काठमाडाैँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थी कक्षा ११ मा ‘कुन विषय कहाँ पढ्ने’ भन्ने खोजिमा हुन्छन्। विद्यालय शिक्षाको संरचना परिवर्तन भएसँगै विद्यालय शिक्षा कक्षा १२ सम्म भए पनि विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेपछि विद्यालय परिवर्तन गर्दै आएका छन्।
देशभरबाट गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि आउने प्रचलन पनि छ। विद्यार्थीलाई विषय र विद्यालय छनोट गर्न सहज होस् भन्ने उद्देश्यले ईडीयू सवाल डटकमले काठमाडौँ उपत्यका भित्रका २५ उत्कृष्ट शिक्षणसंस्थाको सूची तयार पारेको छ।
यसका लागि विभिन्न शिक्षणसंस्थाका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा प्राप्त गरेको ३ वर्षको नतिजा, ३ वर्षको कुल विद्यार्थी संख्या, अध्यापन हुने विषय, भौतिक शैक्षिक पूर्वाधार, अध्ययन पश्चात विद्यार्थीले प्राप्त गरेका उपलब्धी, शिक्षण सिकाइ उपलब्धी, शिक्षक विद्यार्थी अनुपात, अन्तरविद्यालय प्रतियोगितामा प्राप्त गरेका पुरस्कार, विद्यालयले सञ्चालन गर्ने तालिम र एसईई परीक्षा दिएर बसेका विद्यार्थीको रोजाइको शैक्षिक गन्तव्यका आधारमा विज्ञसँगको परामर्शबाट हामीले उपत्यका भित्रका २५ वटा शिक्षणसंस्था छनोट गरी सत्यतथ्य विवरण प्रस्तुत गरेका छौँ।
यदि तपाई एसईई परीक्षा दिएर बस्नुभएको छ भने यहाँ भएका सम्पूर्ण जानकारी तपाईका लागि उपयुक्त हुन सक्छ। हामीले छनोट गरेका शिक्षणसंस्थाले पठाएको सम्पूर्ण जानकारी यस अंकमा हामीले जस्ताकोतस्तै प्रस्तुत गरेका छौँ।
विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुगोस् भनेर ईडीयू सवालले कक्षा ११ र १२ को पढाइ हुने २५ उत्कृष्ट विद्यालयको सूची वर्णानुक्रम अनुसार प्रकाशित गरेको छ। यस मध्ये विषय अनुसार विद्यार्थीको रोजाइका दुईवटा विद्यालयको बारेमा थप चर्चा गरिएको छ।
हामीले कक्षा दशको परीक्षा दिएर कक्षा ११को तयारीमा रहेका विद्यार्थीलाई गरेको सर्वेक्षण अनुसार विज्ञान विषय तर्फ विद्यार्थीकोे पहिलो रोजाइको शैक्षिक गन्तव्यको रुपमा सेन्टजेभियर कलेज, माइतीघर र व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइमा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्य बानेश्वर पर्न सफल भएका छन्। विद्यार्थीले गुणस्तरीय शिक्षाका हिसाबले विषय अनुसार विद्यालय छनोट गर्नुपर्ने भएकाले यी कलेज पहिलो रोजाइमा पर्न सफल भएको प्रतिक्रिया दिएका थिए।
यि हुन् काठमाडौँ उपत्यकाका उत्कृष्ट २५ शिक्षणसंस्था
- ओमेगा कलेज, कुमारीपाटी, ललितपुर
- एलआरआई स्कुल, कलंकी, काठमाडौँ
- काठमाडाैँ बर्नहार्ट माध्यमिक विद्यालय, बल्खु, काठमाडौँ
- काठमाडौँ मोडल माध्यमिक विद्यालय, बागबजार, काठमाडौँ
- काठमाडौँ मोडल माध्यमिक विद्यालय, बालकुमारी, ललितपुर
- ग्लोबल स्कुल/ कलेज, मध्य बानेश्वर, काठमाडौँ
- गोल्डेनगेट कलेज, बत्तिसपुतली, काठमाडौँ
- ट्रिटन इन्टरनेशनल कलेज, कोटेश्वर, काठमाडौँ
- ट्रिनिटि कलेज, डिल्लीबजार, काठमाडौँ
- डिएभी कलेज, झम्सिखेल, ललितपुर
- नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
- पिनाकल एकेडेमी, लगनखेल, ललितपुर
- प्रिमियर कलेज, नयाँ बानेश्वर, काठमाडौँ
- प्रसादी एकेडेमी, मानभवन, ललितपुर
- भिएस निकेतन माध्यमिक विद्यालय, मिनभवन, काठमाडौँ
- मनास्लु वल्ड कलेज, चुच्चेपाटी, चावहिल, काठमाडौँ
- मुनलाइट सेकेन्डरी स्कुल, कुमारीपाटी, ललितपुर
- युनाइटेड एकेडेमी, कुमारीपाटी, ललितपुर
- युनिग्लोभ कलेज, कमलादी, काठमाडौँ
- रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतीनगर, काठमाडौँ
- लिभरपुल इन्टरनेशल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
- विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
- समृद्धि स्कुल, बालाजु, काठमाडौँ
- साउथ वेस्ट्रन स्टेट कलेज, बसुन्धारा, काठमाडौँ
- सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ
ललितपुरमा रहेको ओमेगा माध्यामिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी तथा कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। ओमेगामा २०८० सालमा कक्षा ११ र १२ मा १ हजार ४ सय ८९ जना विद्यार्थी र २०७९ सालमा १ हजार १ सय ७१ र २०७८ सालमा ८ सय ७० विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको २०७९ सालको नतिजामा ९९.४४ प्रतिशत, २०७८ सालमा ९८.६७ प्रतिशत र २०७७ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएका थिए।
उत्कृष्ट नतिजा र प्रयोगात्मक शिक्षाका कारण ओमेगा विद्यार्थीको आकर्षणको केन्द्रमा पर्दै आएको छ। यस विद्यालयमा १३२ जना शिक्षक तथा २४ जना कर्मचारी कार्यरत छन्। ओमेगामा विदेशी विद्यार्थी अध्ययनरत छैनन्। ६ रोपनि क्षेत्रफलमा ३ वटा विद्यालयलको भवन रहेको यस विद्यालयमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला रहेको छ।
यसका साथै विद्यालयले विद्यार्थी सहजीकरणको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था गरेको छ। ओमेगाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ५० हजार रुपैया प्राप्त गर्न सफल भएको थियो। विद्यालयमा अध्यनत विद्यार्थी योङ्गी पौडेल दक्षिण एसिया युथ च्यापेनशिपमा टेबल टेनिस खेलमा नेपालबाट छनोट भएकी थिइन्। ओमेगा मा.वि ले हालसम्म गणित र विज्ञान विषय शिक्षकलाई २ दिने प्रश्नपत्र निर्माण र पाठ्यक्रम सम्बन्धी तालिम र सम्पूर्ण शिक्षकहरूलाई जनरल तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँको कलंकीमा रहेको एल.आर.आई विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा ४ सय २४ जना विद्यार्थी, २०७९ मा ३ सय ७४ जना र २०७८ सालमा ३ सय २५ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को विगत ३ वर्षको नतिजा अनुसार शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १७७ जना रहेको छ। यहाँ १० जना विदेशी विद्यार्थी अध्यनत छन्। यो विद्यालयमा १० वटा भवन भएको २२ रोपनि क्षेत्रफलमा अवस्थित छ। एलआरआई विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ।
एलआरआई विद्यालय अन्तर विद्यालय क्रिकेट टुर्नामेन्टमा ७ पटक प्रथम र ३ पटक फस्ट रनर अप हुन सफल भएको थियो। यसका साथै अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा प्रथम र दोस्रो हुन सफल भएको थियो। यस विद्यालयले विद्यार्थीलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, बास्केटबल, फुटबल, फुटसलको तालिम पनि सञ्चालन गर्ने गरेको छ।
काठमाडौँ महानगरपालिका १४ बल्खु स्थित काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्तर्गतका विषयमा अध्यापन हुन्छ। यसले स्थापनाको छोटो समयमा नै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। यस विद्यालयको कक्षा ११ र १२को नतिजा अनुसार २०८० सालमा १ हजार ५ सय ६४ जना विद्यार्थी, २०७९मा १ हजार ५सय ६ जना र २०७८ सालमा १ हजार ४ सय ९९ जना विद्यार्थी भर्ना गरेको थियो।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बर्नहार्टले २०७९ सालमा ९९.६१ प्रतिशत, २०७८ सालमा ९८.७३ प्रतिशत र २०७७ सालमा ९९.७० प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस विद्यालयमा कक्षा ११ र १२ मा ८० जना शिक्षक र ५० जना कर्मचारी कार्यरत रहेका छन्। बर्नहार्टमा विदेशी विद्यार्थी अध्ययनरत छैनन् भने विद्यालय ७ रोपनि क्षेत्रफल भित्र ६ तले सुविधासम्पन्न भवनमा अवस्थित छ।
