काठमाडाैँ- दक्षिण कोरिया नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। पछिल्लो समय दक्षिण कोरियामा नेपाली विद्यार्थी अध्ययनका लागि जाने संख्या बढ्दो क्रममा नै छ। शैक्षिक गन्तव्यको हिसाबले दक्षिण कोरियामा अध्ययन, छात्रावृति र गुणस्तरीय शिक्षाको अवसर पनि छ। पढ्ने उद्देश्य भएका विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो, दक्षिण कोरिया। विश्वको देशहरु मध्यमा कम शिक्षण शुल्कमा उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्ने देश हो।
सामान्यता विश्वको जुनसुकै देशको विद्यार्थीहरूले कोरिया अध्ययनमा जानु अघि दैनिकी सहजताको लागि भाषा जान्नु पर्ने हुन्छ। कोरियामा अन्तर्राष्ट्रिय विद्यार्थीेहरूले अंग्रेजी भाषाको समेत अध्ययन गर्न पाँउछन्। पछिल्लो समय नेपालमा तुलनात्मक हिसाबले शैक्षिक गन्तव्यको लागि अष्ट्रेलिया, क्यानडा, यूरोप जानेको संख्या भन्दा कोरिया जानेको संख्या बढ्दो क्रममा छ।
कोरियामा सहज रुपमा दिनहरू विताउन विद्यार्थीले विशेष गरि भाषागत दक्ष्ता हासिल गर्नुपर्छ। कोरियामा कम्युनिकेशनमा असहजता भएको कारण विद्यार्थीमा आफूसँग प्रशस्त स्किल भएता पनि काम नपाउने अवस्था सिर्जना भएको विगतका अनुभवले देखाउँछ। छोटो समयमा काम पाउनको लागि पनि विद्यार्थीले थोरैमा ३ महिना भाषा सिकेर गएमा आफ्नो लागि सहज वातावरण सिर्जना हुन्छ।
वैदेशिक यात्रा तय गर्दे गर्दा जुन हिसाबले विद्यार्थी तयारी भएता पनि सुरुमा विद्यार्थीले साथीको सङ्गतमा भन्दा पनि आफ्नो आवश्यकता र क्षमतालाई मध्यनजर गरी सम्पूर्ण कुरा बुझेर मात्र गन्तव्य तय गर्दा उपयुक्त हुन्छ।
कोरियाको कानुनी नियमले विद्यार्थीले सुरुमा नै ‘डिपेन्डेन्ट’मा लानलाई पाउँदैनन् तर गएको थोरैमा ६ महिनाको अवधि पछि, कलेमा ८० प्रतिशत उपस्थिति र पहिलो सेमेस्टर ६० प्रतिशत वा फस्ट डिभिजनामा उत्तिर्ण भएको छ भने युनिभर्सिटिले लेटेर प्रदान गर्दछ अनि मात्र डिपेन्डेन्टको प्रोसेस गर्न पाउछन्। कोरियामा विद्यार्थीसँग डिपेन्डेन्टमा गएको व्यक्तीले कानुनी रुपमा काम गर्ने नियम छैन।
विद्यार्थीले कोरिया जानु अघि मेडिकल गर्नुपर्ने हुन्छ। कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई नेपाल सरकारले ४ वटा हस्पिटल सिभिल, पाटन, टेकु र कोरियन मैत्री हस्पिटललाई मात्र मान्यता दिएको छ। यी बाहेकको मेडिकल रिपोर्टलाई कोरियाका विश्वविद्यालयले मान्यता दिँदैनन्। विद्यार्थीले ४ हजार तिरेर स्वास्थ्य बिमा पनि गरेको हुनुपर्छ।
आवश्यक शैक्षिक योग्यता
