काठमाडाैँ - चीन बाहिर आइफोनमा एप्पलको आफ्नै एआर्य तथा ओपन एआईको च्याट जिपिटी समेत प्रयोग गर्न पाउने सुविधा छ। तर चीनमा अलिबाबा र एप्पलबीचको सहकार्यमा पनि त्यस्तो सुविधा हुने नहुने बारेमा उनले केही खुलाएनन्।
एप्पलसँगै यो सहकार्य अलिबाबाका लागि समेत प्रतिस्पर्धी चिनियाँ एआई बजारमा एउटा महत्वपूर्ण विजयको रुपमा रहेको छ, जहाँ डीपसीक लगायतका चर्चित एआई कम्पनीहरु रहेका छन्। त्यस्तै अलिबाबासँग एआईको क्षेत्रमा भएको सहकार्यबाट चिनियाँ आइफोन प्रयोगकर्ताका लागि उपलब्ध हुने नयाँ एआई एप्पलका लागि समेत अत्यन्तै महत्वपूर्ण विषय हो।
यसले हुवावे लगायतका स्मार्टफोनका कारण चिनियाँ बजारमा आइफोनको घट्दो बिक्रीमा सुधार ल्याउने अपेक्षा गरिएको छ। पछिल्लो त्रैमासिकमा चीनमा आइफोनको बिक्रीमा ११ प्रतिशतले गिरावट आएर १८ अर्ब ५१ अर्ब डलरमा झरेको छ। जबकि चीनमा गतवर्ष २०२४ मा आइफोनको वार्षिक बिक्रीमा १७ प्रतिशतले गिरावट आयो।
आइफोनले चिनियाँ बजारमा लोकप्रियता गुमाउँदै जानुमा यसमा अत्याधुनिक एआई फिचरहरुको अभाव हुनुलाई विश्लेषकहरुले मूख्य कारक मानेका छन्।वर्तमानमा स्मार्टफोनहरुका लागि एआई फिचर सबैभन्दा महत्वपूर्ण आकर्षणको रुपमा स्थापित भइसकेको छ।
आइफोनमा च्याट जिपिटी भएतापनि यो चीनमा प्रतिबन्धित भएकाले उपलब्ध छैन। त्यसैले चिनियाँ प्रयोगकर्तामाझ आइफोनमा एआई फिचर उपलब्ध गराउनका लागि एप्पलले स्थानीय एआई कम्पनीसँग सहकार्य गर्नु अनिवार्य थियो।
आइफोनमा अलिबाबाको एआई फिचर समावेश गर्ने विषयमा एप्पल र अलिबाबाले चीनको सम्बन्धित निकायमा स्वीकृतिका लागि कागजात पेश गरिसकेको बताइएको छ।
स्मरण रहोस् चीनमा अलिबाबा कम्पनी धेरैको रोजाइमा पर्न सफल एआई कम्पनीको रुपमा रहेको छ र सन् २०२५ सुरु भएयता यसको शेयर मूल्यमा ४० प्रतिशतले बढेको छ। जनवरीको अन्त्यतिर अलिबाबाले आफ्नो त्तधभल छ। एआई मोडेल जारी गरेको थियो। यो डीपसीक भी थ्री भन्दा पनि अत्याधुनिक रहेको बताइएको छ।