काठमाडाैँ- संस्कार र सिपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौँको बालाजुमा वि.सं २०७४ सालमा स्थापना भएको समृद्धि स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। सुरुवातमा कक्षा १० सम्म सञ्चालन अनुमति लिएको यस विद्यालयले २०७५ देखि कक्षा ११ को पठनपाठन प्रारम्भ गरेको हो।
स्थापनाको छोटो समयमा नै व्यवस्थापन तर्फ गुणस्तरीय शिक्षा प्रदान गर्न सफल समृद्धि स्कुल बालाजु क्षेत्रको चर्चित विद्यालय हो। यसले विद्यार्थीहरूलाई पढाइमा मात्रै नभइ अन्य क्षेत्रमा पनि सक्रिय बनाउँदै लगेको छ। विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले उनीहरूलाई अध्ययनकै क्रममा सिपसँग जोड्ने काम गरिएको कक्षा ११ र १२ का एकेडेमीक डिरेक्टर चन्द्र मान महर्जनले बताए। उनका अनुसार समृद्धि स्कुलले विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै आएको छ।
उनले भने,‘ समृद्घिले विद्यार्थीको शैक्षिक स्तरको मुल्याङ्कन गर्दछ र विद्यार्थीको क्षमता अनुसार उसलाई अध्यापनमा जोड दिन्छ। प्रत्येक युवा विद्यार्थी फरक-फरक खालको हुन्छन् र उनीहरूलाई आफ्नो क्षमता अनुसार अघि बढ्ने अवसर दिनुपर्छ भन्ने विषयमा हामी सचेत छौँ।’ उनले विद्यालयले प्रत्येक बालबालिकालाई उनीहरूको व्यक्तिगत क्षमताको अनुभूति गर्न र सिक्नको लागि नयाँ अवसरहरू खोज्न मद्दत गर्दै आएको बताए।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले सुरु गरेको यस विद्यालयमा कक्षा ११ र १२ मा ७५० भन्दा बढि विद्यार्थी अध्यापन गर्दै आएका छन्। समृद्धिका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ल्याएको उत्कृष्ट नतिजा र शिक्षण सिकाइ उपलव्धीका कारण विद्यार्थीको आकर्षणको केन्द्रमा पर्न सफल भएको छ।
समृद्धि नै किन?
समृद्धि स्कुलमा कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालिन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण रहेको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको व्यवस्था गरेको छ। समृद्धि स्कुलमा विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ। यस विद्यालयले विद्यार्थीलाई समयमै परीक्षा लिने, उनीहरूलाई प्रयोगात्मक शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको छ।
विद्यार्थीको लुकेको प्रतिभा प्रस्फोटन गर्न सहयोग गर्दै आएको कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। कुनै विद्यार्थी भर्ना हुनु अघि पढ्न खोजेको विषय बस्तुकोबारे विद्यार्थीलाई बुझाई व्यक्तिगत काउन्सिलिङ गरेर मात्र भर्ना लिने व्यवस्था समृद्घिले गरेको छ। भविष्यमा विद्यार्थीले पढाइ सकेपछि कार्य क्षेत्रमा गइ गर्ने कार्यको पनि दैनिक रुपमा स्कील ल्याबको माध्यमबाट सिकाउँदै आएको छ। विद्यार्थीले एसईई र एसएलसी परीक्षा दिएपछि कुन विषय कहाँ पढ्ने?, कस्तो कलेज छनोट गर्ने? भनेर पनि परामर्श प्रदान गर्ने गर्छ। समृद्धि स्कुलले विद्यार्थीको चौतर्फी विकासको लागि विभिन्न क्षेत्रबाट विज्ञ व्यक्ति ल्याई इच्छुक विद्यार्थीहरूलाई विशेष परामर्श कक्षाको व्यवस्था गर्छ।
समृद्धिको उदेश्य
समृद्धि स्कुलको मुख्य उद्देश्य संस्कार र सिपयुक्त दक्ष जनशक्ती उत्पादन गर्ने हो। विद्यार्थीलाई असल मानिस बनाउन नै समृद्घिले इमानदारी र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न सिकाउँछ।
समृद्धिले उत्कृष्ट शैक्षिक अभ्यास र समृद्ध पाठ्यक्रमको प्रयोग गर्दै शिक्षण सिकाइ उपलब्धीमा जोड दिँदै आएको छ। यसले विद्यार्थी, अभिभावक, परिवार, व्यवसायिक घराना, संघसंस्था, उच्च शिक्षा संस्था र समुदाय लगायत सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने योजनासहित अघि बढेको छ।
भौतिक शैक्षिक पूर्वाधार
समृद्धिमा स्वस्थ र स्वच्छ वातावरण हुनुका साथै ई-लर्निङ सुविधा, मल्टिमिडिया शिक्षण प्रविधिहरूको साथ, राम्रोसँग सुसज्जित डिजिटल कक्षाहरू, पूर्णकालिन दक्ष शिक्षक र प्रशिक्षकहरूको व्यवस्था रहेको छ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको यस विद्यालयले खेलकुदका लागि आवश्यक पूर्वाधार, प्राथमिक उपचार प्रणाली, पुस्तकालय तथा पढ्ने कोठाको व्यवस्था गरेको छ। विद्यार्थीहरूको अन्तर्निहित र रचनात्मक प्रतिभा विकास गर्न विभिन्न क्लब गतिविधिहरूका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरेको छ।
छात्रवृत्तिको व्यवस्था
कक्षा दश उत्तीर्ण गरेर आएको विद्यार्थीको जीपीए र कलेजले लिने प्रवेश परीक्षामा ल्याएको अंकको आधारमा जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई समृद्घिले छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। स्कुलले कक्षा ११ र १२ मा विद्यार्थीलाई उनीहरूको क्षमताको आधारमा आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा पनि ‘मेरिट बेस्ड’ छात्रवृत्तिको व्यवस्था गर्छ।
समृद्धिले दिने तालिमहरू
समृद्धि स्कुलमा अध्ययन गर्ने विद्यार्थीलाई समय अनुरुप गोल सेटिङका तालिमहरूका साथै पढाइलाई सकारात्मक दिशातर्फ लान अभिप्रेरित गर्ने तालिम दिने उपत्यकाकै पहिलो विद्यालय हो समृद्धि स्कुल। शिक्षकहरूलाई पनि आईटि तालिम, विद्यार्थीलाई गर्ने व्यवहार सम्बन्धी तालिम, प्रोजेक्ट वर्क र व्यक्तीत्व विकास सम्बन्धी तालिम समृद्धिले सञ्चालन गर्दै आएको छ।