काठमाडाैँ- युके नेपाली विद्यार्थीका लागि विगतदेखि नै प्रमुख शैक्षिक गन्तव्यमध्ये एक हो। विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको रोजाइको गन्तव्य हुनुको प्रमुख कारण त्यहाँको शैक्षिक गुणस्तर र अध्ययन पश्चातको अवसर नै हो। युकेको डिग्री लिएका विद्यार्थीले विश्ववजारमा रोजगारीको अवसर पाएका छन्। अंग्रेजी भाषा बोल्ने मुलुक भएकाले पनि नेपाली विद्यार्थीलाई युकेमा सहज छ।
त्यहाँको जिवनशैली र ग्लोबल कनेक्टिभिटीका कारण पनि विद्यार्थी यसतर्फ आकर्षित भएका छन्। युकेमा अध्ययन गर्न गएका विद्यार्थीलाई युरोपका अन्य मुलुकमा पनि यात्रा गर्न सहज हुन्छ। युके बेलायत, इङ्गल्याण्ड, स्कटल्याण्ड, वेल्स, र उत्तरी आयरल्याण्ड मिलेर बनेको, हल्का तापक्रम र समशीतोष्ण समुद्री मौसम भएको स्थान हो।
यूकेमा गुणस्तरीय शिक्षाको लागि विश्वकै उत्कृष्ट शिक्षणसंस्था छन्। यूकेकोे सन् २०१९ डेटा हेर्ने हो भने तीनसय मात्र विद्यार्थी गएका थिए भने पछिल्लो वर्ष (सन् २०२३) मा करिब १३ हजार विद्यार्थीले शैक्षिक गन्तव्यको लागि यूकेलाई रोजेका छन्।
युकेले शिक्षाको लागि सन् २०१९ मा ८ महिने ग्रायाजुएट रुट लन्च गरेको थियो। त्यसपछि विद्यार्थीलाई २ वर्षे पोस्ट स्टडी वर्कको व्यवस्था कायम छ। पछिल्लो मे १४ मा २ वर्षको लागि यो प्रावधान नविकरण गरिएको छ। जसका कारण पनि यस तर्फ विद्यार्थीको आकर्षण बढेको छ।
विद्यार्थी आफ्नो भविष्य सुनिश्चित गर्न युकेमा आवास, रोजगारी र शिक्षाकालागि संभावना बोकेर गएका छन्। विश्वस्तरिय समयानुकुल परिमार्जन हुने पाठ्यक्रम, छात्रवृत्ति, अध्ययनकै क्रममा पाइने आंशिक समय रोजगारीको अवसरका कारण नेपाली विद्यार्थीलाई युके उपयुक्त शैक्षिक गन्तव्य हो।
यूके पनि अष्ट्रेलिया, क्यानडा जस्तै अंग्रेजी भाषा, गुणस्तरीय शिक्षा र अवसर भएको मुलुक हुनुका साथै भिसा लाग्ने दर पनि बढी छ। अष्ट्रेलिया, क्यानडा जस्ता देशमा विद्यार्थी भिसामा कडाइ भएको समयमा यस तर्फ विद्यार्थी आकर्षित भएका छन्।
पढ्दै काम गर्ने वातावरण
यूकेलाई दश एघार वर्ष अघिको दोषी चस्माले हेर्नु हामी नेपालीहरूको भ्रम हो। यूकेलाई शैक्षिक गन्तव्य बनाउने विद्यार्थीको बढ्दो संख्याले नै यूकेमा पढ्दै काम गर्न सहज छ भन्ने स्पष्ट गरिदिएको अवस्था छ। विद्यार्थी बजारको हल्ला र भ्रम भन्दा पनि यूकेमा अध्ययन गरिरहेका विद्यार्थीसँग पनि त्यहाँको अवस्थाको विषयमा जानकारी लिन सक्छन्। अन्य देशको तुलनामा अझ बढी यूकेमा विद्यार्थीले हप्ताको २० घण्टासम्मको वर्क पर्मिट पाउने गरेका छन् भने क्याम्पस विदाको समयमा पूर्णरुपमा काम गर्न पाउँछन्।
आवश्यक पर्ने कागजात
यूके अध्ययनमा जान चाहने विद्यार्थीले अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस, टोफलमा राम्रो स्कोर ल्याउँदा विश्वविद्यालयमा भर्ना पाउन सहज हुन्छ। लागत खर्चको हिसाबले नेपालबाट विदेशमा अध्ययन गर्न जाने मुलुकमध्ये युके कम खर्चमा जान सकिने मुलुक हो। युकेका सरकारी विश्वविद्यालयको शिक्षण शुल्क कम छ। स्नातकोत्तर तह एक वर्षे भएकाले पनि विद्यार्थीलाई सहज हुन्छ। विद्यार्थीले एक वर्षमा १२ देखि १५ हजार शिक्षण शुल्क तिर्नुपर्छ। यूकेमा अध्ययनका लागि एकेडेमिक र बैँक ब्यालेन्स गरेर २० देखी ३० लाखसम्म लागत खर्च हुन्छ।
