काठमाडाैँ- विश्वविद्यालय शिक्षाको प्रवेशबिन्दु स्नातक तहमा अध्यनपन हुने व्याचलर ईन बीजनेश स्टडिज (बीबीएस) व्यवस्थापन संकाय अन्तरगतको चार बर्षे कोर्ष हो।
प्रवेश परीक्षा दिनुनपर्ने र व्यवस्थापकिय जनशक्तीको रुपमा रोजगार बजारमा पनि अवसर पाइने भएकाले यस तर्फ विद्यार्थी आकर्षित हुने गरेका छन्। बीबीएस पछिल्लो समय रोजगारमूलक शिक्षातर्फ उन्मुख विषय मध्य एक हो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ७ सय ७८ वटा क्याम्पसमा बीबीएुस कार्यक्रम सञ्चालित छन्। त्रिभुवन विश्विद्यालयले सुरुवात देखी व्यवस्थापन संकाय अन्तरगत कमर्स विषय अध्यापन गराउदै आएकोमा २०५४ सालपछी यसलाई परिवर्तन गरेर बीबीएस बनाएको हो।
बजारको मागलाई ध्यानमा राख्दै यसको पाठ्यक्रममा परिवर्तन गर्दै लगिएको र नेपालमा सबैभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने विषयको रुपमा बीबीएस रहेको व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्माले बताए।
उनले भने, ‘सबै क्याम्पसमा अध्यापन हुने र विश्वविद्यालयको विशेष लगानी रहेको विषय बीबीएस हो। यो विषय खर्चका हिसाबले कम र पाठ्यक्रमका हिसाबले असाध्यै राम्रो छ।’बीबीएसका प्रत्यक विषयलाई १सय ५० घण्टा अध्यापन समय छुट्टाइएको हुन्छ। व्यवस्थापन संकायको मुल विषयको रुपमा बीबीएसलाई लिने गरिएको छ।
बीबीएस ऐकेडेमीक कोर्स भएको र अनुसन्धानका हिसावले यो कोर्स उपयुक्त भएको नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डेले बताए। उनले भने ,‘यो विद्यार्थीको दक्षता अभिवृद्धि गर्ने व्यवहारीक बनाउने कोर्स हो।’
विद्यार्थीको रोजाइमा बीबीएस
विद्यार्थीको रोजाई र कम लागतमा व्यवस्थापन संकाय तर्फ सुरक्षित करिअर बनाउने विषयको रुपमा बीबीएस परिचित छ। कुशल, सक्षम तथा सवल व्यवस्थापन उत्पादन गर्न, आफ्नै व्यवसाय सञ्चालन गर्ने सीप हासिल गर्न, व्यावसायिक तथा अन्य क्षेत्रका लागि योग्य, दक्ष, सिर्जनशील तथा जिम्मेवार व्यवस्थापक बन्न, कुनै पनि संस्थाको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गरी मुनाफामा लैजान, सही समयमा सही निर्णय लिन सक्ने योग्यता हासिल गर्न, मानव संशाधनको उचित व्यवस्थापन गर्न, वस्तु उत्पादनदेखि बजार व्यवस्थापनसम्मलाई चुस्त बनाउन, जोखिम मूल्यांकन गरी अहिलेको प्रतिस्पपर्धात्मक बजारमा देखिएका चुनौती समाधान गर्नकालागि व्यवस्थापन संकाय अन्तरगत बीबीएस पढ्ने तर्फ विज्ञहरुले सुझाव दिएका छन्।
बीबीएसअध्ययनका लागि आवश्यक न्युनतम शैक्षिक योग्यता
व्यवस्थापन संकायबाट कक्षा १२ उत्तिर्ण वा अर्थसान्त्र मुल विषय लिई कक्षा १२ वा सो सरह उत्तिर्ण विद्यार्थीले यो विषय अध्ययन गर्न पाउँछन्। उनीहरुले भर्ना पाउनका लागि डिप्लस ग्रेड भने ल्याउनुपर्ने हुन्छ।
लागत खर्च
बीबीएस अध्ययन गर्न सरकारी क्याम्पसमा चार बर्षको ५० हजार खर्च हुन्छ भने नीजी क्याम्पसमा ५० हजार देखी ३ लाख सम्म खर्च हुन्छ।
छात्रवृत्तिको व्यवस्था
त्रिभुवन विश्वविद्यालयले कुल विद्यार्थी संख्याको दश प्रतिशत छात्रवृत्ति उपलव्ध गराउदै आएको छ। विश्वविद्यालयका आगिंक क्याम्पसहरुले पनि जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, अपाङ्गता भएका विद्यार्थीलाई छ।
अध्यापन हुने विषयहरू
अर्थसान्त्र, अकाउन्ट, बजार व्यवस्थापन, बिजनेश कम्युनिकेशन, विजनेस ल, फाइनास्स, ह्यूमन रिसोर्स म्यानेजमेन्ट
उच्च शिक्षाका लागि अवसर
बीबीएस अध्ययन गरेका विद्यार्थीलाई एमबीएस लगायत अन्य स्वेदेशी तथा विदेशी विश्वविद्यलायमा एमबीए, इएमबीए ,एमबीएम लगायतका बिषय अध्ययन गर्ने अवसर मिल्छ।
इन्टर्नसिप
बीबीएस अध्ययन गरेका विद्यार्थीले अध्ययनको चौथो बर्षमा रिसर्च पेपर संगै विभिन्न उद्योग, बैंक, वित्तियसंस्थाहरुमा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्छन्।
अध्ययन पश्चात रोजगारीका क्षेत्र
वैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, सेयरबजार, उद्योग, शिक्षण संस्था, लोकसेवा लगायतका क्षेत्रमा रोजगारीका अवसर हुन्छन्।