जनकपुर- पछिल्लो समय बालविकास कक्षाका शिक्षिकाहरू शिक्षण विधिमा समयसापेक्ष परिवर्तन ल्याएको छ। बालबालिका बालमनोविज्ञानका आधार शिक्षिकाहरू समयअनुसार अद्यावधि भएर शिक्षण क्रियाकलापमा परिवर्तन ल्याएका हुन्।
यस क्रममा शिक्षिका रन्जु यादव बालविकास कक्षालाई आकर्षक बनाइ मनोरञ्जनात्मक ढङ्गबाट सिकाइ रहेकी छिन्। एक दशकभन्दा बढी समयदेखि बालविकास कक्षामा अध्यापन गरेकी रन्जु समयसापेक्ष कक्षामा खेल खेलाएर मनोरञ्जनात्मक तरिकाबाट सिकाउन थालेकी हुन्।
बालविकास कक्षामा परम्परागत शैली र सामान्य व्यामहरू गराएर सिकाइँदै आएकी उनले बालबालिकाको मनोविज्ञान, समयको माग र आवश्यकतालाई ध्यानमा राखेर आफू पनि अद्यावधि भएर सिकाइ गरिरहेको बताइन्। धनुषा जिल्लाको सहिद नगरपालिका २ मनौतीस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालविकास शिक्षिका रज्जुसँगै बालविकास अन्य शिक्षिकाहरू पनि यसरी नै सिकाइरहेका छन्।
यस्तै, कमला नगरपालिका २ स्थित श्री राप्रावि लकडका बालविकास शिक्षिका चन्द्रकलाकुमारी पासमान शिक्षण सिकाइ गर्दै भनिन्, 'बालविकास कक्षाका बालबालिकालाई खेल खेलाएर मनोरञ्जनात्मक विधिबाट अक्षर कसरी चिनाउन, फलफूल कसरी चिनाउने लगायतबारे सिकाएका छौँ।'
'बालबालिकालाई कक्षामा खेल खेलिरहेको महसुस हुनुपर्छ, भने हाम्रो उद्देश्य उनीहरूलाई सिकाइ रहेका हुन्छौँ', सहिद नगरपालिका ६ हरवाडास्थित श्री आधारभूत विद्यालयका बालविकासका शिक्षिका कञ्चनकुमारी साहले भनिन्, 'बालबालिकाहरूको स्थानीयस्तरमा खेलिने खेल, गर्ने मनोरञ्जन, अपनाउने तरिकाबाट नै शब्दपति, वाक्पति, अंकपति, जोड घटाउन सिकाउने गरेका छौँ।'
प्रारम्भिक बालविकास शिक्षकहरूलाई पाठ्यक्रममा आधारित सामग्री विकास र सिकाइ कुना व्यवस्थापन सम्बन्धी प्रशिक्षित बालविकास शिक्षिकाहरू कक्षामा बालबालिकाको जन्म मिति देखिने गरी भित्तामा टाँसेर राख्दा बालबालिकाले सजिलै आफ्नो वर्थ डे (जन्मदिन) थाहा पाएर कक्षाकोठामै र्याम्स गराएर बर्थडे मनाउने कार्यबाट सिकाइ र मनोरञ्जन गराउने गरेको कमला नगरपालिका ७ हथमुण्डा स्थित प्रगतिशील माध्यमिक विद्यालयका शिक्षिका वविताकुमारी यादवले बताइन्।
'सहिद नगरपालिका र कमला नगरपालिकाको समन्वय, प्लान इन्टरनेशनलको सहयोग तथा आसमान नेपालको आयोजनामा बालविकास शिक्षिकाहरूलाई प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम) २०६२ को आधारमा कम खर्चमा स्थानीय स्तरमा उपलब्ध सामग्रीबाट शैक्षिक सामग्री निर्माण कसरी गर्ने, कक्षामा कसरी प्रयोग गर्ने, कक्षालाई जीवन्त, मनोरञ्जनात्मक कसरी बनाउने, अभ्यास कसरी गराउने लगायतको विषयमा प्रशिक्षण गराइएका थियौँ', आसमान नेपालका कार्यक्रम संयोजक सञ्जीवकुमार साहले भने।
त्यहाँ सिकेका कला, सीप बालविकास शिक्षिकाहरूले कक्षाकोठामा प्रदर्शन गरिरहेका अनुगमनको क्रममा देखिएको विदेह नगरपालिकाका उपप्रमुख आशादेवी झाले बताइन्।
कक्षाकोठा शिक्षणलाई आकर्षक, मनोरञ्जनात्मक एवम् उत्साहित बनाउन शैक्षिक सामग्री प्रयोगमा ल्याउन नसक्दा विद्यालयको दराजमा धमिराले ती शैक्षिक सामग्री खाइरहेको अवस्था पनि रहेको छ। जानकारी अभावले दराज र बक्समा थन्क्याएर राखिएको शैक्षिक सामग्रीहरू प्रयोगमा ल्याउन बेलाबेलामा प्रशिक्षण कार्यक्रम सहयोगी भएको संयोजक साहको विश्वास छ।