बर्नहार्टमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह, र यातायात लगायतको सुविधा उपलब्ध रहेको छ। भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न बर्नहार्ट स्कुलले बर्नहार्ट कप बास्केटबलमा प्रथम र हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो। यस विद्यालयले मोटिभेस्नल स्पिकिङ, शिक्षक तालिम, जनरल स्टडि, योग शिक्षा लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँ महानगरपालिका २८ बागबजार स्थित काठमाडौँ मोडेल माध्यमिक विद्यायालयमा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२, २०८० सालमा ३ हजार ९ सय जना विद्यार्थी, २०७९ मा ३ हजार ६ सय ७९ जना र २०७८ सालमा ३ हजार ९ सय २३ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९९ प्रतिशत, २०७८ सालमा ९४ प्रतिशत र २०७७ सालमा ९९.६ प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २५४ जना रहेको छ। यस विद्यालयमा २ जना विद्यार्थी अध्ययनरत थिए। करिब २० रोपनी जग्गा र ५ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
केएमसीले राष्ट्रिय हाजिरी प्रतियोगिता, नेपाल आर्थिक प्रतियोगिता २०२४, महाकुम्ब २०२३, महासंगम २०२३, मोडेल पार्लामेन्ट ऐसेम्ली जस्ता ५० भन्दा बढि प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस विद्यालयले अनुसन्धान तथा प्रस्तुति, मुट कोर्ट, रोवोर्टिक्स वर्कसप, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
ललितपुर बालकुमारिमा रहेको काठमाडौँ मोडेल स्कुलमा विज्ञान, व्यवस्थापन, तथा कानुन संकाय अन्तर्गत विषयमा पढाइ हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा ७ सय ९९ जना विद्यार्थी, २०७९ मा ७ सय ३६ जना र २०७८ सालमा ६ सय ८५ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९९.६२ प्रतिशत, २०७८ सालमा ९९.५६ प्रतिशत र २०७७ सालमा ९९.७० प्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस विद्यालयमा कार्यरत शिक्षकको संख्या ४५ र कर्मचारीको संख्या २५ जना रहेको छ। यस विद्यालयमा विदेशी विद्यार्थी अध्यनत छैनन्।
१२ रोपनि ७ वटा भवनमा निर्माण भएको मोडेल स्कुलमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायातको व्यवस्था छ। यस विद्यालयले हाजिरिजवाफ, कविता, मुर्ट कोर्ट जस्ता थुप्रै प्रतियोगितामा भाग लिइ सर्टिफिकेट, मेडल तथा ट्रोफि पाउन सफल हुनुको साथै यसै विद्यालयले फ्यागल्टि ट्रेनिङ, डिपार्टमेन्ट वर्कसप लगायत अतिरिक्त क्रियाकलापका तालिम पनि सञ्चालन गर्दै आएको छ।
काठमाडौँ ३१, बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुने विद्यार्थीको पहिलो रोजाइको शिक्षणसंस्था हो। ग्लाेबलकै ग्लोबल स्कुलमा विज्ञान संकाय अन्तर्गतका सम्पूर्ण विषयमा अध्यापन हुन्छ। यो विज्ञान संकायको उत्कृष्ट नमुना विद्यालय हो। यस कलेजले व्यवस्थापन संकायमा मात्र केन्द्रित भएर देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई सावित गरिसकेको छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा १ हजार ८ सय ३० जना विद्यार्थी, २०७९ मा १ हजार ९ सय ४९ जना र २०७८ सालमा १ हजार ८ सय ६८ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९६ प्रतिशत, २०७८ सालमा ९२.५४ प्रतिशत र २०७७ सालमा ९६.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। ग्लोबलमा कुल १०३ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। यस विद्यालयमा विदेशी विद्यार्थी छैनन्।
