काठमाडाैँ- प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साइबर ओलम्पियाडको पाँचौ अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाडाैँमा माघको ७ गते सम्पन्न भएको छ। कुल ३२ टिममा उत्कृष्ठ हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए। फाइनल प्रतियोगितावाट उत्कृष्ट हुँदै धापासी काठमाडाैँको त्रियोग हाई स्कूलले प्रथम स्थान हासिल गर्यो। माउन्ट एसईबी स्कूल, सैनिक आवासीय महाविद्यालय, बुढानिलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा काठमाडाैँ उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागि भई प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो।

प्रमुख अतिथि रमेश शर्मा पौड्याल, महानिर्देशक, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा विशेष अतिथिहरु रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष श्री पंकज जलानको उपस्थितिमा समापन समारोह रसियन हाउस कमलपोखरी काठमाण्डौमा सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कूलले नगद पच्चिस हजार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो। दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरुलाई पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गरीएको थियो। कार्यक्रमको मुख्य प्रायोजनमा टेकस्पाएर कलेज थियो। रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवा लगायतले प्रायोजन गरेका थिए।

सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको यस कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा सम्पुर्ण सरोकारवालाहरु लाई सराहना गर्दै निकट भविष्यमा नेशनल साईबर ओलम्पियाडको संस्करण आयोजना गर्ने संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए। त्रियोग हाई स्कूलको विजेता टोलीद्वारा केक काटेर कार्यक्रमको समापन गरिएको थियो।