काठमाडाैँ- जापानिज भाषा स्कुल संघ नेपाल (जाल्सान)ले १० औँ बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। काठमाडौैँको अल्फा हाउसमा आयोजना गरिएको प्रतियोगितामा इनोभेटिभ जापानिज ल्याङ्गवेज इन्सटिच्युटका इसान लिम्बु प्रथम भएका छन्।
काठमाडौँ सेन्ट जेभिएर एजुकेसनका अरुण लिम्बु दोश्रो, वाकाबा एजुकेसन का संजिवनी बस्नेत तेस्रो भएका हुन्। प्रतियोगितामा १५ जना विद्यार्थी सहभागी भएका थिए। पुरस्कार स्वरुप प्रतियाेगितामा प्रथम हुनेलाई ल्यापटप, दौस्रो हुनेलाई ट्याब, तैस्रोलाई मौबाइल प्रदान गरिएको थियो।

कार्यक्रममा बौल्दै प्रमुख अथिति नेपालको लागि जापानिज राजदुत मायेदा तोरुले जापनिज राजदुतले हाल जापानमा २ लाखको संख्यामा नेपालीहरु भएको जानकारी गराए। यस्तै जापानीज राजदुतले यस्ता खाले वक्तृत्वकला प्रतियोगिताले जापानीज भाषा प्रर्वधनमा ठूलो योगदान गरेको बताए।

कार्यक्रममा जालसानका अध्यक्ष रमेश देवकोटाले जाल्सानले गर्दै आएको यस्ता जापनीज भाषा प्रतियाेगिताले जापान जाने विद्यार्थीलाई भाषा र जापानको संस्कृति सम्वन्धी जानकारी हुने बताए। उनलै जालसानलै विगत दश वर्ष दैखि गर्दै आएकौ यस कार्यक्रमलाई निरन्तरता दिन पाएकाेमा खुसी व्यक्त गरे।
कार्यक्रममा विशेष अतिथीकाे रुपमा जाइका नेपालका प्रमुख माचुजाकी मिजुकी, जापानका लागि नेपालका पूर्व राजदुत गणेश योन्जन लगायतकाे उपस्थिति रहेको थियो। वक्तृत्वकला प्रतियोगितालाई जालसानका महासचिव अरुण पाण्डे र सचिव महेश श्रेष्ठलै सञ्चालन गरेका थिए।

प्रतियाेगितालाई एभरेष्ट बैक, नेपाल ल्याव हाउस, स्काइलाइन ट्राभल एन्ड टुर्स, जेएलसीटी, साकुरा जापानिज ल्याल्याङ्गवेज एकेडेमी, एसिया एजुकेशन ग्रुप, इवातानि विजनेस स्कुल, रिलायबल लाइफ इन्सुरेन्स, जेसर्ट, इस्टब्रिजले प्रायाेजन गरेका थिए।
हस्पिटालिटी पार्टनरकाे रुपमा अल्फा हाउस र पेमेन्ट पार्टनरकाे रुपमा सिटी पे रहेका छन्।