काठमाडाैँ - विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे ग्रेस इन्टरनेशनल एजुकेशनले 'एडुभर्स २०२४' काे आयाेजना गर्ने भएकाे छ। ग्रेसले विद्यार्थीलाई विदेश अध्ययनबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले शैक्षिक मेलाकाे आयोजना गर्न लागेकाे हाे।
ग्रेसले आगामी कार्तिक २६ देखि मंसिर ६ सम्म देशभरका ९ वटा प्रमुख शहरहरूमा शैक्षिक मेलाकाे आयोजना गर्न लागिएकाे जनाएकाे छ। गेसले काेशी प्रदेशकाे इटहरीमा कार्तिक २६ मा, बागमति प्रदेशकाे काठमाडौँमा कार्तिक २८, चितवनकाे पर्सामा कार्तिक २९, नारायणघाटमा कार्तिक ३०, गण्डकी प्रदेशकाे कावासोतीमा मंसिर १, बागलुङमा मंसिर ५, पोखरामा मंसिर ६, लुम्बिनी प्रदेशकाे बुटवलमा मंसिर २ र मंसिर ३ गते दाङमा मेला आयाेजना हुनेछ।
'एडुभर्स २०२४' मा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी परामर्श लिन, स्पट एडमिसन र छात्रवृत्ति लगायत थुप्रै जानकारी पाउन सक्ने आयाेजकले जनाएकाे छ। यस शैक्षिक मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया, र युरोपका विभिन्न शैक्षिक संस्थाहरूका प्रतिनिधिबाट प्रत्यक्ष रुपमा विद्यार्थीले जानकारी लिन सक्नेछन्।
ग्रेस इन्टरनेशनल ग्रुपका निर्देशक एन्ड्रयू पौडेलले विभिन्न मुलुकमा अध्ययन गर्न र आफ्नो शैक्षिक भविष्य निर्माण गर्न अझ स्पष्ट जानकारी लिन यस मेला फलदायी हुने बताए। 'विद्यार्थीले विदेश अध्ययनबारे सही निर्णय लिन यस मेलामा आएर सम्पूर्ण जानकारी लिन अनुराेध गर्दछु।'
कार्यक्रमलाई थप प्रेरणादायी बनाउन नेपालका स्टार क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीको उपस्थिति रहने निर्देशक पौडेलले जानकारी दिए।