काठमाडाैँ - फेयेर एक्सप्रेस मिडिया प्रा.ली ले फेयेर एक्सप्रेस मासिक स्थापनाको आठौँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) मा आयोजना गरिएको नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सवालमा सम्भावना र चुनाैती विषयक अन्तरक्रिया कार्यक्रमकाबीच आठौँ वार्षिकोत्सव समारोह सम्पन्न गरिएकाे हाे। आठौँ वार्षिकोत्सवकाे अवसरमा यस संस्थाले आयोजना गर्न लागेको 'फेयर ईन्टरनेशल एडुकेशन अवार्ड २०२५' काे घाेषणा गरेकाे थियाे।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, शिक्षाविद् विद्यानाथ काेइराला, मध्यपश्चिम विश्वविद्यालका पूर्व उपकुलपति नन्द बहादुर सिंह, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश शिलवाल, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इन्जिनियरिङ कलेजहरूकाे छातासंगठन (एकाेन)काे अध्यक्ष हिरेन्द्रमान प्रधान, विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरूको एसोसियसन (आइप्यान) का अध्यक्ष लक्ष्मण केसी, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)अध्यक्ष शेषराज भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशाेर सुवेदी, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारामतिवारी, जापानीज भाषा स्कुल संघ नेपाल (जालसान)का अध्यक्ष रमेश देवकाेटा, सक्रिय शैक्षिक परामर्श संघका अध्यक्ष (किशाेर तिवारी) लगायतकाे उपस्थिति रहेकाे थियाे।
फेयरएक्सप्रेस मासिकका प्रकाशक एंव सम्पादक विपिन पोखरेलले आफ्ना पाठकहरूको माया, हौसाला र विश्वासले गर्दा फेयर एक्सप्रेसले आँठ वर्ष पुरा गरी नवाैँ वर्षमा प्रवेश गर्न सफल भएको बताए। उनले आँठ वर्षमा नेपालको पत्रकारिता जगतले थुप्रै उतारचढावको सामना गर्नुपर्यो। उनले भने,‘विषयगत पत्रकारितामा कुनै पनि व्यवसायलाई प्रबर्धन गर्ने हेतुले स्थापना भएको यस पत्रिकाले विभिन्न मेला, महोत्सव र शैक्षिक कार्यक्रमलाई विशेष जोड दिइ विशेषाङ्क प्रकाशन गर्न सफल भयो।’ उनले सम्पूर्ण अतिथिलाइ स्वागत गर्दै सहयोग गर्नुहुने सम्पूर्ण पाठक, दर्शक, लेखक, विज्ञापनदातालाई धन्यबाद ज्ञापन गरेका थिए।
कुनै पनि क्षेत्र र कम्पनीको हैसियत त्यसको बजारको आधारमा निर्भर गर्ने भएकाले पनि त्यसको प्रवर्धनको लागि फेयर एक्सप्रेसले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्दै आएको उनकाे भनाइ थियाे।
कार्यक्रममा नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने सन्दर्भमा बाेल्दै शिक्षाबिद् विद्यानाथ काेइरालाले प्रकृतिलाई क्रितिम तरिकाले सिङ्गार्न सक्यो भने नेपाललाई विषेश शेक्षिक हब बनाउन सकिने बताए।
यस्तै हिसानका अध्यक्ष रमेश शिलवालले विश्वविद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाए मात्र नेपाललाई एजुकेशज हब बनाउन सकिने बताए। उनले भने विश्वविद्यालय सुधार गरेरमात्रै विदेश जाने विद्यार्थी र पैसा रोकी नेपालमा भित्राउन सकिने बताए।
यस्तै कार्यक्रममा बाेल्दै नेपाल शैक्षिक परामर्श संघ ईक्यानको अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयका सम्पूर्ण जानकारी दिने काम पनि यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले नेपालबाट गएको विद्यार्थी संख्या हेरेर आत्तिनु भन्दा नेपालमा भएको विद्यार्थीलाइ रोजगारकाे अवसर प्रदान गर्न सकियाे भने बाहिरिएका विद्यार्थीलाई नेपाल भित्राउन सकिने बताए।
यस्तै कार्यक्रममा बाेल्दै आइप्यानका अध्यक्ष लक्ष्मण केसीले नेपालमा विश्वस्तरका विश्वविद्यालयको डिग्री प्राप्त गर्ने अवसर पाउँदा विभिन्न देशबाट विद्यार्थी नेपालमा अध्ययनका लागि आउन लालायित हुने विश्वास रहेकाे बताए। उनले नेपालमा आएर सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउनुका साथ साथै देशको हावा पानी, भौगोलिक सुन्दरता, समाजिक सद्भाव, कुनै पनि धर्म वा जातिका मान्छेलाई भेद्भाव नगर्ने हाम्रो संस्कार आदिको कारण पनि नेपाल विदेशी विद्यार्थीहरूको रोजाइमा पर्ने बताए।
यस्तै फेयरएक्सप्रेस मासिकका प्रबन्ध निर्देशक राजेन्द्र लुइटेलले पत्रिकाले आम पाठकको मन जित्न सफल भएको र यसलाई थप उचाइमा पुर्याउन सबैको साथ पाएको बताए। उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यससंस्था प्रतिकाे विश्वासलाई थप प्रगाढ बनउँदै अघि बढ्ने बचन व्यक्त गरे।