काठमाडौँ - नयाँ बानेश्वरमा अवस्थित बिग एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोख्रेललाई सद्भावना दूत (Brand Ambassador) का रूपमा नियुक्त गरेको छ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बिग एजुकेशन कन्सल्टेन्सीले माघ ९ गते बुधबार काठमाडौँमा एक समारोहकाबीच पोख्रेललाई ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो।यससँगै पोख्रेल बिग एजुकेशनको प्रचार हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्।
यो सम्झौतापछि कार्यक्रममा बोल्दै पोखरेलले सहि र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली विद्यार्थीहरुले दुःख पाइरहेको बताए। पोख्रेलले विद्यार्थीहरुलाई विदेश अध्ययनकाे लागि सहि मार्गनिर्देशन गर्दै महत्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेशन कन्सल्टेन्सीलाई आग्रह गरे। साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको बताए।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले बिग एजुकेशन कन्सल्टेन्सीले स्थापनाकाल देखि नै विद्यार्थी अभिभावकसँग कसरी कनेक्ट हुनुपर्छ र आफूले उनीहरुको हकहितका लागि के के गर्नु पर्छ भन्ने कुरा प्रमाणित गरिसकेको बताए।
यस कन्सल्टेन्सीले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई प्रभावकारी रुपमा परामर्श दिँदै आएको उनको दाबी थियो।साथै उनले बिग एजुकेशन कन्सल्टेन्सीका कारण आज नेपालबाट बाहिर जाने विद्यार्थीको उपस्थिति सकारात्मक रहेको पनि बताए।
यस्तै, बिग एजुकेशन कन्सल्टेन्सीकाे म्यानेजिङ डाईरेक्टर शर्मिला केसीले नयाँ ब्रान्ड एम्बेसडर साइग्रेस पोखरेलसँगको सहकार्यको औपचारिक घोषणा गर्दै यो एक ऐतिहासिक यात्राको प्रारम्भ भएको बताएकी छिन्। यो यात्राले कन्सल्टेन्सी र साइग्रेसबीचको सम्बन्ध बलियो हुने र शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउन बाटो तय गर्ने उनको विश्वास छ।
उनले भनिन् ‘हामी विश्वास गर्छौ कि, साइग्रेस पोखरेलज्युको प्रेरणादायी नेतृत्व र बिग एजुकेशन लक्ष्यबीचको तालमेलले हजारौँ विद्यार्थीको सपना पुरा गर्न र उनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’