काठमाडाैँ - काठमाडाैँ बागबजारमा रहेकाे क्लिक ईन्टरनेसनल एजुकेसन कन्सलटेन्सीले विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक वितरण गरेको छ। क्लिकले अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक विरतण गरेको हो।
गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई मार्फत ३ वटा विद्यालयका ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई ट्रयाक्सुट सेट वितरण गरिएको हो। जसमा किरण माध्यमिक विद्यालय निन्युखर्कका २५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभुत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभुत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई पोशाक प्रदान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो मौसम बढिरहेको समयमा स्कुलका विद्यार्थी र शिक्षकहरुलाई न्यानो पोशाक वितरण गरेकोमा क्लिकलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा किरण मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो पोशाक सरकारले दिनुपर्ने समयमा क्लिक ईन्टरनेसनल एजुकेसनले वितरण गरेको भन्दै सस्थाकाे प्रशंसा गरे।
क्लिक एजुकेसनका प्रबन्ध निर्देशक गोविन्द खनालले 'जाँडोबाट बच्न र बचाउन' भन्ने उद्देश्यका साथ न्यानो पोशाक वितरण गर्न पाउँदा आफुलाई खुसी महशुस भएको बताए। खनालले समाजमा केही गर्नु पर्छ भनेर विद्यार्थी र शिक्षकलाई यसरी न्यानो पोशाक स्वरुप ट्याक्सुट सेट वितरण गरेको बताए।
कार्यक्रममा विभिन्न स्कुलमा भएको पोशाक वितरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।