काठमाडाैँ - एन्जल हेल्थ केयर होम प्रा.लिले सेवा सञ्चालनकाे सुरुवाता गरेकाे छ। काठमाडाैँकाे बुढानिलकण्ठ स्थित हात्तिगाैडामा रहेकाे हेल्थ केयर हाेमले बुधबारदेखि सेवा शुभारम्भ गरेकाे हाे।
एन्जल हेल्थ केयरले नेपालमा रहेका बृद्धबृद्धाकाे सेवामा समर्पित हुँदै गुणस्तरिय सेवा प्रवाह गर्ने उद्देश्यले पारिवारिक वातावरणसहित सेवा सञ्चालन सुरु गरेकाे संस्थाका अध्यक्ष सुधिरराज खड्काले जानकारी दिए। अध्यक्ष खड्काले एन्जल हेल्थ केयर होमकाे सेवाले यस क्षेत्रमा फरक पहिचान स्थापित गर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिट्ठाराम अधिकारी र विशेष अतिथिका रूपमा नगर उपप्रमुख अनिता राना यस्तै शैक्षिक परामर्श व्यवसायी संघ, नेपालका अध्यक्ष प्रज्जवल बस्नेत, उपाध्यक्ष हेमन्त राज दुलाल, महासचिव अनिल शर्मा पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे।
उद्धाटन समाराेहमा बाेल्दै कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अधिकारीले स्वास्थ्य क्षेत्रमा एन्जल हेल्थ केयर होमले आफ्नाे नगरपालीका छनाेट गरेकाेमा धन्यावाद ज्ञापन गर्दे अस्पतालको सेवा सुविधाबारे प्रशंसा गरे। उनले हेल्थ केयर भ्रमण गरिसकेपछि हात्तिगाैडाकाे नमुना सेवा केन्द्र हुने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू, स्वास्थ्य क्षेत्रका विज्ञ, शिक्षक, विद्यार्थी लगायतका व्यक्तिहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियो।