काठमाडाैँ- बिग एजुकेसन कन्सलटेन्सिले 'बिग एजुकेसन फेयर, २०२४' काे आयोजना गरेको छ।बिहीबार काठमाडाैँकाे बानेश्वर स्थित केन्द्रिय कार्यालयमा विदेश अध्ययन विशेष शैक्षिक मेलाकाे आयाेजना गरेकाे हाे। विभिन्न मुलुकका विश्वविद्यालयका प्रतिनिधि सहभागी भएकाे मेलामा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियाे।
फेयरमा अष्ट्रेलिया, जापान, यूके, दक्षिण कोरिया, अमेरिका, क्यानडा, यूरोप, न्युजिल्यान्ड, आयरल्यान्ड लगायतका मुलुकलाई शैक्षिक गन्तव्य बनाउने विद्यार्थीलाई त्यहाँकाे शिक्षा निति, विश्वविद्यालयकाे भाैतिक शैक्षिक पूर्वाधार, छात्रवृत्ति, भिसा आवेदन प्रक्रिया, बसाेबास लगायतका विषयमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिबाटै सम्पूर्ण जानकारी प्रदान गरिएकाे थियाे।
एजुकेसन फेयर आयाेजनाकाे विषयमा बाेल्दै बिग एजुकेसन कन्सल्टेन्सिका सीईओ सुरज केसीले विदेश अध्यन गर्न चाहने विद्यार्थीहरूलाई विदेशका विभिन्न शैक्षिक गन्तव्यका विषयमा विश्वविद्यालका प्रतिनिधिबाट शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले एजुकेसन फेयरकाे आयाेजना गरिएकाे बताए। 'विद्यार्थीलाई विदेश अध्ययनका विषयमा सत्य तथ्य जानकारी विश्वविद्यालयकै प्रतिनिधिबाट प्रदान गर्न शैक्षिक मेलाकाे आयाेजना गरेका हाैँ। विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श दिएर सहि गन्तव्य देखाउने हाम्राे उद्देश्य हाे।'
उनले भने,'यति धेरै कन्सल्टेन्सिको माझमा हामीले केहि फरक धारणा बोकेर प्रतिस्प्रधाको बजारमा उपस्थित भएका छौँ। उचित परामर्श, प्रोफेस्नल टिम, उपयुक्त वातावरण, गुणस्तरीय अनलाइन शिक्षा, व्यक्तिगत रूपमा प्रत्यक्ष काउन्सिलिङको लागि बिग एजुकेसन कन्सलटेन्सिमा आउन आग्रह गर्दछु। हामीले विद्यार्थीहरूले जुन देशलाई गन्तव्य बनाएता पनि गहिराइमा अनुसन्धान गरेर मात्र पठाउँछौँ, यो हाम्रो फरक विशेषता हो।'
मेलामा सहभागी भएका विद्यार्थीलाई विदेश अध्ययनका विषयमा शैक्षिक परामर्श प्रदान गर्नुका साथै मुभी टिकेट, गिफ्ट ह्याम्पर र त्यहि दिन फेयरमा नाम दर्ता गर्ने विद्यार्थीलाई आईईएलटीएस र पीटीईमा ५० प्रतिशतसम्म छुट दिइएकाे थियाे।