काठमाडाैँ - शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) ले भक्तपुर नगरकाेटमा रहेको रत्नगिरी रिसोर्टमा वनभोज कार्यक्रमको आयोजना गरेको छ। शैक्षिक परामर्श व्यवसायीहरूको छातासँगठन एप्क्यानले आफ्ना सदस्यहरू माझ सम्बन्ध विस्तार गर्ने र आपसी सद्धाव बढ्ने उद्देश्यले वनभोज कार्यक्रमको आयोजना गरिएको जनाएको हो।
वनभोज कार्यक्रमबारे जानकारी दिदैँ संघका अध्यक्ष प्रज्वल बस्नेतले यस संघमा आवद्ध रहेका व्यवसायीमा माझ सम्पर्क र सम्बन्ध विस्तार गर्नुका साथै भाइचारा भाव बढ्ने अवसरको रुपमा वनभोज कार्यक्रमलाई लिइएको बताए।
उनले भने,‘एप्क्यानको अतिरिक्त क्रियाकलाप विभाग अन्तर्गतको पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज पिकनिक आयोजना गरिएको हो। यसले एप्क्यानमा आवद्ध सम्पूर्ण व्यवसायीहरू माझ भाइचाराको विकास गर्न यस वनभोज कार्यक्रम फलदायी हुने विश्वास लिएका छौँ। यसले परामर्श व्यवसायी माझ सहकार्यको वातावरण तय गर्न सहयोग पुग्नेछ।’
कार्यक्रममा मनाेरञ्जनकाे लागि घैँटोफोड, बिङ्गो, म्यूजिकल चेयर लगाएतका थुप्रै गेमहरु खेलाइएको थियो।
एप्क्यानको वनभोज कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष प्रकाश पाण्डे, जालसान अध्यक्ष रमेश देवकोटा, नेपाल ल्याव हाउसका सीइयाे वासुदेव घिमिरे लगायत एकसय भन्दा बढी व्यवसायीहरुको उपस्थिति रहेको थियो।
उक्त वनभाेज कार्यक्रम एप्क्यानका कार्यकारी सदस्य नरेश सेडाइले सञ्चालन गरेका थिए। वनभाेज कार्यक्रमलाई नेपाल ल्याव हाउस, आर्या ट्राभल, जेएलसीटी लगायतले प्रायाेजन गरेका थिए।