काठमाडाैँ- विद्यार्थीलाई नेपालमा नै गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसरबारे आशा जगाउन सकिएको छैन। जसले गर्दा प्रत्येक दिन विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दो छ। यसलाई रोक्न सरकारले विश्वविद्यालय शिक्षालाई रोजगारमुखी बनाउँदै नेपालमै अवसर सिर्र्जना गर्न सक्नुपर्छ।
विद्यार्थीले नेपाल छोड्नुको प्रमुख कारण नै अध्ययन पश्चात रोजगारीको अवसर र आम्दानी थोरै हुनु नै हो।
विद्यार्थी गुणस्तरीय शिक्षा भन्दा पनि ‘सुरक्षित करिअर’को खोजिमा विदेशीयका हुन्। अहिले सूचना प्रविधि तर्फका जनशक्तीले नेपालमै बसेर रोजगारीको अवसर पाएका छन्। विश्वविद्यालयले यी विषयलाई व्यवस्थित गर्दै समयसापेक्ष ढंगबाट परिमार्जन गर्दै जानुको विकल्प छैन।
विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरिसकेपछि करिअर प्लान बनाएर उनीहरूको रुचि, बजारको माग र अध्ययन पश्चात अवसर हुने विषय रोज्नुपर्छ। केएमसी नेटवर्कले प्रत्येक वर्ष विद्यार्थी विदेश जानुको कारण र नेपालमै अध्ययन गर्ने वातावरण बनाउन के गर्नुपर्छ भन्ने विषयमा सर्भे गर्दे आएको छ।
यो सर्भेले हामीलाई विद्यार्थीको आर्कषण आइटी र अमेरिकन एजुकेसन सिस्टममा रहेको देखायो। उक्त आधारलाई मध्यनजर गर्दे राष्ट्रिय आर्थीक स्तर पनि बढ्ने भएकोले केएमसीले अमेरिकन युनिभर्सिटिको आइटी एजुकेसन प्रोगाम नेपालमा चलाउने प्रयास गर्यो। फलस्वप अहिले एमआईटी कलेजको स्थापना भएको छ।
यो सिस्टमको मुख्य उद्देश्य विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई नेपालमा नै पढ्ने वातावरण सिर्जना गर्ने हो। आईटी क्षेत्रकोे काम विश्वको जुनसुकै कुनामा बसेर पनि गर्न सकिने भएकोले केएमसीले सूचना प्रविधि शिक्षा तर्फ जोड दिएको हो। अहिले मुलुककै रेमिट्यान्सको ठूलो हिस्सा आईटी क्षेत्रले ओगटेको छ।
हाम्रा उत्पादनले नेपालमै बसेर विदेशी डलर आम्दानी गरेका छन्। नेपालका शिक्षणसंस्थालाई धरासायी हुनबाट जोगाउन नीति नै बनाएर सरकारले पहल गर्न आवश्यक छ।
विद्यार्थीलाई अहिले पनि घोकन्ते हिसाबले पढाइरहेको पाउछौँ। हामीले त्यो कुरालाई हटाउने प्रयास गर्देछौँ। यसर्थ कुनै पनि विद्यार्थीले आइटी पढ्न खोज्दै छ भने नेपालमा धेरै कलेजले बाहिरबाट राम्रो-राम्रो युर्निभर्सिटीका कोर्सहरु ल्याइरहनु भएको छ, विदेश अध्ययनमा जानु अघि नेपालको कोेर्सबारे पनि अपडेट भएर, तुलना गरेर मात्र शैक्षिक गन्तब्य रोज्नुपर्छ। नेपालकै शैक्षिक वातावरणमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा लिन सकिन्छ।
नेपालमा नयाँ विश्वविद्यालयहरूले सूचना प्रविधि तर्फका विषय थप त गरेका छन् तर विद्यार्थी विदेशी विश्वविद्यालयको कोर्समा आर्कसित भएका छन्। हामी विद्यार्थी बाहिर अध्ययन गर्न गयो भनेर आत्तिन्छौँ। हामीले विद्यार्थी विदेश जाने बाटो ओरालो बनाइदिएका छौँ।
हामी नेपालको कलेजमा नाम निकाली अध्ययन गर्न लागेको विद्यार्थीलाई लोन दिन डराउछौँ भने विदेशको अफर लेटर आएको विद्यार्थीलाई शैक्षिक कर्जा लिने प्रक्रिया सहज बनाएका छौँ। सरकारले यस्ता नीतिलाई परिवर्तन गर्न आवश्यक छ।
अहिलेको २१ औँ सताब्दिको डिजीटल युगमा विद्यार्थीलाई नेपालमै पढ्नुपर्छ भनेर बाध्य पार्ने कुरा त संभव हुँदैन तर नेपालमै अवसर दिन सकियो भने विद्यार्थी विदेश जाँदैन। नेपालमा नभएका विषय पढ्न वा यहाँ सिट नपाएर विदेश जाने कुरा सामान्य हो र यहाँको शिक्षण संस्थामा सिट खालिहुँदा विद्यार्थी विदेशिनुलाई सामान्य रुपबाट हेर्नु हुँदैन।
अबको केहि वर्ष पछि हामीले विदेशी विद्यार्थी नेपालमा आईटी पढ्न आउने वातावरण बनाउन सक्नुपर्छ। हामी त्यसकै लागि प्रयासरत छौँ।