यस विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा १ हजार २ सय ९९ जना विद्यार्थी, २०७९ मा १ हजार १ सय ५३ जना र २०७८ सालमा ९ सय २८ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९८.९९ प्रतिशत, २०७८ सालमा १०० प्रतिशत र २०७७ सालमा शत प्रतिशत विद्यार्थी उत्र्तीण भएका थिए। ग्लोबल स्कुलमा कुल ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। यस विद्यालयमा विदेशी विद्यार्थी अध्यनत छैनन्।
१६ रोपनि क्षेत्रफल भित्र सुविधासम्पन्न अत्याधुनिक भवनामा रहेको ग्लोबल कलेजमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको व्यवस्था गरिएको छ। ग्लोबलले राष्ट्रिय स्तरको वाइड डिबेट कम्पिटिसनमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस विद्यालयले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम दिनुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागि हुन प्रोत्साहन गर्दै आएको छ।
करियर काउन्सिलिङ तथा शैक्षिक तालिम, फिल्ड भिजिट तथा रिपोर्ट राइटिङ सम्बन्धी तालिम, डान्स, आर्ट, गायन सम्बन्धी तालिम, कन्टेन्ट राइटिङ, एङ्करिङ सम्बन्धी तालिम, भिडियोग्राफी तालिमहरू सञ्चालन गर्दै आएको छ।
काठमाडौँ स्थित बत्तिस पुतलिमा रहेको गोल्डेनगेट ईन्टरनेशनल माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुन विषयमा अध्यापन हुन्छ। गोल्डेनगेटको २०८० सालमा कक्षा ११ र १२ मा कुल विद्यार्थी २ हजार २ सय विद्यार्थी भर्ना गरेको थियो भने पछिल्लो दुई बर्ष २०७९, २०७८ सालमा २ हजार ४ सय ५० जनाको हारहारीमा भर्ना गरेको विद्यालयले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९१ प्रतिशत, २०७८ सालमा ९३ प्रतिशत र २०७७ सालमा ९५ प्रतिशत रहेको विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा ३७२ जना शिक्षक र ७८ जना कर्मचारी गरेर कुल संख्या ४५० जना कार्यरत छन्। गोल्डेनगेटमा ६५ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। १३ रोपनी २ आनामा सञ्चालित छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला हुनुका साथै विद्यार्थीको लागि प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था रहेको छ। गोल्डेनगेटका विद्यार्थीले अन्तर विद्यालय क्रिकेट टुर्नामेन्टमा पहिलो स्थान, यू-१९ कप र बास्केटबल दुबैमा छात्र र छात्रा तर्फ प्रथम स्थान हासिल गरेका थिए।
गोल्डेनगेटका विद्यार्थी अविशेक बरालले एसियन कराते च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए। गोल्डेनगेटमा अध्यनत विद्यार्थीले विभिन्न ४८ वटा प्रतियोगितामा राष्ट्रिय मेडल प्राप्त गर्न सफल भएका छन्। गोल्डेन गेटले विद्यार्थीलाई स्पोर्ट, लिडरसिप, कम्यूनिकेशन, चित्रकला, कवितालेखन सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँ कोटेश्वरमा रहेको ट्रिटन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन तथा कानुन संकाय अन्तर्गत विषय अध्यापन हुन्छ। ट्रिटनमा २०८० सालमा कक्षा ११ र १२ मा १ हजार २ सय ४९ जना विद्यार्थी भर्ना भएका थिए। यसका साथै २०७९ सालमा ९ सय ७ जना र २०७८ सालमा ९ सय ७२ जनाको हारहारीमा विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले सञ्चालन गरेको २०७९ सालको परीक्षाको नतिजा अनुसार ९६ प्रतिशत, २०७८ सालमा ९३ प्रतिशत र २०७७ सालमा ९९ प्रतिशत रहेको छ। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या ११२ जना रहेको छ। ट्रिटनमा विदेशी विद्यार्थी अध्ययनरत छैनन्। ट्रिटनको क्षेत्रफल ३.५ रोपनि हुनुको साथै यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था छ।
ट्रिटन कलेजले ट्रिनिटी कलजले आयोजना गरेको अन्तरविद्यायालय कविता प्रतियोगितामा तेस्रो स्थान, किष्ट कलेजले आयोजना गरेको विज्ञान प्रविधि प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो। विगतमा पनि यस कलेजले यस्ता खालका अन्य विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार प्राप्त गर्दे आईरहेको छ।
यस कलेजले कक्षा ११ र १२ का विद्यार्थीलार्ई ईन्जिनियरिङ तथा मेडिकल विषयका पूर्वतयारी कक्षा सञ्चालन गर्ने गरेको छ। यो कलेजले विभिन्न विद्यार्थी र शिक्षक लक्षित वर्कसप ट्रेनिङ सेमिनारहरू सञ्चालन गर्दे आएको छ। यस विद्यालयले अन्तर विद्यालय खेलकुद प्रतियोगितामा थुप्रै उत्कृष्ट प्रर्दशन गर्दे आएको छ।
काठमाडौँ उपत्यकाको केन्द्र डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल स्कुल विद्यार्थीको रोजाइमा पर्न सफल शिक्षणसंस्था हो। यसले स्थापनाको छोटो समयमा नै आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल भएको छ। ट्रिनिटी इन्टरनेसनल माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान संकाय तर्फ १हजार ४०० र व्यवस्थापन संकायतर्फ ६ सय जना गरेर एकपटकमा २ हजार जना विद्यार्थीको भर्ना लिने गरेको छ।
अहिले यस विद्यालयमा कक्षा ११ र १२ मा गरेर ३ हजार ८ सय जना विद्यार्थी अध्ययनरत छन्। ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसनका साथ अघि बढेको यो कलेजमा प्लस २ र ए लेभल तह अन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी संकायमा विद्यार्थी भर्ना हुन्छन्। यसले स्नातक तहमा बीएससी सिएसआइटी, बीबीएस, बीएका विभिन्न विषय अध्यापन गराउँदै आएको छ। नविन शैक्षिक आयामहरुको उच्चतम प्रयोग गर्दै आएको यस कलेजले क्लास टेष्ट, मासिक, टर्मिनल तथा प्रि बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको छ।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले विश्वविद्यालयले लिने चिकित्सा शिक्षा र इञ्जिनियरिङ विषयका प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन्। किताबि ज्ञानका अलावा यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ।
ललितपुर स्थित जावलाखेलमा रहेको डि.ए.भी.शु .के विश्व भारती माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयले कक्षा ११ मा १ हजार विद्यार्थी भर्ना लिदैँ आएको छ। कक्षा ११ र १२ मा गत वर्ष २ हजार जना विद्यार्थी भर्ना भएका थिए। पछिल्लो तीन वर्ष नै डीएभीले कक्षा ११ र १२मा एक – एक हजार विद्यार्थी भर्ना गरेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०७९, २०७८, २०७७ सालको परीक्षामा ९५ प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
