काठमाडाैँ - धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह-२०२४ कात्तिक ६ देखि १२ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।
यही अवसरमा आरबिबि मर्चेन्ट बैँकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मावि, पिपरा, महोत्तरी मा (+) २ तहमा अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुका लागि वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोषकुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा रामनारायण अयोध्या उच्च माविका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजयकुमार रायलगायत अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुको उल्लेख्य उपस्थिति थियो ।
आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए। साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए।
विश्व लगानीकर्ता सप्ताह-२०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने छ र सहभागीहरुले शेयर लगानीसम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने छन् भन्ने विश्वास गरिएको छ। आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो।