काठमाडौँ – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) गुणस्ततरीय शिक्षा प्रदान गर्ने उपत्याकै उत्कृष्ट शिक्षण संस्थामध्ये एक हो। ईडीयू सवाल डटकमले गरेको सर्वेच्छड अनुसार उपत्यकाको उत्कृष्ट शिक्षण संस्थाभित्र यस कलेज पनि पर्न सफल भएको छ।
विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुने यस कलेजमा २०८० सालमा कक्षा ११ र १२ मा २ हजार ४ सय ३ जना विद्यार्थी भर्ना भएका थिए। २०७९ मा २ हजार ३ सय ८१ जना र २०७८ सालमा २ हजार ४ सय ४ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजामा २०७९ सालमा ९९.४५ प्रतिशत, २०७८ सालमा ९९.१० प्रतिशत र २०७७ सालमा ९८.९२ प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस विद्यालयमा ९१ जना शिक्षक र ६५ जना कर्मचारी कार्यरत छन्। यस कलेजमा विदेशी विद्यार्थी भने अध्ययरत छैनन्।
७ रोपनि क्षेत्रफलमा अत्याधुनिक पूर्वाधारसहितका ३ वटा भवनमा अध्ययन अध्यापन हुन्छ। क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायातको व्यवस्था समेत रहेको छ। यस विद्यालयले विभिन्न कविता प्रतियोगितामा पहिलो स्थान, आईओई पुलचोकले आयोजना गरेको म्याटिक्स एण्ड लोकस २०२४मा गोल्ड मेडल र बास्केटबल प्रतियोगितामा विजेता हुनुका साथै अन्य थुपै्र अन्तरविद्यालय प्रतियोगितामा भाग लिई सर्टिफिकेट, मेडल तथा ट्रफी प्राप्त गर्न सफल भएको छ।
सीसीआरसीले विद्यार्थीलाई ताालिम, सेमिनार, वर्कसप, रोबर्टिक्स, नृत्य जस्ता थुप्रै तालिम सञ्चालन गर्दै आइरहेको छ।