काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहक प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम)को परीक्षा केन्द्र निर्धारण गरेको छ ।परिषद्ले वैशाख १४, २८ र जेठ १९ गते खुलाएको परीक्षा आवेदन फाराम भरेका सेमेस्टर परीक्षामा अध्ययन गर्ने डिप्लोमा तहका प्रथम वर्षका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फाराम भरेका डिप्लोमा इन इन्जिनियरिङ तर्फ सिभिल, आर्किटेक्चर, रेफ्रिजेरेटर एन्ड एसी, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर विषयको परीक्षा केन्द्र निर्धारण गरेको छ।
यसका साथै फुड एन्ड डेरी टेक्नोलोजी, इन्फर्मेसन टेक्नोलोजी, होटल मेनेजमेन्ट, सोसल वर्क, एन्टरप्रिनियरसिप डेभलपमेन्ट तथा कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमको प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाको केन्द्र निर्धारण गरेको छ ।परीक्षा आगामी असोज २ गते बिहान ७ बजेदेखि सञ्चालन गर्ने परिषद्ले जनाएको छ।