बेलायतले सन् २०२१ को समरसम्ममा कोर्ष पुरा गर्ने विदेशी विद्यार्थीको प्रक्रियामा केही परिवर्तन गरेको छ । नेपाली विद्यार्थीहरुको रोजाईको गन्तव्यको रुपमा रहेको अस्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय भिसा नीति परिवर्तन गरेसंगै नेपाली विद्यार्थीको पनि शैक्षिक गन्तव्यहरु परिवर्तन हुने क्रममा छन् । अहिले विभिन्न शैक्षिक गन्तव्यको विषयलाई लिएर परामर्श जगतमा ‘अब्रोड स्टडी रयुमर’को अवस्था सृजना भएको छ र अभिभावक र विद्यार्थीहरुको अन्योलग्रष्त छन् । यस्ता भ्रमहरु चिर्न तर्फ परामर्शदातृ संस्था र यसका छाता संगठनहरुले पनि उल्लेख्य भूमिका निर्वाह गर्न सकेको अवस्था छैन ।
यहाँ विद्यार्थीको अवस्था वुझेर करिअर काउन्सिलिङ भन्दा पनि विद्यार्थीलाई कसरी भिसा दिलाउन सकिन्छ भन्दै एड्मिसन काउन्सिलिङ गरेको अवस्था छ । त्यसैले सर्वप्रथम विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय र विद्यालय छनोट गर्न दिनुपर्छ । उक्त विषय र विश्वविद्यालयमा उसले अध्ययन गर्न उसको योग्यता पुग्छ कि पग्दैन हेर्ने काम पनि परामर्शदाताकै हो ।
यूकेमा अध्ययन पूरा गरेपछि २ वर्षको वर्किङ भिसा अप्लाई गर्न पाउने भएपछि विदेशी विद्यार्थीको ध्यान त्यस तर्फ तानिएको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन पूरा गरेको चार महिनाभित्रै बेलायत छाड्नु पर्ने नियम लगाएकी थिइन् । यसले त्यसबेला उच्च शिक्षाका लागि बेलायत गएका धेरै नेपालीहरु फर्किएका थिए ।गत सेप्टेम्बरमा घोषणा गरिएको नयाँ नियमले विदेशी विद्यार्थीलाई बेलायत प्रवेश गर्ने ठूलो अवसर सृजना गरेको छ ।
‘यूकेको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा हो भन्नेमा दुइमत छैन । विगतमा नेपाली विद्यार्थीलाई यूके प्रवेशमा समस्या थियो । तर, दूई महिना अघि बेलायती सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो सहज बनाइदिएको छ ।’ यूकेले विदेशी विद्यार्थीले अध्ययन पूरा गरेपछि २ वर्षे वर्क परमिट भिसा समेत दिने भएकाले यूके गएर उच्च शिक्षा अध्ययन गर्ने चाहना भएका विद्यार्थीलाई ठूलो अवसर सृजना गरेको छ ।
यहाँ यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा विद्यार्थीहरुलाई आफ्नै घरदैलोमा जानकारी दिने भन्दै परामर्शदाताले सेमिनारहरु त गर्ने गरेका छन् तर आम अभिभावक तथा विद्यार्थीसंग युकेको वास्तविक भौतिक शैक्षिक वातावरण शिक्षा नीतिका वारेमा जनकारी पुगेको अवस्था छैन त्यसैले अनेक किसिमका टिका टिप्पडी हुने गरेका छन् ।
विद्यार्थीलाई यूकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरुको जानकारी मात्र नभई त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छ कि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ ? भन्ने विषयमा जानकारी दिन जरुरी छ ।
विद्यार्थी कुन देशमा अध्ययन गर्न जाने ,किन जाने, गएर के हुन्छ ? अध्ययन पश्चात रोजगारिको अवस्था के छ भन्ने विषयमा अनुसन्धान नगरी लहलहैमा जाने र युके खुल्यो भनेर कसैले भनेकै भरमा जाने विद्यार्थीले पहिले युकेको शिक्षाको विषयमा नै बुझ्न जरुरी छ । नेपाली विद्यार्थीलाई अल्पज्ञान भएका केहि परामर्शदाताले युके एजुकेशन सिस्टमका विषयमा भ्रम छर्ने काम गरेका छन् ।
