काठमाडाैँ- सेन्ट्रल कलेजले अबदेखि बीएचएम, बीआइएम र बीबीएस अध्यापन गराउने भएको छ। उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा, भाषा तयारी कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले नेपालमै अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर व्यवस्थापन तर्फका शैक्षिक कार्याक्रम सञ्चालन गर्न लागेको हो।
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त निर्वाणा कलेजको बीएचएम, बीआइएम कार्यक्रम र दियालो कलजको बीबीएस कार्यक्रम अबदेखि भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको मुख्य कार्यालय सेन्ट्रल टावरमा सञ्चालन गर्नेगरी सम्झौता भएको हाे। कलेजले यही शैक्षिक सत्रबाट बीएचएम, बीआइएम र बीबीएस बिषयमा अध्यापन गराउने कलेजका कार्यक्रम संयोजक यज्ञ बिलास पौडेल (वाइबी) ले जानकारी दिए।
‘विश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे बीएचएम, बीआइएम र बीबीएस कार्यक्रम नेपालमै विदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ।’ उनले नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत खुलेको जानकारी दिए। ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं', उनले भने,'पार्टटाइम जब र अन्तिम वर्ष विदेशमा ईन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छौ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई विश्वभर लैजाने जनाएको छ।
कलेजको अफ्नै बस सुबिधा छ भने होस्टलको समेत व्यवस्था गरेको छ। सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा तयारी कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ।