काठमाडाैँ- स्वीडेन युरोपमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्य हो। नेपाली विद्यार्थीहरू जुन उद्देश्य बोकेर विदेश अध्ययनमा गएका छन् ती उद्देश्य पूरा गर्न चाहनेका लागि स्वीडेन उत्कृष्ट शैक्षिक गन्तव्य हो।
स्वीडेनको एजुकेसन सिस्टम तुलनात्मक हिसाबले अन्य देश भन्दा गुणस्तरीय र शिक्षण शुल्क पनि कम छ। स्वीडेनमा २६-२७ वटा विश्वविद्यालयले मात्र विभिन्न देशको विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्दै आएका छन्। ती मध्ये ६ वटा विश्वविद्यालय विश्व प्रतिष्ठित ‘वल्ड र्याङ्कड युनिभर्सिटी’ छन्।
स्वीडेनका विश्वविद्यालयले शैक्षिक संकाय अन्तर्गत मेकानिकल, टेक्सटायल, बिजनेस, पारामेडिकल जस्ता विशेषज्ञता हासिल गर्ने खालका विषय अध्यापन हुन्छ। नेपाली विद्यार्थीले विश्वविद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। अन्य मुलुकको तुलनामा स्वीडेनमा अध्ययनको विषयले कम चर्चा पाएपनि शैक्षिक गन्तव्य र उज्वल भविष्यको हिसाबले विद्यार्थीको लागि उत्कृष्ट छ। मुख्यतःसहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा स्वीडेन प्रति नेपाली विद्यार्थी आकर्षित भएका छन्।
स्वीडेन नै किन?
विश्वका अन्य मुलुकका विश्वविद्यालयको तुलनामा स्वीडेनमा लाग्ने शिक्षण शुल्क तुलनात्मक हिसाबले धेरै कम छ। अन्य देशमा भिसा प्राप्त नगरेका विद्यार्थी पनि स्वीडेनलाई दोस्रो रोजाइको शैक्षिक गन्तव्यको रुपमा लिने गरेका छन्।
विद्यार्थीहरूको सामाजिक सुरक्षाको हिसाबले अन्य मुलुकले मानव अधिकारको जति नै होडबाजी गरेतापनि विद्यार्थीहरूलाई ‘डिपेन्डेन्ट’ लान दिदैनन् तर स्वीडेनले १८ वर्ष भन्दा मुनिका बच्चा भएका विद्यार्थीलाई मानव अधिकारको मनन गर्दे डिपेन्डेन्ट लान पाउने व्यवस्था गरेको छ।
स्वीडेनले डिपेन्डेन्टमा गएका बच्चाहरूको हेल्थ केयर र शिक्षा निशुल्क गर्ने गरेको छ। सामान्यतया परिकल्पना गरौँ अन्य देशबाट गएको विद्यार्थी र उसको स्पाउजको हेल्थ र शिक्षा त निशुल्क गरिदिन्छ भने त्यहाँको सामाजिक सुरक्षाको व्यवस्था कस्तो होला?
स्वीडेनमा गएका नेपाली विद्यार्थीहरूले सामाजिक सुरक्षाको पूणर् रुपमा अनुभुति गर्न पाउँछन्। अन्य मुलुकका देशमा हेर्ने हो भने नागरिकहरू हत्या, हिंसाबाट पिडित भएको सुनिन्छ, उदाहरणका लागि अमेरिकामा नै वार्षिक रुपमा १६-१७ जना नेपालीहरू त गोलि लागेर नै मरेको खबर प्राप्त हुन्छ तर स्वीडेन यस्तो देश हो जहाँको सामाजिक सुरक्षा तथा मानव अधिकारको विषय नागरिकहरूले पूणर् रुपमा अनुभुति गर्न पाउँछन्।
स्वीडेन विद्यार्थीहरूको त्यस्तो शैक्षिक गन्तव्य हो जहाँ विद्यार्थीलाई वर्किङ रेस्ट्रिक्सन छैन। शैक्षिक गुणस्तर, हेल्थ केयर, वर्क पर्मिट तथा सामाजिक सुरक्षाको हिसाबले नेपाली विद्यार्थीको लागि स्वीडेन उपयुक्त शैक्षिक गन्तव्य हो। स्वीडेनमा विद्यार्थीहरूले एक वर्ष भन्दा बढीको भिसा एप्लाइ गर्न मिल्दैन। स्वीडेनमा अध्ययन पश्चात विद्यार्थीले सीप र क्षमता अनुसारको काम गर्न पाउँछन्।
जानु अघि गर्नुपर्ने पूर्व तयारी
विदेश पुग्नु मात्रै ठुलो उपलब्धि होइन, विद्यार्थीहरूले भिसामा मात्र जोड नदिइ त्यहाँ गएर गर्ने कामको लागि पहिला नै प्रिपिएर भएर जानु उपयुक्त हुन्छ। विदेश गएर काम सिक्नलाई असम्भब हुने हुदाँ स्वीडेन मात्रै नभई जुनसुकै देश गएता पनि आफू स्कीलफूल भएर मात्र जानुपर्दछ।
विश्वको जुनसुकै देशलाई शैक्षिक गन्तव्य बनाएतापनि विद्यार्थीले ड्राइभिङ सिकेर गएमा बेरोजगार भएर काम नपाउने समस्या रहँदैन। विद्यार्थीहरूले जुनसुकै देशमा जानु अघि त्यस देश र आफूले अध्ययन गर्न चाहेको विश्वविद्यालय, त्यहाँ बोलिने भाषा र संस्कृतिको बारेमा बुझेर मात्र जानुपर्छ।
स्वीडेनमा अध्ययन पश्चात्का अवसरहरू
स्वीडेनमा पछिल्लो समय अध्ययन गर्न जाने विद्यार्थीहरूले ब्याचलर तथा मास्टर डिग्री पढाइ सकिसकेपछि पोस्ट स्टडी वर्क (पीएसडब्लु) वर्किङ भिसा प्राप्त गर्छन। विद्यार्थीले पीएसडब्लु पाएपछि त्यो समयमा विद्यार्थीहरूले फुल टाइम आफ्नो क्षमता र आवश्यकता अनुसार काम गर्न पाउँछन्।
स्वीडेन जाने विद्यार्थीहरूले पीएसडब्लु कुरेर बस्नुपर्देन, शैक्षिक अध्ययन अवधि भित्रै वा सकभर एक वर्ष भित्रै वर्क प्रमिटि हुने मोटिभ राख्नुपर्दछ जसले प्रशस्त आयआर्जनको ढोका चाँडै खुलाउन सहयोग गर्छ। विद्यार्थीमा आफ्नो शैक्षिक संकाय अन्र्तगतको विषयमा कन्फिडेन्ट छैन भने स्वीडेनको बजार अध्ययन गरि आवश्यकता अनुसारको स्कील सिकेर गएमा वर्क प्रमिट पाउन सहज हुन्छ।
छोटो समयमा नै पीआर तथा पासपोर्ट पाउने सम्भावना रहन्छ। युरोपका मुलुकहरू मध्ये छोटो अवधिमा पासपोर्ट दिने देशहरूमा स्वीडेन र पोर्चुगल पर्छन्।
लागत खर्च र छात्रावृत्तिकोे व्यवस्था
स्वीडेनमा शैक्षिक शुल्क विद्यार्थीले प्राप्त गरेको छात्रावृत्ति र विषय अनुसार फरक विश्वविद्यालयमा फरक हुन्छ। सामान्यता स्वीडेका विश्वविद्यालयमा सरदर ५ हजार देखि ७ हजार युरोसम्म शुल्क लाग्छ।
सबैभन्दा थोरैमा ४ हजारसम्मका कोर्स छन्। स्वीडेनमा ब्याचलरको विद्यार्थीलाई छात्रवृत्तिकोे व्यवस्था हुँदैन। विद्यार्थीले छात्रवृत्तिमा एप्लाइ गर्न पाउँदैनन् भने स्नातकोत्तर तहमा भने विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। स्वीडेनका विश्वविद्यालयले स्नातक तहमा विषय अनुसार कोटा निर्धारण गरेको हुन्छ।
विश्वविद्यालयले छात्रवृत्ति दिदाँ विद्यार्थीको आवश्यकता भन्दा विद्यार्थीको कामको अनुभव, स्कील, थेसिस हेरेर मात्र २० प्रतिशत देखि २०० प्रतिशत सम्म छात्रवृत्ति प्रदान गर्छन्। स्वीडेनको शैक्षिक व्यवस्थामा कुनै एक योग्य विद्यार्थीलाई फुल स्कलरसिप दिने गरिन्छ जसमा विद्यार्थीलाई टिउसन शुल्क बापतको छात्रवृत्ति पाउँछन्। फुल स्कलरसिप पाउन असहज हुने हुदाँ वार्षिक रुपमा ४-५ जना नेपाली विद्यार्थीले मात्र यो स्कलरसिप प्राप्त गर्दै आएका छन्।
आवश्यक योग्यता
स्वीडेनमा आफ्नो करिअर बनाउन चाहने विद्यार्थीका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा ओभरअलमा ६.५ स्कोर ल्याउनुपर्ने हुन्छ। ब्याचलर अध्ययनको लागि विद्यार्थीले +२ पास गरेको हुनुपर्दछ भने मास्टर डिग्री पढ्नको लागि ४ वर्षे मास्टर डिग्री वा ३ वर्षे कोर्स अध्ययन गरेको छ भने २ वर्ष मास्टर अध्ययन गरेको हुनुपर्छ।
ट्रस्ट एजुकेसन नै किन ?
युरोपका शैक्षिक गन्तव्यमा परामर्श सेवा उपलब्ध गराउँदै आएको ट्रस्ट एजुकेसन फाउन्डेसनको केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित छ। सन् २०१४ मा स्थापना गरि उत्तरी युरोपका प्रमुख शैक्षिक गन्तव्यमा परामर्श सेवा उपलव्ध गराउँदै आएको यस संस्थाले विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श प्रदान गर्छ।
विद्यार्थीलाई युरोपको शैक्षिक प्रणालीबारे सत्यतथ्य जानकारी दिने यस संस्थाले विद्यार्थीलाई स्वीडेन, डेनमार्क, नेदरल्यान्ड, फिनल्यान्ड, लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।