काठमाडाैँ- कंगारु एजुकेशन फाउण्डेशनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी एक दिने 'कंगारु एजुकेशन फेस्ट' सम्पन्न गरेको छ। फेस्ट काठमाडौँको पुतलीसडक स्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो।
मेलामा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र यूरोपका प्रतिष्ठीत विश्वविद्यालय, सरकारी कलेज तथा प्राइभेट कलेजहरुका प्रतिनिधिहरुको सहभागीता रहको थियो। यस फेयर मेलामा विद्यार्थीले आफूले पढ्न चाहेको विषयमा सम्बन्धित कलेजका प्रतिनिधिसँग कलेजको भौतिक शैक्षिक पूर्वाधार, करिअर स्कोप, अध्ययन पश्चात रोजगारीको अवसर, छात्रवृत्ति लागायतका विषयमा जानकारी लिएका थिए।
फेस्टमा विद्यार्थीहरु जान चाहेको देशको विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्येक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि डकुमेन्टेसन सम्मका जानकारी विद्यार्थीलाई प्रदान गरिएकाे थियाे। विद्यार्थीले एड्मिसन र भिजाका सम्बन्धमा एउटै छाना भित्र सम्पूर्ण जानकारी लिन सहयाेग पुगेकाे कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार मेलामा सहभागी हुने विद्यार्थीलाई अंग्रेजी भाषा तयारी कक्षा (आइएलटीएस र पिटिइ)मा कक्षामा ५० प्रतिशत छुट र भिषा प्रक्रिया नशुल्क गरिएकाे थियाे। 'नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै फेस्टकाे आयोजना गरिएको हो ', उनले भने।
उक्त मेलामा प्रयोगात्मक तथा शिप मुलक कार्यकाबारेमा विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा प्रत्यक्ष जानकारी प्रदान गरिएकाे थियाे।
फेस्टमा विद्यार्थीका लागि ‘लक्कि ड्र’, मूभी टिकेट जस्ता विभिन्न गिफ्टह्याम्परको व्यवस्था गरिएको थियो। बिहान १० बजे देखि साझ ५ बजेसम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि ५ सय भन्दा बढीले मेला अवलोकन गरेका थिए।