काठमाडाैँ - विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बागबजारस्थित गुरु एजुकेसन एन्ड भिसा सर्भिसेसले ‘मल्टी डेस्टिनेसन एजुकेसन फेयर’ शैक्षिक मेला आयोजना गरेकाे छ। माघ २७ गते आइतबार काठमाडाैँकाे बागबजार स्थित केन्द्रिय कार्यालयमा विदेश अध्ययन विशेष शैक्षिक मेलाकाे आयाेजना गरेकाे हाे।
फेयरमा अष्ट्रेलिया, यूके, अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, माल्टा जस्ता आठ देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग काउन्सिलिङसँगै त्यहाँकाे शिक्षा निति, विश्वविद्यालयकाे भाैतिक शैक्षिक पूर्वाधार, छात्रवृत्ति, भिसा आवेदन प्रक्रिया, बसाेबास लगायतका विषयमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिबाटै सम्पूर्ण जानकारी प्रदान गरिएकाे थियाे।
एजुकेसन फेयर आयाेजनाकाे विषयमा बाेल्दै गुरु एजुकेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र मैनालीलेले विदेश अध्यन गर्न चाहने विद्यार्थीहरूलाई विदेशका विभिन्न शैक्षिक गन्तव्यका विषयमा विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेसन फेयरकाे आयाेजना गरिएकाे बताए। 'विद्यार्थीलाई विदेश अध्ययनका विषयमा सत्य तथ्य जानकारी विश्वविद्यालयकै प्रतिनिधिबाट प्रदान गर्न शैक्षिक मेलाकाे आयाेजना गरेका हाैँ। विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिएर सहि गन्तव्य देखाउने हाम्राे उद्देश्य हाे।'
एकै स्थानमा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटेर बुझ्दा विद्यार्थीलाई देश र कलेज छान्न सहज हुने भएकाले यस्तो मेला आयोजना गरिएको मैनालीले बताए।
उक्त मेलामा विद्यार्थीलेहरुले ब्रिटिस काउन्सिल तथा पिटिईका प्रतिनिधिसँग पनि भेटेर छलफल गर्न पाएका छन्। स्पट अफर, छात्रवृत्ति, भिसा प्रक्रियालगायत प्रक्रियाको विषयमा सहज रूपमा जानकारी दिन मेला आयोजना गरिएकाे गुरु कन्सल्टेन्सीले जनाएको छ। फेयरमा विभिन्न देशहरुमा उच्च शिक्षाा अध्ययनमा जान चाहने विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।





