काठमाडौैँ- ओमेगा माध्यमिक विद्यालय काठमाडौैँ उपत्यका भित्र रहेर कक्षा ११ मा गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीका लागि उत्तम विकल्प हो। सन् २००५मा ललितपुरको कुमारीपाटीमा स्थापना भएको यस विद्यालयले पछिल्लो समय गुणस्तरीय र समयानुकुल शिक्षाका कारण आफ्नो फरक पहिचान स्थापित गर्न सक्षम भएको छ।

यस विद्यालयले विद्यार्थी अनुपातलाई ध्यान दिँदै शिक्षक र कर्मचारीको व्यस्था गरेको छ। अनुभवि र दक्ष शिक्षकहरूको समुहबाट स्थापना भएको यस कलेजको प्राथमिकतामा शैक्षिक गुणस्तर रहेको छ। ओमेगामा शान्त र मनोरम वातावरणमा अत्याधुनिक भवन भित्र प्रविधिमैत्री कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त हुन्छ।

यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरू अध्यापन हुन्छन्। दक्ष, अनुभवी र युवाको जोस भएका शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्।
ओमेगा स्कुलमा पुस्तकालय, अत्याधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षा कोठा रहेको छ। ओमेगामा भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशालाहरूको व्यवस्था हुनुकासाथै फराकिलो बास्केटबल र फुटसल कोर्ट रहेको छ। ओमेगाले विद्यार्थीका लागि कार्यक्रम गर्न मिल्ने प्रविधियुक्त शभाहल, पुस्तक अध्यापनको लागि विद्यार्थीका लागि सूचना प्रविधि सहितको पुस्तकालय र स्वस्थ खानपानको लागि खुल्ला क्यान्टिनको व्यवस्था गरेको छ।

ओमेगाले विद्यार्थीलाई उसको उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि सहज हुने किसिमबाट जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएको विद्यालयका प्रिन्सिपल रमेश अधिकारी बताउँछन्। विद्यालयका प्रिन्सिपल अधिकारी भन्छन्,‘ हामीले प्रदान गरेको गुणस्तरीय शिक्षाकै कारण अभिभावक र विद्यार्थीको मन जित्न सफल भएका छौँ। विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्तीको रुपमा विकास गर्न ओमेगा उपयुक्त विकल्प हुन सक्छ। ओमेगामा शिक्षा नै प्रम्ुख केन्द्रविन्दु हो। ओमेगा प्रशासनले विद्यार्थीलाई गेटबाट प्रवेश गरेदेखि छुट्टि नहुँदासम्म निगरानी तथा सुरक्षा दिन्छ।’ विद्यार्थीको रोजाइमा पर्न सफल यस शिक्षणसंस्थाले उत्कृष्ट नतिजासमेत दिँदै आएको छ।
ओमेगा नै किन?

ओमेगामा कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण रहेको छ। ओमेगाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। यसले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको व्यवस्था गरेको छ। ओमेगा स्कुलमा विषयविज्ञ, पाठ्यपुस्तक लेखक तथा अनुभवी शिक्षक समूहबाट अध्यापन हुनुका साथै विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ।

उत्कृष्ट नतिजा
शैक्षिक संस्थालाई मापन गर्ने एउटा महत्वपूर्ण कसी नतिजा हो। यसलाई दुई ढंगबाट केलाउन सकिन्छ। वार्षिक परीक्षाको नतिजा र कक्षा १२ पछिको अध्ययनमा विद्यार्थीले मेडिकल, इन्जिनियरिङ, सीए, कृषि विज्ञान आदिमा हासिल गरेको छात्रवृत्ति। यी दुवैमा ओमेगा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
ओमेगामा कक्षा ११ र १२ अध्ययनका लागि आवश्यक भूकम्प प्रतिरोधी भवन, फर्निचर, प्रयोगशाला, उपकरण, खेलमैदान, पुस्तकालय लगायतको व्यवस्था गरिएको छ। विद्यार्थीले प्रयोगशालामा आफूले सिकेका कुरा प्रयोगमा ल्याउन सक्छन्।

अतिरिक्त क्रियाकलापमा जोड
विद्यार्थीलाई विद्यालय शिक्षाका अलावा ओमेगाले खेलकुद, कला साहित्य, संगीत लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ। विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउने यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ।

शिक्षण सिकाइमा नविनतम प्रयोग
ओमेगामा दक्ष तथा अनुभवि शिक्षकहरूबाट गुणस्तरीय शिक्षा दिनुका साथै आवधिक मूल्याङ्कन पनि गरिन्छ। सिकाइका क्रममा कमजोर देखिएका विद्यार्थीहरूलाई पृष्ठपोषण तथा कमजोरी निवारणका लागि उचित परामर्श समेत ओमेगाले प्रदान गर्दै आएको छ।
