काठमाडाैँ- उत्कृष्ट नतिजा, विद्यार्थीले प्राप्त गरेका उपलब्धी र विद्यार्थी मैत्री वातावरणका कारण मुनलाईट सेकेन्डरी स्कुल ‘मोलिस’ ले आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।
ललितपुर स्थित कुमारिपाटिमा रहेको यस विद्यालय निरन्तर उत्कृष्ट नितिजा हासिल गर्ने काठमाडौँ उपत्यकाकै नमुना विद्यालय हो। मोलिस २०६३ मा शिक्षा विकास बोर्डमा विद्यालय रजिष्ट्रर गरि २०६४ बाट विधिवत रुपमा स्थापना गरिएको हो। २०६९ सालदेखि मोलिस आफ्नै निजी सुविधा सम्पन्न भौतिक संरचना भित्र सञ्चालनमा छ।
स्थापनाको १७ औँ वर्षसम्ममा आइपुग्दा मोलिसले विद्यार्थीलाई सहुलियत शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ। मोलिसले पठनपाठनसँगै विद्यार्थीलाई करियर गाइडेन्स प्रदान गर्दै आइरहेको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का उपाध्यक्ष एवं मोलिसका प्रिन्सिपल ईश्वर बहादुर गुरुङका अनुसार विद्यालयले विद्यार्थीलाई भविष्य केन्द्रित भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। ‘मोलिसले विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा उपलब्ध गराउँछ। विद्यार्थीलाई मोटिभेट गुर्नकासाथै पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ’,उनले भने।
यस विद्यालयमा अनुभवि तथा दक्ष शिक्षक भएका कारण विद्यार्थीले विश्वविद्यालय तहका प्रवेश परीक्षामा सर्बोत्कृष्ट अंक ल्याउन सफल भएका छन्।

मोलिसले विद्यार्थीको व्यवहार बुझि नियम विपरित कुनै कार्य गरेमा उनीहरूलाई व्यक्तिगत परामर्श उपलब्ध गराउँछ। मोलिसका विद्यार्थीले विश्वविद्यालय तहका इन्जिनियरिङ तथा मेडिकल विषयमा ‘टप’ गरेका छन्।
यसका अलावा मोलिसले अध्ययन अध्यापनका लागि आवश्यक भौतिक शैक्षिक पूर्वाधारमा जोड दिँदै आएको छ। विद्यालयले शैक्षिक गतिविधी बाहेक अन्य कुरामा पनि ध्यान दिने गरेको छ। विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ। यस विद्यालयमा खेलकुदका लागि फुटसल र बास्केटबल कोर्टको पनि व्यवस्था गरिएको छ। यस विद्यालयले उपत्यका भित्रका विद्यार्थीका लागि यातायातको सुलभ व्यवस्था रहेको छ।
मोलिस नै किन?

मोलिसका उपप्रधानाध्यापक प्रमोद कुमार चौधरीका अनुसार विद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिदैँ आएको छ।
उनी भन्छन्,‘मोलिसमा विद्यार्थी मैत्री वातावरण छ। हामीले विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्यापन गराउँदै आएका छौँ। जसले विद्यार्थीलाई घुलमिल हुन सहयोग पुग्छ। हामीकँहा कुनै पनि विषयबस्तुको ज्ञान दिने तरिका अन्यको भन्दा फरक छ। हामीले विद्यार्थीलाई दक्ष अनुमभवि शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ।’
यस विद्यालयले विद्यार्थीलाई समयमै परीक्षा लिने, उनीहरूलाई प्रयोगात्मक शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको छ। विद्यार्थीको लुकेको प्रतिभा प्रस्फोटन गर्न सहयोग गर्दै आएको उपप्रधानाध्यापक चौधरीको भनाइ रहेको छ।

उनले पढाइका लागि आवश्यक भौतिक शैक्षिक पूर्वाधारमा जोड दिँदै आएको र कक्षाकोठामा विद्यार्थीका लागि प्रोजेक्टर र एसी जडान गरिएको बताए। मोलिसले कक्षा ११ को सुरुवातदेखि नै विद्यार्थीको व्यक्तिगत मुल्याङ्कन गर्नुको साथै प्रयोगात्मक कक्षामा जोड दिने गरेको छ। प्रयोगात्मक कक्षामा २० जना भन्दा बढि विद्यार्थी सहभागी नहुने उनको भनाइ छ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार

मोलिसले विद्यार्थीका लागि शैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। मोलिसले विद्यार्थीको लागि जिवविज्ञान प्रयोगशाला, रसायनिक प्रयोगशालाको व्यवस्था गरेको छ। भौतिक विज्ञान तर्फको विषय अध्ययन गर्ने विद्यार्थीका लागि फिजिक्स ल्याबको र सूचना प्रविधि तर्फको कम्प्युटर विषय अध्ययन गर्ने विद्यार्थीका लागि आईटी ल्याबको व्यवस्था गरेको छ।

मोलिसका रसायन विज्ञान विषयका शिक्षक डा रणधिर कुमार झाका अनुसार विद्यार्थीलाई कक्षा ११ मा अध्ययनको सुरुवात भएदेखि नै प्रयोगात्मक अभ्यासमा जोड दिएर अध्यापन गराइन्छ। उनले प्रयोगशालामा नै लगेर विद्यार्थीलाई प्रयोगात्मक ढंगबाट शिक्षा दिने गरेको बताए।
मोलिसले विद्यालय परिसर भित्रै फुटसल, लाईबे्ररी, डिजिटल क्यासरुम तथा खुल्ला क्यान्टिनको व्यवस्था गरेको छ। विद्यार्थीलाई सहज होस भनेर प्रत्येक कक्षा कोठालाई वातानुकुलित बनाउन ‘एसी’ जडान गरिएको छ। मोलिसमा अध्ययन गर्ने विद्यार्थीलाई सुविधा सम्पन्न भवन भित्र गुणस्तरीय शिक्षा आर्जन गर्ने अवसर प्राप्त हुँन्छ।
अनुभवि र दक्ष शिक्षक समुह

लामो समयदेखी शिक्षण पेसामा लागेका अनुभवि र दक्ष शिक्षकबाट मोलिसमा अध्यापन हुन्छ। शिक्षकहरूको समूहबाटै स्थापना भएको शिक्षणसंस्था भएकाले पनि यसको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ केन्द्रित छ। यस विद्यालयमा पूर्णकालिन शिक्षक र शिक्षण पेसामा समर्पित कर्मचारीकै समुह छ।विद्यार्थीसँग अन्तरक्रिया गर्दै पारिवारीक वातावरणमा प्रयोगात्मक रुपबाट अध्यापन हुने गरेको विद्यालयको उपप्राधानाध्यापक चौधरी बताउँछन्।
‘हामीले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रित गरेर र प्रिमेडिकल र इन्जिनियरिङ तयारी कक्षा सञ्चालन गर्छौ। हामीले विद्यार्थीलाई एक्सपोजर दिएका छौँ। विद्यार्थीलाई विश्वविद्यालयले लिने प्रवेश परीक्षाकै मोडलमा प्रश्नपत्र तयार गरेर अभ्यास गराउँछौँ। जसले गर्दा विद्यार्थी उत्कृष्ट अंक ल्याउन सफल भएका छन्। हामीले शिक्षकहरूलाई पनि सोहि अनुसार निर्देशन दिएका छौँ’, उनले भने।
छात्रवृत्तिको व्यवस्था

मोलिसले प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थीलाई भर्ना गर्ने गरेको छ। मोलिसले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा उत्कृष्ट नतिजा ल्याइ नाम निकाल्ने विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। विद्यालयले कक्षा १२ को नतिजामा राम्रो जीपीए ल्याएका, पिछडिएको क्षेत्रका, आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। कुल विद्यार्थीसंख्याको दश प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने मोलिस प्रशासनले जनाएको छ।
विद्यार्थी प्राप्त गरेका उपलब्धी

मोलिसमा कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकले सञ्चालन गरेको २०८० सालको प्रवेश परीक्षामा उत्कृष्ट अंक हासिल गर्दै छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन्। मोलिसका विद्यार्थी मनुशरण कुमारले एक नम्बरमा नाम निकाल्न सफल भएका थिए। यस्तै अर्की छात्रा विमा गौतमले मेडिकल शिक्षा तर्फ एमबीबीएस छात्रवृत्ति कोटामा महिलातर्फ सर्बोत्कृष्ट अंक हासिल गरेकी थिइन्। मोलिसका इन्जिनियरिङ र मेडिकल तर्फ ६ जना विद्यार्थीले छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए। इन्जिनियरिङ तर्फका टपर मनुशरण कुमारले आफूले मुनलाइटबाट प्राप्त गरेको शिक्षाले नै आफूलाई आईओईमा उत्कृष्ट अंक निकाल्न सफल भएको बताए। यस्तै मेडिकल महिला तर्फकी टपर छात्रा विमा गौतमले आफूले मोलिमा पाएको शिक्षा र आफ्नो निरन्तरको मेहनतले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन्।



