काठमाडौँ- युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले 'नवौँ म्यानेजमेन्ट एण्ड आईटी ऐजुकेसन फेयर २०२४' आयोजना गर्ने भएको छ। यूटीसीले कक्षा १२ को परीक्षा दिएर विश्वविद्यालय शिक्षामा व्यपस्थापन र सूचना प्रविधि संकाय तर्फ कुन विषय कहाँ पढ्ने भन्ने अन्याेलमा रहेका विद्यार्थीलाई लक्षित गरेर एक दिने शैक्षिक मेलाको आयोजना गर्ने जनाएको हो।
यूटीसीले उक्त मेला साउन २१ गते सोमबारका दिन काठमाडौँको अन्नपूर्ण होटलमा विहान ९ बजे देखि ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।
मेलामा ३० भन्दा बढी म्यानेजमेन्ट, आईटी र हस्पिटालिटी अन्तर्गतका विषय अध्यापन हुने कलेजहरूको सहभागिता रहने मेलाका संयोजक प्रकाश ढकालले जानकारी दिए। ईन्ट्रडक्सन ट्रेड सोज नेपाल प्रा.लीले व्यवस्थापनको जिम्मा पाएको मेलालाई प्रेसिडेन्सियल ग्राजुएट स्कुलले मुख्य प्रायोजन गरेको छ। मेलाको म्यागजिन पार्टनरको रुपमा फेयर एक्सप्रेस म्यागजिन रहेको छ।
मेलाको प्रायोजकहरूमा टेक्सपायर कलेज, एमआईटी, टेक्सस, आईआईएमएस, किस्ट, एभरेष्ट, किङ्स, केएमसी र ईम्पेरियल विजनेस कलेज रहेका छन्।
मेलामा कक्षा १२ काे परीक्षा दिएर बसेका विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेलामा सहभागी हुने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुनुको साथै विभिन्न आकर्षक उपहार, मुभी टिकट, लक्कि ड्र को व्यवस्था गरिएको आयोजकले जनाएको छ।
मेलामा ‘रक हेड्स ब्यान्ड’ को साँगितिक प्रस्तुती मुख्य आकर्षणको रुपमा रहनेछ। मेलामा सहभागी हुन मेलाकाे घाेषणा भएकाे पहिलाे दुई दिनमै पाँच हजार विद्यार्थीले प्रवेशपास लिइसकेकाे हुँदा मेलामा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएको छ।