काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ।
आयोगबाट गत वैशाख १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो। देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ सय ८६ जना छनोट भएका छन्।
आयोगले प्रदेशअनुसारको नतिजा प्रकाशन गरेको छ। आयोगले गत चैत १५ गते माध्यामिक तहमा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिका लागि परीक्षा सञ्चालन गरेको थियो।
प्रथम पत्र उत्तीर्ण गरेका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते बिहान ८ बजेदेखि प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा सञ्चालन हुने आयोगले जनाएको छ।
परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वेशाख २६ गतेसम्म कार्यालय समयभित्र ५ सय रुपैयाँ राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमतिपत्रको प्रमाणपत्र एवं प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइटमा पुनर्योग निवेदन दिन सक्ने आयोगले जनाएको छ।
परीक्षार्थीले निवेदनको ढाँचा प्रिन्ट गरी सोहीअनुसार भरेर शिक्षक सेवा आयोग सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दि सक्नेछन्। आयोगले शिक्षा विकास तथा समन्वय एकाइलाई निवेदन लिन र म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरुको समष्टिगत विवरण समेत तयार गरी आयोगमा पठाउन अनुरोध गरेको छ।