काठमाडाैँ - शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ।
आयोगले विज्ञापन नं. ४२/०८१/८२ को नतिजा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क. को उपनियम (१) बमोजिम मंसिर २७ गते बुधबार सार्वजनिक गरेको हो।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार १ लाख १९ हजार ६ सय ९९ ले परीक्षा दिएकोमा १० हजार ९ सय ७४ जनाले अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएका छन्।
आयोगले मंसिर १५ गते सञ्चालन गरेको लाइसेन्स परीक्षाको नतिजामा प्रदेश १ बाट १८ हजार ६ सय ६२ जनाले परीक्षा दिएकोमा २ हजार ८२ जना उत्तीर्ण भएका छन्। मधेश प्रदेशमा १९ हजार ३० जनाले परीक्षा दिएकोमा १ हजार ४ सय २१ जना, बागमती प्रदेशमा १४ हजार ३ जनाले परीक्षा दिएकोमा १ हजार ६ सय ८३ जना उत्तीर्ण भएका छन्।
यस्तै गण्डकी प्रदेशमा ८ हजार २ सय २९ जना सहभागी मध्य ९ सय २७ जना, लुम्बीनी प्रदेशमा २२ हजार ७ सय ९२ सहभागी मध्य २ हजार ३ सय १३ जना, कर्णाली प्रदेशमा २० हजार ४ सय ९८ सहभागी मध्य १ हजार ४ सय ४९ जना र सूदुरपश्चिम प्रदेशमा १६ हजार ४ सय ८५ सहभागी मध्य १ हजार ९९ जना उत्तीर्ण भएका छन्।
आयोगले सात वटै प्रदेशमा मंसिर १५ गते सञ्चालन गरेकाे अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हाे। आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको मितिले एक वर्षभित्र सच्याईसक्नुपर्न अन्यथा कुनै पनि विवरण सच्याउन नसकिने आयोगले जनाएको छ।
सात प्रदेशकाे नतिजा :
१) काेशी प्रदेश
२) मधेश प्रदेश
३) बागमती
४) गण्डकी प्रदेश
५) लुम्बीनी प्रदेश
६) कर्णाली प्रदेश
७) सूदुरपश्चिम प्रदेश