युके हिजो पनि नेपाली विद्यार्थीलाई बन्द भएको भने थिएन । यति मात्र भएको होकी सबै एभरेज स्टुडेन्टका लागि सहजता थिएन ।तर, राम्रो शैक्षिक योग्यता भएका आर्थिक रुपमा सवल र भाषागत दक्षता भएका विद्यार्थीहरु बेलायतमा अध्ययनका लागि गहिरहेको अवस्था थियो ।
विद्यार्थीले अष्ट्रेलिया, युस वा युरोपका अन्य देशको शिक्षा र युकेमा उसले लिने शिक्षा विचको फरक र आवश्यकतालाई पहिचान नगरि गएको खण्डमा समस्या पर्ने हो तर यदि विद्यार्थी आफूले राम्रो संग बुझेर आफू अध्ययन गर्न जाने विश्वविद्यालय यसले प्रदान गर्ने गुणस्तरीय शिक्षा र अध्ययन पश्चात अन्तराष्ट्रिय रोजगार बजारमा रोजगारिको अवसरका बारेमा बुझेर अध्ययन गर्न जाने विद्यार्थीहरुले कहिल्लै दुःख पाउनु पर्दैन ।
युके अध्ययनको बारेमा जानकारी अभाव र केही छुट पुट घटनाले युकेको बारेमा गलत प्रचार हुँदै आएको थियो । अहिले अवस्था फेरिएको छ । विद्यार्थी रिसर्च वेस्ड भएर नै उच्च शिक्षा अध्ययन गर्न जानुपर्छ ।
यहाँ अभिभावकले विद्यार्थीलाई आफूले नबुझेरै परामर्शदाताकोमा पठाउने र परामर्शदाताले उचित परामर्शप्रदान नगरेको अवस्था विद्यार्थी लहलहमा लागेर आफूले निर्णय गर्ने गरेको अवस्था छ । अभिभावकले विद्यार्थीलाई यसरी आफै निर्णय गर भनेर छोड्नु हुँदैन । कुनै परामर्शदाताले के भनिरहेको छ भन्ने विषयमा विद्यार्थीले अध्ययन गर्नुपर्छ । अभिभावकहरु आफ्नो सन्तानको भविष्य प्रति सतर्क हुनुपर्छ भने विद्यार्थीहरु पनि सचेत हुन जरुरी छ । आफू कुन विश्वविद्यालयमा के विषय पढ्न जाने हो , भन्ने विषय प्रमुख विषय हो । आफू अध्ययन गर्न जाने विषयको बारेमा नै नबुझेर गएको अवस्था पनि छ ।
विद्यार्थीको इच्छा भन्दा पनि परामर्शदाताले भिसा सहजरुपमा पाउने विषयमा विद्यार्थीको प्रक्रिया अगाडि बढाउदा विद्यार्थीहरु भिक्टिमाइज भएको अवस्था छ । अहिले करिअर काउन्सिलिङ गरेर जानुपर्नेमा परामर्शदाताले एड्मिसन काउन्सिलिङ गरिरहेका छन् । यस्तो हुनु हुँदैन र विद्यार्थी अनि अभिभावक पनि यस विषयमा सचेत बन्नु पर्छ ।
युकेमा अहिले परवर्तन भएको शिक्षा नीति कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रुपमा अभिभावक र विद्यार्थीलाई बुझाउन सकिएको अवस्था छैन । पोष्ट स्टडिवर्क भनेर जुन निकालेको छ त्यसमा दुई बर्ष अध्ययन गरिसकेको पछिको फाइदा र लाग्ने लागत खर्च अनि अध्ययन पछिको अवसरको विषयमा तुलनात्मक अध्ययन गर्ने हो भने नेपाली विद्यार्थीका लागि ‘वान अफ दि वेष्ट डेष्टिनेशन हो युके’ ।
विश्वविद्यालयको स्तर र प्रदान गर्ने शिक्षाको गुणस्तरका विषयमा वुझेर अध्ययन गर्ने नै प्रमुख उद्देश्य हो भने निर्धक्क भएर युकेमा पढ्न जान सक्ने वातावरण छ । युकेमा स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले पहिलो बर्षमा शूल्क तिर्नुपर्ने तर दोस्रो बर्षमा शूल्क तिर्न नपर्ने कोर्षहरु धेरै छन् । जसले गर्दा एक बर्षको पैसा मात्र हुँदा अन्य देशमा जानुभन्दा आर्थीक भार र खर्च पनि कम पर्छ ।
परामर्शदाताले अपनाउनुपर्ने सजगता
विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउनुमात्रै प्रमुख विषय होइन । हामीले विद्यार्थीलाई परामर्श प्रदान गर्दा उसको अंग्रेजी भाषा बोल्न र बुझ्न सक्ने क्षमता पनि ख्याल गर्नु पर्छ । विद्यार्थीको क्षमता नबुझि उसलाई उचित शैक्षिक गन्तव्यको खोजी गर्न सकिदैन । त्यसैगरी, परामर्शदाताले नोआईईएलटिएस भनेको भरमा भाषा परीक्षा नदिइकन भर्ना गर्न खोज्नु उपयुक्त हुँदैन ।
विद्यार्थीलाई उसको क्षमता नहेरी भिसा आवेदन गर्दा विद्यार्थी इमिग्रेसनले लिने अन्तरवार्तामा नै फेल हुन सक्छ ।आइईएलटिएसमा ५.५ भन्दा बढि ल्याउन सकेन भने के गर्ने ? विद्यार्थी कक्षा कोठामा पुग्यो तर पढ्न सकेन भने के गर्ने ? यी विषय महत्वपूर्ण हुन् त्यसैले यस्ता विषयमा ध्यान दिनु पर्छ ।भिसा पाउनुमात्रै ठूलो कुरा हाईन, विद्यार्थीको भविष्य संग जोडिएको विषय भएकाले उसको करिअर महत्वपूर्ण हो ।
नीति परिवर्तन र आइपर्ने समस्या
कुनै पनि विद्यार्थी नेपालबाट विदेशमा अध्ययन गर्न जाने वेलामा म पढ्न सक्ष्म छु । मेरो आर्थिक छमता राम्रो छ भनेर युकेमा गएको अवस्था हो । प्रत्यक देशले आफ्नो आवश्यकता हेरेर आफ्नो शिक्षा नीतिमा परिवर्तन गरिरहेका हुन्छन् । नीतिमा परिवर्तन हुँदैमा सर्वस्व सकिने भन्ने हुँदैन । अध्ययन पश्चात आफूले अध्ययन गरेको विषयका बारेमा नेपालमा फर्केर पनि केही गर्न सक्छु भन्ने सोच राख्नुपर्छ । उसको उद्देश्य अध्ययन गर्नु हो भने उ केही बर्ष पछी त नेपाल फर्किनु नै हो । नेपाल फर्केर आएपछि यहाँ पनि अवसरहरु छन् भन्ने सोच राख्नु पर्छ । कुनै विद्यार्थीले त्यहाँको आवश्यक प्रावधान पूरा गरेको खण्डमा मात्रै स्थाई बसोबासको अवसर प्राप्त गर्ने हो यसलाई सहज रुपमा प्राप्त गर्न सकिन्छ भन्ने सोच्नु पनि गलत हो । विगतमा पनि सरकारी क्याम्पस र विश्वविद्यालयमा गएका विद्यार्थीले समस्या भोगेका थिएनन् । पोष्ट स्टडी वर्कको विषयमा त्यहाँको सरकारले काम गर्न दिने नदिने निर्णयमा परिवर्तन गर्न सक्छ त्यसैले विद्यार्थीले काम गर्न जाने भन्दा पनि पढ्न जाने विषयलाई प्राथमिकतामा राख्नु पर्छ ।कुनै पनि विद्यार्थी पढ्न जाने भन्ने वित्तिकै उसले आफ्नो भविष्य बनाउन सक्ने ,गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने देशमा जाने हो । युकेमा जादाँ विद्यार्थीले त्यहाँको शैक्षिक प्रणालीको बारेमा बुझेर मात्र जानु पर्छ । विद्यार्थीलाई उसको करिअरको बारेमा बुझ्न दिनुपर्छ । विद्यार्थी दक्ष भयो भने उसले युके लगायत अन्य देशमा पनि अवसर पाउँछ ।तर, जसले काम गर्ने बहानामा योग्यता बढाउने तर्फ लाग्दैनन् उनिहरु पछि पर्छन् ।
विद्यार्थीले बुझ्नुपर्ने विषय
सर्बप्रथम त विद्यार्थी आफू आफ्नो करिअर प्रति स्पष्ट हुनुुपर्यो । विद्यार्थीले आफूले पढ्न खोजेको विषय हो कि होइन ,त्यो कोर्ष आफूलाई योग्य हो कि होइन, कुन स्तरको विश्वविद्यालय हो, यो ग्लोबल ¥याङ्किङमा कुन स्थानमा पर्छ? अरु विश्वविद्यालयको तुलनामा यसको गुणस्तर कस्तो छ? लागत खर्च कति पर्छ? त्यस विषयमा अनुसन्धान गरेपछि मात्र विद्यार्थीले कुन देशमा पढ्न जाने निर्णय गर्ने हो । आफूले चाहेको देशमा जाने हो भने पनि सबै कुरा बुझेर मात्र जानु उपयुक्त हुन्छ ।
लेखक युके अध्ययनमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्था पुतलिसडक स्थित अल्टिमेट कन्सलट्यान्सी एण्ड एड्भाइजरी नेटवर्क युक्यानका सञ्चालक हुन् ।