काठमाडाैँ - नेपाल शैक्षिक परामर्श संघ (ECAN) काे उपाध्यक्ष एंव शैक्षिक मेला संयाेजक गीता शिवाकोटीले विद्यार्थीहरूलाई विदेशकाे शैक्षिक गन्तव्य छनाेट गर्न सहज हाेस् भन्ने उद्देश्यले असाेज १३ गते आइतबार काठमाडाैँकाे द एभरेष्ट होटल बानेश्वरमा इक्यान बृहत शैक्षिक मेला आयोजना गर्न लागिएकाे बताएकी छन्। संयाेजक सिवाकाेटीले विद्यार्थीलाई एकै स्थानमा विभिन्न मुलुकका शैक्षिक गन्तव्यका विषयमा सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर मेलाले जुटाएकाे बताइन्।
उनले विद्यार्थीले मेलामा प्रत्यक्ष रुपमा सत्यतथ्य जानकारी प्राप्त गर्नुका साथै योग्य विद्यार्थीलाई स्कलरसीप प्रदान गरिने, लागत खर्च सहितको विवरणबारे जानकारी दिने बताइन्। यस वर्ष १५ औं संस्करणकाे मेला भाैतिक रूपमा आयोजना गर्ने भएको हो।
नेपालको सवैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भइसकेको इक्यान मेलाको संयोजक शिवाकोटीले विद्यार्थीहरूलाई शैक्षिक गन्तव्यको लागि प्रत्यक्ष रुपमा जानकारी प्रदान गर्नु, योग्य विद्यार्थीलाई स्कलरसिप प्रदान गर्नु, यूनिभर्सिटीबारे जानकारी दिनु, गन्तव्यमा लाग्ने लागत खर्च सहितको विवरणबारे प्रत्यक्ष रुपमा विद्यार्थीलाई सुसूचित गराउनु यस मेलाको मुख्य उदेश्य रहेको बताइन्। उनले भनिन्,' हामीले फेयर पनि फरक समयमा गरेका छौँ किनभने विद्यार्थीहरूले एक मात्र नभई २० भन्दा धेरै कन्सलटेन्सिहरूको परामर्श दाताहरूसँग शैक्षिक नीतिबारे जानकारी हासिल गरि दशैँमा घर जाँदा आमाबुबालाई बुझेको कुरा प्रत्यक्ष रुपमा भन्न पाउन् भन्ने हाे। विद्यार्थीहरूमा यो मेलाको आवश्कताको महसुस भएर नै हामीले सरकारको अनुमति लिएर याे मेला आयोजनाको पहल गरेका हौँ।'
उनका अनुसार यस शैक्षिक मेलामा विदेश अध्यनमा जाने विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रबारे यथार्थ जानकारी पाउनुका साथै विदेश अध्ययनमा जाने प्रकिया, देश तथा युनिभर्सिटि अनुसारको शुल्क, शिक्षा सम्बन्धि नीति तथा नियमबारे जानकारी पाउने मौका पाउँछन्। विद्यार्थीले कुनै एक संस्थाले गरेको फेयरबाट २-३ वटा गन्तव्यबारे मात्र ज्ञान प्राप्त गर्छन् तर इक्यानको यो मेलामा फरक - फरक शैक्षिक गन्तव्यबारे देश तथा विदेशका विज्ञबाट जानकारी पाउने मौका पाउछन्। त्यसकारण विद्यार्थीकाे लागि याे मेला बढी उपयाेगी छ।
शिवाकोटीले मेलाको संयोजक भएको हिसाबले मेलाको सम्पूर्ण आयोजक टिमलाई धन्यावाद दिदैँ आफुमाथी आयोजक टिमले राखेको विश्वालाई चुक्न नदिने बताइन्। यसका साथै उनले इक्यानमा आवद्ध रहेर स्टलमा बस्ने कन्सलटेन्सिहरूले पनि विद्यार्थीलाई विदेश पठाउने हिसाबले मात्र नभइ नेपाल र विदेशबीचको शैक्षिक यात्राबारे विस्तृत रुपमा सत्यतथ्य जानकारी दिनुपर्ने बताइन्।