काठमाडाैँ - नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा) ले राष्ट्रव्यापी बृहत् खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। निस्टाले पाँचौँ स्थापना दिवसको अवसरमा 'निस्टा आवाजः सृजनामा श्रम आवाज' भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको हो।
संस्थाले असाेज १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीकाे काठमाडौँ सिद्धिचरण सभा कक्षमा आयाेजना हुने कविता प्रतियोगितामा सहभागी हुन चाहने स्वदेश तथा विदेशमा रहने सम्पूर्ण कविहरूलाई यस प्रतियाेगितामा सहभागी हुन अनुराेध गरेकाे छ।
उक्त कविता प्रतियोगितामा वाचन समेतको मूल्याङ्कन गरी प्रथमलाई नगद रू ५० पचास हजार, द्वितीयलाई ३५ हजार, तृतीयलाई २५ हजार र सान्त्वनालाई पुरस्कार स्वरुप रु १५ हजार र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ।
आयाेजकले प्रतियाेगिका लागि केही मापदण्ड निर्धारण गरेकाे छ जसमा कविहरुले प्रस्तुत गर्ने कविता मौलिक तथा प्रतियोगिता अवधिसम्म अन्यत्र प्रकाशन प्रसारण नभएको हुनुपर्ने, कविता प्रीति/युनिकोड फन्टमा टाइप गरी हालसालैको एकप्रति पासपोर्ट साइजको फोटो तथा कविको सङ्क्षिप्त परिचय सहित पठाउनुपर्नेछ।
कविता प्रतियोगितामा सहभागी हुन २०८१ असोज ८ गते बेलुका १२ बजेभित्र http://[email protected] इमेलमा सहभागीता जनाइसक्नुपर्नेछ। कविता वाचनका लागि उपत्यका बाहिरबाट आउनु पर्ने कविहरूलाई तोकिएबमोजिम आवागमन तथा वासस्थानको सुविधा उपलब्ध गराइनुका साथै विदेशबाट कविता पठाई छनोटमा परेका कविहरूको कविता प्रविधिको प्रयोगद्वारा प्रत्यक्ष वाचन गराइने आयाेजकले जनाएकाे छ।
कविता प्रतियोगिता सम्बन्धी सर्वाधिकार प्रतियोगिता आयोजना समितिमा निहित रहने र निर्णायक मण्डलको नतिजालाई अन्तिम मानिने आयाेजकले जनाएकाे छ।
कविता प्रतियोगिता सम्बन्धी थप जानकारी लिनुपरेमा कार्यक्रम संयोजन समितिमा रहेका सुधा भट्टराई (९८४१५४५९३०), रामरञ्जन पौडेल (९८४१४५७४३८), एकराज दाहाल(९८५१३४९१३८)लाई सम्पर्क गर्न सकिने आयाेजकले जनाएकाे छ। यसका साथै विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रम चेतना र बदलिँदो श्रम सम्बन्धको प्रतिविम्ब विषयक साहित्यिक गोष्ठी समेत सोही दिन सम्पन्न हुने आयाेजकले जनाएकाे छ।