काठमाडौँ - काठमाडौँ उपत्यका भित्र रहेका शिक्षणसंस्था मध्ये आफूलाई अलग रुपबाट स्थापित गर्न सफल शिक्षालय हो ‘पिनाकल एकेडेमी’। सन् १९९८ मा स्थापना भइ ललितपुरको लगनखेलमा सञ्चालित यस विद्यालयले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यसले विगत २५ वर्षदेखि विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
पिनाकल निरन्तर उत्कृष्ट हुनुको मुख्य कारण यसको मूल नेतृत्व र व्यवस्थापन नै हो। एकेडेमीका प्रिन्सिपल डा. ऋषि तिवारीले यस संस्थालाई एउटा उचाइमा पु¥याउन खेल्नुभएको भूमिकाले नै आज पिनाकल एक अब्बल संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल छ। एउटै समूहले निरन्तरता दिँदा एउटा संस्था दरिलो खम्बाको रुपमा स्थापित हुनसक्छ भन्ने उदाहरण हो ‘पिनाकल एकेडेमी’।
शैक्षिक क्षेत्रमा खारिएका व्यक्तिहरुको संलग्नतामा सञ्चालित पिनाकल एकेडेमी नतिजा र शैक्षिक उपलब्धिका दृष्टिले सर्वोत्कृष्ट शिक्षालयको रूपमा स्थापित हुनुमा यसले प्रदान गर्ने व्यवहारिक शिक्षा नै प्रमुख हो।
निरन्तर उत्कृष्ट नतिजा
स्थापना कालदेखि आफूलाई बोर्डले लिने परीक्षाको नजितामा उत्कृष्ट बनाउन सफल यस विद्यालयले त्यसलाई नै निरन्तरता दिन सफल भएको छ। शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल पिनाकल एकेडेमीको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेको तथ्याङ्क र नतिजाले पुष्टि गरेको छ। तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्बाट लिइने राष्ट्रिय स्तरको परीक्षामा तीन पटक नेपाल टप र राष्ट्रिय परीक्षा बोर्ड भएपछि पनि २०७६ सालमा समेत नेपालकै उत्कृष्ट बन्न सफल भएको थियो। त्यसयता पनि यसले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। विश्वविद्यालय शिक्षातर्फ इन्जिनियरिङ र मेडिकल तर्फ पनि यहाँका विद्यार्थीले छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन्।
छात्रवृत्तिको व्यवस्था
एकेडेमीले कुल विद्यार्थीको दश प्रतिशतलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ। यसका अलावा मेरिटमा आउने संस्थाले सञ्चालन गर्ने परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। पिनाकल एकेडेमीका प्रिन्सिपल डा. तिवारीका अनुसार एसईईको परीक्षामा जिपिए ४ ल्याउने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ। आर्थिक रुपमा कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग र सहयोगको आवश्यकता परेका विद्यार्थीलाई यस संस्थाले छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। एकेडेमीले पढाईका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँछ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
पिनाकल एकेडेमीमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला, पर्याप्त कम्प्युटर र उच्च गतिको इन्टरनेट सुविधा सहितको अत्याधुनिक आईटी ल्याब रहेको छ। पिनाकलमा प्रशस्त पुस्तकहरू र अध्ययन सामग्री सहितको पुस्तकालयको व्यवस्था गरिएको छ। होटल म्यानेजमेन्टका विद्यार्थीलाई सहज होस भनेर त्यसलाई आवश्यक पर्ने उपकरण र विशेष तालिमको पनि व्यवस्था रहेको छ। विद्यार्थीलाई अध्ययनसँगै सिपसँग जोड्ने उद्देश्यले ग्राफिक डिजाइन, भिडियो इडिटिङ, डिजिटल मार्केटिङ लगायतका विशेष कक्षा सञ्चालन गरिन्छ। यस विद्यालयले मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीलाई विभिन्न सञ्चार गृहमा इन्टर्नसिपमा लैजाने र उनीहरुलाई व्यवहारिक ज्ञान समेत दिने गरेको छ।
अतिरिक्त क्रियाकलापमा जोड
पिनाकल एकेडेमीले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। फुटबल र क्रिकेटका महान खेलाडीहरू उत्पादन गर्न सफल यस एकेडेमीले विदेशी प्रशिक्षकको प्रशिक्षणमा क्रिकेट टिम नै तयार पार्ने, विद्यार्थीका अन्य प्रतिभा प्रस्फोटन गर्न मद्दत गर्ने, विद्यार्थीलाई अन्तर विद्यालय प्रतियोगितामा सहभागी गराउन प्रोत्साहन गर्ने र विभिन्न खेलकुल प्रतियोगिता आयोजना गर्दै आएको छ।
सिपमुलक शिक्षा
पिनाकल एकेडेमीले आफूले दिएको शिक्षालाई सीपसँग जोड्न हरेक विषयमा प्रयोगात्मक कक्षाको स्थापना गरी शिक्षालाई सिपसँग जोड्ने काम गरिरहेको छ। पिनाकल एकेडेमीले सिप र शिक्षालाई सँगै लाने उद्देश्यले कक्षा ११ र १२ मा अध्ययनको साथसाथै विविध रोजगार तथा सिपमूलक तालिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ। कक्षा ११ र १२ मा अध्ययन गर्दा गर्दै नियमित कक्षा पश्चात पिनाकल कलेजको आफ्नै होटल तालिम एकेडेमीमा सेफ, फूड सर्भिस, वारटेन्डर, हाउसकिपिङ जस्ता विशेष तालिम वर्ष भरिनै सञ्चालन गर्दै आएको छ।
सूचना प्रविधिको क्षेत्रमा आफ्नो पेसा बनाउन रुचि देखाएका विद्यार्थीका लागि कक्षा ११ र १२ मा अध्ययन गर्दागर्दै पिनाकलको अत्याधुनिक सूचना प्रविधि प्रयोगशालामा ग्राफिक डिजाइन, भिडियो इडिटिङ, डिजिटल मार्केटिङ लगायतका विशेष कक्षा सञ्चालन गर्दे आएको छ।
वित्तिय तथा अन्य संघसंस्थाहरूमा रोजगार प्राप्त गर्नका लागि सोही क्षेत्रमा रुची भएकाविद्यार्थीहरुलाई बैङ्किङ, बिजनेश लिडरसिप, बजनेश डेभलपमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरूको लागि प्रतिस्पर्धा सहितको मुटकोट तालिम, कानुन व्यवसायी सहितको वर्क सप साथै अदालत भित्र हुने काम कारवाहिको प्रत्यक्ष अनुभव पनि दिँदै आएका विद्यार्थीको क्षमता अभिवृति गर्दै आएको छ। साथै मानविकी विषय अध्यान गरेका विद्यार्थीहरु विभिन्न समुदायमा गएर स्थलगत अध्ययन गर्दै समाजसेवामा समेत जुट्न अभिप्ररित गर्ने गरेको छ। विद्यार्थीलाई कक्षा ११ देखि नै प्रिमेडिकल र प्रिइन्जिनियरिङ प्रवेश परीक्षाको तयारीका कक्षासमेत सञ्चालन गर्ने गरेको छ।