काठमाडाैँ - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विशेष छात्रवृत्तिका आवेदन माग गरेको छ।
इच्छुक विद्यार्थीले २०८१ साउन ३० गतेदेखि भदौ २० गतेसम्म आवेदन माग फाराम भर्न पाउनेछन् जसको लागि शुल्क लाग्ने छैन।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले लक्षित वर्ग सहित ३६० सिट खुलाएको छ।
सीटीईभीटीले दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका लक्षित वर्गहरुको छात्रछात्राहरूलाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तथा डिप्लोमा प्रमाणपत्र तहका कार्यक्रमहरूमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो।
सीटीईभीटीले कोशी प्रदेश (इटहरी), बाग्मती प्रदेश(काठमाडौँ), गण्डकी प्रदेश(पोखरा), लूम्बिनि प्रदेश(बुटवल), कर्णाली(सुर्खेत), मधेस(जनकपुर), सुदूरपश्चिम(धनगडी) जस्ता फरक फरक प्रदेश भित्रको जिल्लामा परीक्षा सेन्टर तोकिदिएको छ।
परीक्षा सम्बन्धि विस्तृत जानकारी २०८१ भदौ २४ गते गोरखापत्र राष्ट्रिय दैनिक र www.ctevtexam.org.np मा प्रकाशन गरिने फाराममा उल्लेख गरिएको छ।