कोरिया अध्ययनको लागि विद्यार्थीको उच्च शिक्षा विद्यालयमा २.८ जीपीए र आईईएलटीएसमा ५.५ वा त्यो भन्दा धेरै र उच्च शिक्षा पश्चात ३ देखी ४ वर्ष सम्मको ग्याप र ब्याचलर पछि ७ – ८ वर्ष सम्म ग्याप भएर पनि विचमा कुनै कामको अनुभव रहेको विद्यार्थीले पनि कोरियामा स्टुडेन्ट भिसामा एप्लाई गर्न पाउँछन्।
लागत खर्च
कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले ६ महिनाको टिउसन फी एभरेजमा ३ लाख, सुरुमा एप्लाई गर्दा विद्यार्थीको होस्टेल फि, एड्मिसन फि, बिमा शुल्क र एक सेमेस्टर (६ महिना)को लागि ४ देखि ५ लाखसम्म शैक्षिक शुल्क लाग्छ। विद्यार्थीले कोरिया मात्र नभइ जुनसुकै देशलाई शैक्षिक गन्तव्यका लागि कागजपत्र बनाउँदा ध्यान दिनुपर्छ।
काेरिया अध्ययनमा जान चाहने विद्यार्थीले नेपाली नागरिक प्रमाण पत्र, नाता प्रमाणित, अभिभावकको आयस्रोतको कागजपत्र, ‘क’ वर्गको बैंकमा १८ हजार देखी २० हजार अमेरिकी डलरसम्म जम्मा भएको कागजात, प्रोपर्टी भ्यालुएसन, ६ महिनाको बैंक स्टेटमेन्ट, चलअचल सम्पत्तिको प्रमाणित कपी, मेडिकल रिपोर्ट लगायत सामान्यता २० देखि २५ लाख रुपैयाँ नेपाली रकमको जोहो गर्नुपर्ने हुन्छ।
छात्रावृत्तिको व्यवस्था
कोरियाको युनिभर्सिटिमा छात्रावृत्तिको फरक – फरक कोटा हुन्छ। कोरियामा छात्रावृत्तिको व्यवस्था तुलनात्मक हिसाबमा अन्य देशमा भन्दा कम छ। यहाँको विश्वविद्यालयले विद्यार्थीको योग्यता र क्षमतालाई मध्यनजर गरि छात्रावृत्ति प्रदान गर्दे आइरहेको छ। कोरियामा छात्रावृत्तिको लागि कुनै युनिभर्सिटिले अन्तर्वार्ता लिन्छ भने कुनै विश्वविद्यालयमा आफ्नो अंगे्रजी भाषा परीक्षाको नतिजा र शैक्षिक योग्यताको आधारमा छात्रावृत्ति उपलब्ध गराइन्छ।
जसमा विद्यार्थीको आईईएलटीएस स्कोर ७ – ८ र जीपीए ३.८ भन्दा धेरै छ भने ७० देखि ८ं० प्रतिशतसम्म छात्रावृत्ति पाउँछन्। सामान्यता ३० प्रतिशत विश्वको जुनसुकै मुलुकको विद्यार्थीहरुले पनि छात्रावृत्ति पाउने व्यवस्था रहेको छ। केहि विश्वविद्यालयमा पहिलो सेमेस्टरमा छात्रावृत्ति पाउने र पहिलो सेमेस्टरको नतिजाको आधारमा अर्काेमा पनि पूर्ण छात्रावृत्ति पाएको अवस्था छ।
आवाशीय प्रवन्ध
कोरियाका अधिकांश विश्वविद्यालय र क्याम्प्सले होस्टेलको व्यवस्था गरेको हुन्छ तर नेपाली विद्यार्थी कमै मात्र होस्टेलमा बस्ने गर्छन्। कामको सहजताको हिसाबले सस्तो र खानाको गुणस्तर नमिल्ने भएकोले होस्टेल बाहिर आफ्नो हिसाबले साथीभाइ मिलेर कोठामा बस्न रुचाउँछन्। बाहिर बस्दा मासिक ३० हजार जति खर्च हुन्छ।
अध्ययन पछिको अवसर
कोरियामा विद्यार्थीले कोरियन भाषा जानेको छ र स्नातक तह उत्तीर्ण गरेका छ भने आफ्नो क्षमता अनुसार कुनै पनि कम्पनिमा रोजगारीको अवसर पाउछन्। विद्यार्थीले नेपाली रेष्टुरेन्ट, मार्ट तथा मोबाईल पसलहरूमा काम गर्ने गरेका छन्।