काठमाडाैँ- नेपालमा आईटी तथा इन्जिनियरिङ शिक्षा तर्फ महिला सहभागिता कम छ। नेपालका इन्जिनियरिङ शिक्षा तर्फ केहि विषयमा विद्यार्थी छात्रा भएपनि अधिकाशं विषयमा छात्रको संख्या उच्च छ।
नेपालमा आईटी तथा इन्जिनियरिङ शिक्षा तर्फ नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८३ हजार ७५६ जना इन्जिनियरहरू छन्, जसमा १० हजार ७४१ जना अर्थात् (१२.८२ प्रतिशत) मात्र महिलाको सहभागिता रहेको छ।
अनुसन्धानको तथ्याङ्कले के देखाउछ भने नेपालमा आईटी तथा इन्जिनियरिङ शिक्षामा महिलाको आकर्षण कम छ। समाजमा पनि प्राविधिक शिक्षा तथा सीपमा महिला अब्बल हुन सक्दैनन् भन्ने पुरातनबादि धारणा छ। गणित तथा विज्ञान जस्ता विषयहरू केवल पुरुषको लागि बनेको हो भन्ने आम मानिसको धारणा छ। नेपालमा महिलाहरूलाई रोजगारीको लागि सिमित क्षेत्रहरु छन्, जस्तै डेन्टल, डाक्टर, नर्सिङ, शिक्षक, बालहेरचाह, बैंकिङ, हस्पिटालिटी, एयर होस्टेस जस्ता क्षेत्रहरूमा मात्र रोजगार गर्ने अवसरहरू उपलब्ध छन्।
हाम्रो नेपालमा आईटी तथा इन्जिनियरिङ शिक्षामा महिलाको सहभागिता कम हुनुमा घरपरिवारको नै ठूलो हात रहेको पाइन्छ। प्रायः अभिभावकहरूले सुरुमा नै छोरालाई गणित, आईटी तथा इन्जिनियरिङ विषय पढाउन खोज्छन् भने छोरीहरूलाई माथी उल्लेखित विषयमा आफ्नो भविष्य बनाउन जोड दिने गरेका हुन्छन्।
यस बाहेक पनि महिलाहरूलाई घरायसी भूमिकाले आईटी तथा इन्जिनियर पेसा छनोट गर्न रोेकेको हुन्छ। पेसामा आधारित बाहिर फिल्डमा जान असमर्थ हुने र परिवार तथा बालबच्चाको पालनपोषणको जिम्मेवारीले पनि यो पेसा रोज्न समस्या तथा अवरोध हुने गरेको पाइन्छ।
महिला सहभागिताको सवालमा वर्षौ देखिको छाप परिवर्तन गर्न यसो गरौँ
हामीले सबैभन्दा पहिला आम मानिसको धारणा सकारात्मक रुपमा परिवर्तन गर्नुपर्छ। हामीले महिला र उनिहरूको अभिभावकहरूलाई इन्जिनियरिङका विभिन्न क्षेत्र र दायरा बुझाउनुपर्छ। त्यस्तै इन्जिनियरिङ क्षेत्रमा रहेको करिअर बारे आममानिसमा चेतना जगाउनुपर्छ। उनीहरूलाई यस क्षेत्रमा भएका विभिन्न अवसरहरूलाई नजिकबाट चिनाउनु पर्छ।
महिला र उनिहरूको अभिभावकलाई यो क्षेत्रको रचनात्मकता र कल्पनाशीलताको विषय बझाउन आवश्यक छ। नेपालमा सबैले इन्जिनियरिङ र आईटीमा महिलाको संलग्नताको साथै उनीहरूको बौद्धिक क्षमता र प्रतिभालाई ध्यानमा राखि दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक छ।
सगरमाथामा छात्राका लागि विशेष प्राथमिकता
हाल सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीहरू मध्य ४०.२१ प्रतिशत महिला विद्यार्थी छन् भने सीएसआईटी तथा बीसीए पढ्ने ३०.६७ प्रतिशत महिला विद्यार्थीको सहभागिता रहेको छ।
सगरमाथा इन्जिनियर कलेज तथा सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कलेजले विगत ५ वर्षदेखि भर्नाको समयमा छात्रा विद्यार्थीहरूलाई विशेष छात्रावृत्ति प्रदान गर्दे आएको छ। र जुन कुरा सगरमाथा कलेजमा अध्ययन गर्ने छात्राहरूको संख्याले देखाउछ।
सगरमाथा कलेजमा लैङ्गिक समानताको कारणले गर्दा नै सगरमाथामा कम्प्युटर इन्जिनियरिङ सोसाइटी, सगरमाथा सिभिल इन्जिनियरिङ विद्यार्थी समाज तथा नेपाल तराई विद्यार्थी नवजागरण समाजमा अध्यक्ष पदमा हाल छात्राहरू रहेका छन्। तिनै छात्राको नेतृत्वमा विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना हुने गरेको छ।
निष्कर्ष
नेपालमा इन्जिनियरिङ संस्थाको नेतृत्वमा पनि महिलाको सहभागिता न्युन छ। हामी जस्ता महिलाहरू यस विधामा नेतृत्वको भूमिकामा आउनाले महिलाहरूलाई यस क्षेत्रमा आउने थप प्रेरणा तथा हौसला मिल्छ। महिला नेतृत्वले अवश्य पनि इन्जिनियरिङ शिक्षा तथा पेसालाई महिला मैत्री बनाउने कार्यमा नयाँ रुपरेखा कोर्न सहज हुन्छ।