काठमाडौँ - एभरेस्ट इन्जिनियरिङ कलेजमा 'एकेडेमिक इनाेभेसन इन इण्डष्ट्री' विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालमा आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेज, सेवा प्रदायक संस्था, शिक्षाविद्, अनुसन्धानकर्ता लगाएतका इन्जिनियरिङ विषयका विद्याथीहरुको बाक्लो उपस्थिति रहेको थियो।
सेमिनारमा त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु प्रा.डा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौँ विश्वविद्यालयका प्रा.डा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित, आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी लगायतका विज्ञहरु उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख अतिथ्यता रहेको थियो। उनले, नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तराष्टिय मान्यताका भइराखेका गविविधिका बारेमा जानकारी दिए।
कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरुमा इन्जिनियरिङ सेवा र इन्जिनियरिङ शिक्षा विचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजना गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे।