काठमाडाैँ- एस हाइयर सेकेन्ड्री स्कुलद्वारा आयोजना गरिएको `एस कलाइडोस्कोप विनर - २०२५´ काे प्रतिस्पर्धामा समृद्धि स्कुलले विगतको जस्तै निकै उत्साहजनक रूपमा सहभागीता जनाइ 'एस कलाइडोस्कोप विनर - २०२५ ´ को विजेता सहित `स्कुल अफ द इयर´ काे उपाधी जित्न सफल भएको छ। एकतिस जनवरी देखि पन्ध्र फेब्रुअरीसम्म चलेको सो प्रतियोगिता प्रदर्शनी मार्ग स्थित भृकुटीमण्डप तथा एस स्कुलकै प्राङ्गणमा सम्पन्न भएको थियो। उपत्यकाका अधिकांश कलेजहरूकाे उपस्थिति रहेको उक्त प्रतिस्पर्धामा विजेताहररूलाई छात्रावृत्ति, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो।
विभिन्न फरक विधाहरूबीच भएको साे प्रतिस्पर्धा अन्तर्गत 'कुकिङ. विदआउट फायर' अन्तर्गत यस कलेजका ग्रेड १२ 'डी'का छात्राहरू सतिस्मा बलामी, स्मृति श्रेष्ठ, र फुर्साङ तामाङले पहिलो स्थान प्राप्त गर्न सफल भएका थिए भने 'पब्जिलेन तर्फ १२`डी´ कै आभाष श्रेष्ठ, साजन गुरुङ, सिर्जन माली, अरुन थापा तथा १२ `सी´का नीभ श्रेष्ठले प्रथम श्रेणी प्राप्त गरेका थिए। त्यस्तै 'ट्राभलर भिडियो' तर्फ मनिस श्रेष्ठले सम्पूर्ण सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान ओगटे।

`फोटोग्राफी´तर्फ विज्ञान राज महर्जन पनि प्रथम श्रेणीमा नै परे। 'इन्स्ट्राग्राम', 'रील ' र 'टिकटक' मा 12`डी´कै कृपा श्रेष्ठ प्रथम श्रेणीमा परिन्। त्यस्तै नृत्यतर्फ 'ग्रुप डान्स´मा कृपा श्रेष्ठ, रेसिका मानन्धर, क्रिष्टिका वस्ती, सोन्भी नकर्मी, कनिस्था महर्जन, अनुष्का श्रेष्ठ, स्वर्णिमा गुरुङले पनि सम्पूर्ण प्रतिस्पर्धीलाई उछिनेर प्रथम भएका थिए। त्यसैगरी 'सार्क ट्याङ्क' मा १२ `सी´की आभा मानन्धर र १२ `बी' का रिज्वइस श्रेष्ठ र सोभान शाहले प्रथम श्रेणी नै प्राप्त गरेका थिए। निकै कडा प्रतिस्पर्धाका बाबजुद पनि पेन्टिङतर्फ सुजिन तामाङ प्रथम भए। त्यसैगरी `ब्यान्ड ड्रम´तर्फ १२ `एच´का अरुण कार्की, प्रसून भुसाल र दिसाङ गुरूङले पनि सम्पूर्ण प्रतिस्पर्धी साथीलाई पछार्दै सर्वाेत्कृट भएका थिए।

हरेक वर्ष अधिकांश कलेजको सहभागितामा रहने गरेकोे सो 'यस कलाइडोस्कोप फेस्टिभल-२०२५' मा दोस्रो स्थान हात पार्नेलाई मेडल तथा सर्टिफिकेटद्वारा पुरस्कृत गरिएकाे थियाे। जसअन्तर्गत - 'ब्याण्ड' तर्फ सौजन जोशी मेरिसन महर्जन, सुबेश महर्जन, सुप्रेक्षा मानन्धर, रोहित मानन्धर, दिपेश नेपाल, रेमोन श्रेष्ठ आयन श्रेष्ठले द्वितीय श्रेणीमा परे। त्यस्तै सेविका श्रेष्ठ, स्मृति श्रेष्ठ एन्जिला महर्जन, निसान श्रेष्ठ, लुनिभा रञ्जित, नुहेल महर्जन, लोनिया टन्डुकार, सन्जु विश्वकर्मा, रोनिसा गौचन, गौरव खड्गी, प्रियन्स डङ्गोल लगायतका प्रतियाेगी`फेसन साे ´ तर्फ द्वितीय स्थानमा परेका थिए। त्यसैगरी `चेस' तर्फ पनि समृद्धि स्कुलकै १२`बी´का तेन्जिङ वाङ्गचुक दोस्रो स्थानमा परे।

'रूबिक क्यूब'मा आदर्श शाहीले पनि दोस्रो स्थानमा नै चित्त बुझाएका थिए। छात्रा दृष्टि श्रेष्ठ ग्रिटिङ कार्ड' को प्रतिस्पर्धामा तेस्रो स्थानमा परिन्। त्यस्तै 'क्वीज' तर्फ १२ 'सी'का विद्यार्थीहरु सन्देश खड्का, हिमाल रोकाय र रोहन बजगाईंले तेस्रो पदक जितेका थिए। त्यसै गरी `स्ट्रेस इन्टरभ्यु´मा १२`एच´का सहदीप सापकोटा तेस्रो स्थामा आए। 'सोलो' सिङ्गिङ्तर्फ प्रतिस्पर्धामा १२ 'ए´ का सोचन आलेमगर पनि तेस्राे श्रेणीमा नै परेका थिए भने सोलो डान्सतर्फ पनि समृद्धि स्कुलकै रियाना श्रेष्ठ तेस्रो पदककाे दाबेदार बनेकी थिइन्।

यस 'एस कलाइडोस्कोप विनर - २०२५' काे साे फेस्टिवलमा २५ ओटा फरक विधा बीच प्रतिस्पर्धा भएको थियोे। जसमध्ये यस समृद्धि स्कुलले विभिन्न फरकफरक विधामा सहभागीता जनाइ नाैओटा विधामा प्रथम स्थान, चारवटा विधामा दोस्रो स्थान तथा पाँचवटा विधामा तेस्रो स्थान हात पारी स्कुल अफ इयरको' उपाधि जित्न सफल भएको छ।