यस विद्यालयमा कक्षा ११ र १२ मा ७० जना शिक्षक र २५ जना कर्मचारी कार्यरत रहेका छन्। डिएभीमा ४० जना विदेशी विद्यार्थी अध्ययनरत छन्। ३२ रोपनी क्षेत्रफल रहेको यस डिएभी विद्यायालयमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला रहेको छ। यसका साथै विद्यालयले विद्यार्थीलाई सहज होस् भनेर प्रविधि मैत्री कक्षा कोठा, विद्यार्थीका लागि आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था गरेको छ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न यस विद्यालयले प्रयोगात्मक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ। डिएभी स्कुलका कार्यक्रम संयोजक मणी गौतमका अनुसार विद्यालयले ललितपुरको लिटिल एञ्जल स्कुलले आयोजना गरेको एल.ए कप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस्तै ईन्जिनियरिङ अध्ययन संस्थानले आयोजना गरेको रोबोटिक्स प्रतियोगितामा अवार्ड पाउन सफल भएको थियो। यस विद्यालयले अन्तर विद्यालय डिएभी फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने छात्रालाई प्रतिरक्षा तालिम पनि सञ्चालन गरेको थियो।
काठमाडौँ बबरमहल स्थित, नेपाल मेगा कलेजमा विज्ञान, व्यवस्थापन तथा कानुन विषयमा अध्यापन हुन्छ। मेगामा २०८० सालमा कक्षा ११ र १२ मा कुल विद्यार्थी १ हजार ३२ जना अध्ययनरत थिए। त्यसै गरि २०७९ सालमा १ हजार २५ विद्यार्थी थिए भने २०७८ सालमा एकहजार जना मात्र विद्यार्थी रहेकोे विद्यालयले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९३ प्रतिशत, २०७८ सालमा ९२ प्रतिशत र २०७७ सालमा ९३ प्रतिशत प्राप्त नतिजा ल्याएको थियो। मेगामा कार्यरत शिक्षकको संख्या ८० रहेको छ भने कर्मचारिको संख्या ४० जना रहेको छ। यस विद्यालयमा विदेशी विद्यार्थी छैनन्। मेगा ३ रोपनी क्षेत्रफलमा २ वटा भवनमा सञ्चालनमा छ। मेगामा विज्ञान तथा सूचना प्रविधि, प्रयोगशाला उपलब्ध हुनुको साथै विद्यार्थीको सहजीकरणको लागि प्रविधि मैत्री कक्षाकोठा, आवाशिय प्रवन्ध, चमेना गृह तथा यातायातको व्यवस्था रहेको छ।
मेगाले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ। मेगाका विद्यार्थी अन्तरविद्यालय कविता प्रतियोगीतामा तेस्रो स्थान, मुटकोर्ट प्रतियोगीतामा दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। गत वर्ष मेगाका ५ जना विद्यार्थीले मेडिकल प्रवेश परीक्षामा र १५ जना विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका थिए। यस विद्यालयले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको व्यवस्था गर्दै आएको छ।
लगनखेल ललितपुर स्थित पिनाकल एकेडेमीमा विज्ञान, व्यस्थापन, मानविकी तथा कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा १ हजार ४ सय २७ जना विद्यार्थी, २०७९ मा १ हजार २ सय ८६ जना र २०७८ सालमा १ हजार २ सय ४५ जना विद्यार्थी भर्ना गरेको थियो।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षामा पिनाकलले २०७९ मा ९७.२ प्रतिशत, २०७८ सालमा ९७.७ प्रतिशत र २०७७ सालमा ९८.४ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १४६ रहेको छ। पिनाकलमा विदेशी विद्यार्थी अध्ययनरत छैनन् भने विद्यालय ३ रोपनि क्षेत्रफलमा र चार तले भवनमा अवस्थित छ।
पिनाकलमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न पिनाकलले +२ स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा दुईपटक प्रथम स्थान र कान्तिपुर रनिङ प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। यस विद्यालयले विद्यार्थीलाई खेलकुद तथा सिप विकासका तालिम सञ्चालन गर्दै आएको छ।
नँया बानेश्वरमा रहेको प्रिमियर कलेजमा विज्ञान, व्यस्थापन, मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। प्रिमियरमा कक्षा ११ र १२ गरेर ३ वर्ष नै १ हजार ४ सयको हाराहारीमा विद्यार्थी भर्ना भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बिगत ३ बर्ष देखि नै ८० प्रतिशत भन्दा बढि बिद्यार्थी उत्तीर्ण हुँदै आएका छन् । यस विद्यालयमा कार्यरत शिक्षक ९१ जना र कर्मचारी २० जना रहेका छन्। प्रिमियममा विदेशी विद्यार्थी अध्ययनरत छैनन्।
१० रोपनि क्षेत्रफलमा फैलिएको यस विद्यालयका ६ वटा भवन छन्। यस विद्यालयमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला रहेको छ। यसका साथै विद्यालयले विद्यार्थीलाई सहज होस भनेर प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह, लगायतको व्यवस्था गरेको छ। यस विद्यालयले शिक्षण तथा व्यवस्थापन पद्धति सम्बन्धि तालिम, होटेल व्यवस्थापन, कम्प्यूटर, ब्याडमिन्टन तथा क्रिकेट सम्बन्धि अतिरिक्त क्रियाकलापमा आधारित तालिम सञ्चालन गर्दै आएको छ।
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायका विभिन्न विषयको पठनपाठन हुने यस एकेडेमी विद्यार्थीको रोजाइको शिक्षणसंस्था हो। ललितपुरमा आफूलाई अग्रभागमा स्थापित गर्न सफल यस शिक्षालयले कक्षा ११ मा ८सय जना विद्यार्थी भर्न लिने गरेको छ। विज्ञान तर्फ ६ सय र व्यवस्थापन तर्फ २ सय विद्यार्थी अध्ययरत छन्।
नतिजाको हिसाबले नेपालकै उत्कृष्ट शिक्षणसंस्था बन्न सफल यस कलेजमा विद्यार्थीको आकर्षण बढ्नुमा यस कलेजको कुशल व्यवस्थापन नै प्रमुख हो। यस एकेडेमीमा एक सय भन्दा बढी शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको आफ्नो भवन भने छैन। भाडाकै भवनमा सञ्चालित छ। यस कलेजमा विज्ञान प्रयोगशाला र चमेना गृहको व्यवस्था छ भने आवाशिय प्रवन्ध र यातायातको सुविधा छैन। अनुभवी शिक्षण टिम रहेको प्रसादीमा निश्चित कोटामा मात्रै भर्ना लिइन्छ।
काठमाडौँको तिनकुनेमा रहेको भि.एस निकेतन माध्यमिक विद्यायालयमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२, २०८० सालमा १ हजार ४ सय ८६ जना, २०७९ मा १ हजार १ सय ५५ जना र २०७८ सालमा १ हजार ६६ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९८.०३ प्रतिशत, २०७८ सालमा ९९ प्रतिशत र २०७७ सालमा ९८.९ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १३० जना रहेको छ भने यस विद्यालयमा विदेशी विद्यार्थी छैनन्। २ हजार जना विद्यार्थी आरामदायी रुपमा बस्न र खेल्न मिल्ने क्षेत्रफल भि. एस निकेतन माविले ओगेटेको छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्। भिएस निकेतनले विज्ञान समुह पढ्ने विद्यार्थीले बनाएको रोबोर्ट विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो। भिएस निकेतनले विद्यार्थीका लागि सिनियर डिभिजन क्याडेट तालिम, कम्प्युटर सफ्टवेयर लगायत रोर्वट निर्माण गर्ने तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँको चावहिल चुच्चेपाटी ७ स्थित मनास्लु वल्र्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय अन्तर्गत विषयमा अध्यापन हुन्छ। यस विद्यालयमा २०८० सालमा कक्षा ११ र १२ मा १ हजार ३ सय १६ विद्यार्थी भर्ना भएका थिए। २०७९ सालमा १ हजार १ सय ५६ जना र २०७८ सालमा ९ सय ७३ जना भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९९.२७ प्रतिशत, २०७८ सालमा ९९.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। यस विद्यालयमा कक्षा ११ र १२ मा कार्यरत शिक्षक र कर्मचारीको कुल संख्या १२२ रहेको छ। यहाँ विभिन्न देशहरूबाट विद्यार्थीहरु छोटो अवधीका लागि आउने गरेका छन्। यस अघि २५ जना विदेशी विद्यार्थीहरू विद्यालयमा आएर तालिम लिएका थिए। यस विद्यालय ७ रोपनी १० आना क्षेत्रफलमा र ८ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। विद्यालयले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता २०८० मा विजयी हासिल गरेको थियो।