विद्यार्थीका लागि सामान्यतया भाषा परीक्षाको नतिजाको रिपोर्ट (आईईएलटीएस रिजल्ट), आफू अध्ययनमा जाने उद्देश्यको विवरण (एसओपी), सिफारिस पत्रहरू, राहदानीको प्रतिलिपि, र वित्तीय कागजातहरू आवश्यक पर्छ। केही समय अगाडीसम्म यूकेको युर्निभर्सिटीहरूले आईईएलटीएस र अन्तर्वार्ता बिना नै भिसा दिने गरेकोमा अहिले अन्तर्वार्ता लिने गरेको छ। त्यसैले विद्यार्थी भाइबहिनीहरूले अफर लेटर आएपछि अन्तर्वार्ताको लागि अनिवार्य रुपमा तयारी गर्नुपर्छ।
डिपेन्डडेन्टको प्रकिया
यूके शैक्षिक अध्ययनको लागि विद्यार्थीसँग ब्याचलर पढिसकेपछि २ देखी ३ वर्षको कामको अनुभव छ र आईईएलटीएसमा ६.५ अंक ल्याएको छ र एकेडेमीकमा ६० प्रतिशत भन्दा माथी स्कोर छ भने विद्यार्थीले यूकेमा स्पाउज लान मिल्ने व्यवस्था रहेको छ। साथै मास्टर लेभलको विद्यार्थीले पनि डिपेन्डडेन्ट लान सक्छन्। स्पाउजसँग गएका व्यक्तिले बारिष्टा, प्लम्बिङ, ड्राइभिङ सिकेर गएमा रोजगारको लागि अझ सहज हुन्छ।
यकेले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पोस्ट–स्टडी वर्क (पीएसडब्लु) भिसा जस्ता कार्यक्रमहरू मार्फत आफ्नो डिग्री पूरा गरेपछि काम वा थप अध्ययनको लागि आफ्नो बसाइ विस्तार गर्न विकल्पहरू प्रदान गर्दछ। जुन विदेशमा कामको अनुभव प्राप्त गर्न खोज्नेहरूका लागि आकर्षक हुन सक्छ। युकेले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको अध्ययनको समयमा आशिंक समय काम गर्ने सुविधा दिएको छ।
छात्रवृत्तिकाे व्यवस्था
नेपाली विद्यार्थीहरूले विश्वविद्यालय, सरकारी निकाय र निजी प्रतिष्ठानहरूबाट विभिन्न छात्रवृत्ति र अनुदानहरू प्राप्त गर्न सक्छन्। त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि विभिन्न छात्रवृत्तिहरू, अनुदान र वित्तीय सहायताका विकल्पहरू उपलब्ध छन्।
यूकेको युनिभर्सिटीले आइटी, इन्जिनियरिङ, नर्सिङ, हस्पिटालिटी जस्ता विशेष विषय साथै उनिहरूको आवश्यता र माग अनुसारको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दे आएका छन्। अन्य देशको तुलनामा यूकेमा पढाइ खर्च कम छ। तुलनात्मक हिसाबले अष्ट्रेलियामा स्नातकोत्तर अध्ययन पूरा गर्नलाई नेपाली ८० देखी ९० लाख लाग्छ भने यूकेमा स्नातकोत्तर अध्ययन पूरा गर्न १८ देखी २० लाखसम्म खर्च हुन्छ जसमा छात्रवृत्ति पाएका विद्यार्थीको हकमा ८ हजार ५०० पाउण्डदेखि १२ हजार पाउण्ड सम्म खर्च हुन्छ।
राइटपाथ करिअर काउन्सलिङलाई नै किन?
राइटपाथ करिअर काउन्सिलिङले विद्यार्थीलाई अध्ययनमा जानुपूर्व पूर्व तयारी कक्षाका साथै त्यहाँ विद्यार्थीले भोग्नुपर्ने सम्पूर्ण विषयमा जानकारी प्रदान गर्छ। विद्यार्थीले स्नातक वा स्नातकोत्तर तह अध्ययन गर्न सरकारको लगानी रहेका यूकेका विश्वविद्यालयमा पढ्न पठाउँछौँ। विद्यार्थीले कुनै पनि समस्या भोग्नुपरेमा विश्वविद्यालय र सरकार नै जवाफदेही हुने भएकाले पनि विद्यार्थीले अप्रत्यासित रुपमा समस्या भोग्नु पर्दैन।
राइटपाथले काठमाडौँमा मात्र नभइ नेपाल भरिमा रहेको सातवटा शाखामा रहेका कर्मचारीहरू यूके रिर्टन नै हुनुहुन्छ। जसले गर्दा यूकेको बारेमा सत्यतथ्य जानकारी प्राप्त हुन्छ। राइटपाथले यूकेको बढी चर्चा गरेता पनि अष्ट्रेलिया, क्यानडा जस्ता देशको लागि पनि आवश्यक शैक्षिक परामर्श सेवा उपलव्ध गराउछ। राइटपाथबाट भिसा आवेदन गरेका विद्यार्थीको सक्सेस रेट सतप्रतिशत मेन्टेन गर्न सफल भएको छ। गुणस्तरीय सेवा र आवश्यक परामर्शका कारण राइटपाथ अभिभावक र विद्यार्थीको मनमा बस्न सफल छ।