काठमाडाैँ- नेपाली विद्यार्थी अध्ययनका लागि जाने मुलुकका शिक्षा नीतिमा आएको परिवर्तनका कारण पछिल्लो समय विद्यार्थीकाे शैक्षिक गन्तव्य परिवर्तन भएकाे अवस्था छ। विद्यार्थीले यस अघि आवेदन दिने अष्ट्रेलिया, क्यानडा भन्दा अन्य मुलुक अमेरिका, युके, न्युजील्यान्ड, जापान र दक्षिण काेरियातिर विद्यार्थीको आकर्षण बढेकाे छ। पूर्व तयारी बिना नै विद्यार्थी विदेशमा पढ्न जाँदा दुःख पाएकाे अवस्था छ। विद्यार्थी विदेश अध्ययनमा जाँदै गर्दा के कुरामा ध्यान दिनुपर्छ?, अध्ययन पश्चातका अवसरहरू के-के छन् भन्ने विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपाध्यक्ष एंव ग्रेस इन्टरनेशनल एजुकेशनका कार्यकारी निर्देशक लक्ष्मण पौडेल (एन्ड्रियू)सँग गरिएकाे कुराकानीकाे मुख्य अंश।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू के - के छन्?
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले आफू अध्ययन गर्न चाहने देशको शिक्षा नीति, भौतिक शैक्षिक वातावरण, लागत खर्च, छात्रवृत्तिको व्यवस्था लगायतका विषयमा ध्यान दिनु आवश्यक छ।
विद्यार्थीहरूले कुनै पनि शैक्षिक गन्तव्य छनोट गर्दा विशेष गरि त्यहाँको स्थानीय वातावरणसँग घुलमिल हुन सक्ने भाषामा ध्यान दिनुपर्दछ। विद्यार्थी यति लामो समय तयारी गरेर जाँदा उसले स्कील सिकेर गएको खण्डमा पढ्दै काम गर्न सहज हुन्छ। विद्यार्थीले विदेशमा पार्लर, ग्राफीक डिजाइन, ऐज केयर ट्रेनिङ, आइटी तथा डिजिटल मार्केटिङको सटर्टमकोर्सहरू सिकेर गएमा त्यहाँ गएर लामो समय बेरोजगार हुनुपर्दैन।
विद्यार्थीहरू शैक्षिक गन्तव्य छनोट गरेसँगै आफूले पढ्न लागेको विषयबारे पनि अवगत हुनुपर्छ। आफूले पढेको विषयगत क्षेत्रमा काम पाइन्छ कि पाइदैन?, अध्ययन पश्चातका अवसरहरू के – के छन् भन्ने विषयमा ध्यान दिनुपर्छ।
विदेश अध्ययनमा गएका विद्यार्थीलाई आशिंक समय काम गरेर शिक्षण शूल्क तिर्नसमेत गाह्रो हुन्छ भन्ने सुनिन्छ नि?
हरेक देशले आफ्नो आफ्नो देशको शैक्षिक नीतिको लागि न्युनतम मापदण्ड निर्धारण गरेको हुन्छ। सोहि अनुसार विद्यार्थीले कति घण्टा काम गर्न पाउने भन्ने हुन्छ। विद्यार्थीसँग सिप र दक्षता छ भने उसले थोरै समय काम गरेर पनि शिक्षक शुल्क बापतको रकम जम्मा गर्न सक्छ। विद्यार्थीहरू नेपालमा कक्षा १२ उत्तीर्ण हुने बित्तिकै तुरुन्तै हतार हतारमा विदेश जानलाई मात्र जोड दिने भएकोले सिप नहुँदा कठिन भएको हो।
त्यसकारण विद्यार्थीहरूले आफ्नो गन्तव्यको छनोट गर्दा नेपालमा केही स्किल सिकेर, त्यहाँको नितीनियम बुझेर, कम्तिमा एक वर्षको शिक्षण शूल्क तिरेर, कोठा भाडाबारे जानकारी लिएर मात्र जानु उपयुक्त हुन्छ। विद्यार्थीहरूले कक्षा १२ सक्ने बितिकै हतारमा अबुझ भएर जानुभन्दा स्नातकोत्तर तहमा अध्ययनका लागि योग्य भएर जादाँ सहज हुन्छ।
नेपालबाट जाने विद्यार्थीले विदेशमा गएर त्यहाँको माहोलसँग घुलमिल हुन सक्छु कि सक्दिन भनेर आफूलाई मनन गरी आफ्नो मनोबल स्थिर भएपछि मात्र गयो भने कठिनाइ नहुनसक्छ।
विदेश अध्ययनको सवालमा आम अभिभावक र विद्यार्थीको धारणा कस्तो पाउनुभएको छ?
