काठमाडाैँ - मनास्लु वर्ल्ड स्कुल कलेजको शैक्षिक वर्ष २०८१ को कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। चावहिल ७, चुच्चेपाटीमा अवस्थित उक्त कलेजले कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा मनास्लु वर्ल्ड २०८१ को ग्रान्ड फिनाले, मनास्लु डान्सिङ स्टार २०८१ को ग्रान्ड फिनाले, मिस्टर मिसेस मनास्लु २०८१ को ग्रान्ड फिनाले, शैक्षिक तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान, मनास्लु शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको थियो।

मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकहरु मध्ये कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो।
स्कुल /कलेजले २०८१ सालमा लिइएको कक्षा ११ को बोर्ड परीक्षामा कलेज टपर, कलेज सेकेण्ड टपर, कलेज वर्ड टपर तथा विभिन्न संकायहरुबाट उत्कृष्ट अंक हासिल गर्ने उत्कृष्ट १२ जना विद्यार्थीहरुलाई मनास्लु एकेडेमिक अचिभमेण्ट अवार्ड समेत प्रदान गरेको थियो।
कार्यक्रमलाई रोचक बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार कुमा सागर (द ख्वपा व्याण्ड) तेरिया मगर (डान्सर) शान्त रानी परियार(गायिका) कर्ण राज गिरी (गायक) लगायतका कलाकारहरुकाे प्रस्तुति रहेको थियो।

यस कार्यक्रममा विभिन्न क्षेत्रका करिव २ हजार व्यक्तीको सहभागिता रहेको थियो।उक्त कार्यक्रममा मनास्लुका विद्यार्थीहरुले पनि थुपै साँस्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए।




