काठमाडाैँ- शिक्षा त्यतिवेला गुणग्राही हुन्छ, जतिवेला तिक्ष्ण वुद्धि र सिकाउन सक्ने उच्च क्षमतायुक्त शिक्षक टोलीको अथक् परिश्रम हुन्छ। हो, यही विशेषताका कारण बग्रेल्ति खुलेका कलेजको भिडमा ‘काठमाडौँ बर्नहार्ट कलेज’ ले आफ्नो अलग पहिचान बनाउन सफल भएको छ।
शिक्षा क्षेत्रमै निरन्तर समर्पित शिक्षक तथा समाजसेवालाई नै आफ्नो कर्म ठान्ने समामजसेवीको संगमले यो कलेजले पृथक् छाप छोड्दै आईरहेको छ। परिणाम, यसले उत्पादन गरेका विद्यर्थी समाजमा प्रतिष्ठित पेशा मानिने डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, बैंक म्यानेजर एवम् सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न योग्य भएका छन्। गरिमामय शैक्षिक इतिहास बोकेको बर्नहार्टकाट अध्ययन पूरा गरेका विद्यार्थीले स्वदेशमा मात्र होइन, विदेशी शिक्षा प्रयोगमा सामाजिक छवि निर्माण गर्न सफल भएको छ र यहि कुरा नै बर्नहार्ट कलेजका लागि यो गर्वको कुरा हो।
विगत ४१ वर्षदेखि शैक्षिक क्षेत्रमा समर्पित शिक्षक र प्राज्ञिक समूहले २५ वर्षअघि स्थापना गरेको काठमाडौँ बर्नहार्ट एजुकेसन फाउन्डेसन अन्तर्गत गुणस्तरयुक्त र परिणाममुखी सेवा दिने उदेश्य राखी बर्नहार्टको स्थापना भएको थियो।
यस कलेजले आफ्नो स्थापनाकालदेखि नै वार्षिक परीक्षाहरूमा पटकपटक सर्वोत्कृष्ट नतीजा ल्याउन सफल भएकै कारण बर्नहार्ट अभिभावक तथा विद्यार्थीको रोजाईमा पर्न सफल भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतीजा, IOM, IOE, MOE, CEE, जस्ता प्रतिष्ठित संस्थाले लिने परीक्षामा छात्रवृत्ति कोटामा निरन्तरता दिर्ई अग्रस्थानमा हुनुको साथै व्यवस्थापन संकायको स्नातक तह तर्फ पनि त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा प्रथम हुँदै आएको छ। बर्नहार्टले विद्यार्थीको क्षमता अनुसार स्तरीय पठनपाठन गराउँदै आएको छ।
कक्षा नर्सरी देखि स्नात्तकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको बर्नहार्ट नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बाट २०७६ सालमा निजि तर्फ उत्कृष्ट महाविद्यालय घोषित हुँदै सम्मानित समेत भएकोले शैक्षिक क्षेत्रमा आफ्नो अब्बलतालाई प्रमाणित गराएको छ।
काठमाडौँ बर्नहार्ट कलेजले अवलम्बन गरेको महत्वपूर्ण मन्त्र भनेको विद्यार्थी केन्द्रित पठनपाठन पद्धति नै हो। यस संस्थाले स्कूलतर्फ नर्सरी देखि कक्षा १० सम्म,+2 Program (NEB Affiliate)अन्तर्गत Science, Management & Humanities साथै Bachelors Degree Programs अन्तर्गत BBS, BBM, BASW, BCA, BSc.CSIT रMaster Degree Program अन्तर्गत MBS (TU Affuliate) शिक्षा प्रदान गर्दै आइरहेको छ।
विश्व बजारमा बिकाउन सकिने उच्चस्तरीय शैक्षिक कार्यक्रमहरूलाई कलेजमा भित्राएर आफ्ना विद्यार्थी अब्बल बनाउन निरन्तर कोसिष गर्नु बर्नहार्टको अर्को विशेषता हो।
व्यवसायिक काउन्सिलर (परामर्शदाता)का माध्यमबाट विद्यार्थीलाई करियर सम्बन्धी परामर्श दिएर भविष्यमा कुन बाटो अँगाल्ने भनेर अन्योलमा रहेका आफ्ना विद्यार्थीलाई मार्ग निर्देशन दिँदै बर्नहार्टले शैक्षिक दायित्व पुरा गर्दे आईरहेको छ।
प्रत्येक विद्यार्थीलाई उसको क्षमता र रुचि अनुसार सिक्न प्रेरित गर्ने, आमविद्यार्थीलाई संख्याका रुपमा नलिइ एक अलग पूर्ण व्यक्तित्वको रुपमा लिइने र पटक–पटक सीपको नतीजामा उत्कृष्ट स्थान प्राप्त गर्न सफल यस विद्यालयले निरन्तर स्वरुप २०७० सालको कक्षा ११ को रिजल्टमा उत्कृष्ट अंक ४५३ (९०.६५) का साथै २०७६ सालबाट सुरुभएको लेटर ग्रेडिङमा पनि सर्वोत्कृष्ट जिपिए ३.९३ ल्याउन सफल भएको थियो।
यस कलेजमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण भएका विद्यार्थी मात्र होइन, मध्यम नतीजा निकालेका विद्यार्थी पनि उच्च अंकका साथ उत्तीर्ण भएका छन्। विश्वविद्यालयका रुपमा स्थापित गरिने बृहत् सोच बनाएर आत्मविश्वासको जगमा बर्नहार्टले अहिलेसम्म कमाएको पूँजी भनेकै विश्वसनियता र गुणस्तरीयता हो। बृहत् पुस्तकालय, सुविधासम्पन्न आधुनिक प्रयोगशाला, ब्रोडब्यान्ड इन्टरनेटसहितको आधुनिक कम्प्युटर ल्याब, यातायातको सुविधा जस्ता कुराले यस कलेजमा विद्यार्थी तथा अभिभावक ध्यान आकर्षित गर्न सफल भएको छ।
यस कलेजले छात्र र छात्राका लागि अलग - अलग सुविधायुक्त र सुरक्षित होस्टेलको व्यवस्था गरेकाे छ। यस कलेजमा आयोजना हुने बास्केटबल, क्रिकेट, टेबलटेनिस जस्ता खेलकुद प्रतियोगितका साथै निबन्ध लेखन, वक्तृत्वकला, वादविवाद, चित्रकला जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको मानसिक तथा शारीरिक एवम् व्यक्तित्व विकासमा समेत सहयोग पुर्याइरहेको छ। ईडीयू सवाल डटकमले सार्वजनिक गरेको काठमाडौँ उपत्यकाको उत्कृष्ट २५ कलेजको सूचीमा बर्नहार्ट कलेज पर्न सफल भएकाे छ।