नेपालको अवस्थाले विद्यार्थी र अभिभावकको चाहना आफ्नो सन्तानले विदेशमा उच्च शिक्षा लिनेमा नै छ। विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा विदेशका शैक्षिक गन्तव्य पर्ने गरेका छन्। ग्रेस इन्टरनेशनलको टिमले भने विद्यार्थीलाई परामर्श प्रदान गर्दा नेपालको अध्ययन, विद्यार्थीको रुचि र विद्यार्थी जान चाहेको मुलुको अध्ययन, अध्ययन पश्चातका अवसरका विषयमा सम्पूर्ण जानकारी दिएर परामर्श प्रदान गर्दै आएको छ। विद्यार्थी जसरी पनि विदेश जानु छ भन्दा पनि आफूलाई कुन शैक्षिक गन्तव्य उपयुक्त हुन्छ। अभिभावकको आर्थिक क्षमताले धान्छ कि धान्दैन ख्याल गर्नुपर्छ।
कक्षा १२ उत्तीर्ण गरेर विदेश अध्ययनको लागि योजना बनाइरहेका विद्यार्थीलाई के भन्नुहुन्छ?
नेपाली विद्यार्थीले शैक्षिक गन्तव्य छनोट गर्दा नेपालको करिकुलम अंग्रेजी भएको कारण अंग्रेजी भाषा बोल्ने देश छनोट गर्दा उपयुक्त हुन्छ। नेपालसँग मिल्दो वातावरण भएको मुलुक नै सहज हुन्छ। तर पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा चार्मीङ देशहरूमा दक्षिण कोरिया, जापान पनि पर्ने गरेको छ। यि देशमा दैनिक जिवनयापन गर्न भाषागत दक्षता अनिवार्य हुन्छ।
हाम्रो अनुभव अनुसार अहिलेको विद्यार्थीहरूमा कुर्न सक्ने क्षमता निकै कम छ उनीहरू राम्रो अंक ल्याएर जाने भन्दा पनि छिटो जान रुचाउछन्। जुन कुरा गलत हो बरु ढिला गएपनि शिक्षाको लागि योग्य भइ, सिप सिकेर स्कलरसिपको लागि चाहिने स्कोर बढाएर स्याट, आईईएलटीएस स्कोर बढाएर राम्रो अंक ल्याई हतार नगरी योजना बनाएर जान सक्ने धैर्यता विद्यार्थीमा हुन.जरुरी छ।
जुनसुकै मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले अध्ययनसँगै र अध्ययन पश्चात्को अवसरलाई मध्यनजर गर्नुपर्छ। विद्यार्थीले देश तर्फको फाइदा हेर्नुभन्दा पनि आफ्नो क्षमता, एकेडेमिक स्तर र आर्थीक स्थिति हेरेर गन्तव्य पहिचान गर्नुपर्छ।
ग्रेस इन्टरनेसनलले विद्यार्थीलाई उपलव्ध गराउने सेवाहरू के - के छन्?
ग्रेस इन्टरनेशनल देशभरका प्रमुख शहरहरूमा शाखा कार्यालय भएको शैक्षिक परामर्श प्रादायक संस्था हो। यसले विद्यार्थीलाई आवश्यक परामर्श उपलव्ध गराउनुका साथै तयारी कक्षा पनि सञ्चालन गर्दै आएको छ।
विगत १८ वर्षदेखि शैक्षिक परामर्श सेवामा सक्रिय यस संस्थामा विदेशमा गएर दक्षता हासिल गरेका नेपाल आउनुभएका परामर्शदाताहरूबाट विद्यार्थीलाई परामर्श उपलव्ध गराउँछौँ। ग्रेसका विभिन्न विभागहरूबाट विद्यार्थीलाई आवश्यक परामर्श प्रदान गरेकै कारण अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ।