकाे थियो।