यस कलेज यु–१९ जेभिएर बास्केटबल प्रतियोगिता २०८०मा रनर अप, काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको अन्तर कलेज फुटबल प्रतियोगितामा रनर अप, होटल म्यानेजमेन्ट अफ द इयर २०७९लगायतका पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनकालागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्।
यस विद्यालयले मिस्टर एण्ड मिस मनास्लु २०८०, मनास्लु डान्सिङ स्टार २०८०, मनास्लु आईडल २०८० र स्थापनाकाल देखि नै प्रत्येक वर्ष विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरूलाई नेतृत्व विकास सम्बन्धी तालिमहरू सञ्चालन गर्दे आएको छ। यस कलेजले अन्तरविद्यालय कविता वाचन प्रतियोगीता आयोजना गरेको थियो भने स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कल्चरल एक्सचेन्ज तथा शैक्षिक भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कलेजले लियो क्लब अफ काठमाडौँ मनास्लु वल्र्डको स्थापना गरि विद्यार्थीहरूको वृत्ति विकासमा सहयोग पुर्याउँदै आएको छ।
ललितपुर स्थित कुमारीपाटीमा रहेको मुनलाईट माध्यमिक विद्यालय (मोलिस)मा विज्ञान, व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। यस विद्यालयमा २०८० सालमा कक्षा ११ र १२ मा ९ सय ४२ जना, २०७९ मा १ हजार १ सय ११ जना र २०७८ सालमा १ हजार २ सय ३६ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९७.८ प्रतिशत, २०७८ सालमा ९८.६ प्रतिशत र २०७७ सालमा ९९.९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ७७ जना रहेको छ। यस विद्यायालयमा विदेशी विद्यार्थी अध्ययनरत छैनन्। ३ रोपनि क्षेत्रफलमा मोलिसको आफ्नै सुविधासम्पन्न भवन निमार्ण गरिएको छ।
मोलिसमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ। मोलिसले डिएभी फुटसल कपमा पहिलो स्थान, जेम्स फुटसलमा दोस्रो स्थान, पिइए हाजिरिजवाफ प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो।
यसका साथै अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा दोस्रो स्थान, इकोनोमिक ओलमपियाड कुइजमा पहिलो स्थान हासिल गरेको थियो। मोलिसले प्रत्यक वर्ष शिक्षकलाई वर्कशप तालिम र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप फुटसल, ब्याडमिन्टन, बास्केटबल लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
ललिपुरको कुमारीपाटीमा अवस्थित युनाइटेड एकेडेमी भौतिक पूर्वाधार र कुशल व्यवस्थापनले विद्यार्थीको रोजाइमा पर्न सफल उपत्यकाकै उत्कृष्ट शिक्षणसंस्था मध्ये एक हो। कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय तर्फका विषय अध्ययन हुने यस एकेडेमीले विद्यार्थीलाई अनुशासित र लगनशिल बन्न सघाउने गरेको छ।
एकेडेमीका संस्थापक अध्यक्ष द्रिप चाम्लिङ हुन्। विद्यालयलाई किताबि ज्ञानसँगै बाह्य ज्ञान पनि प्रदान गर्न सफल यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ। यस विद्यालयले विपन्न र पिछडिएको छेत्रका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै विद्यार्थीको नतिजाको आधारमा पनि छात्रवृत्ति उपलव्ध गराउँछ।
यस विद्यालयले कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिन्छ। युनाइटेडमा कक्षा ११ र १२ मा गरेर १५० जना शिक्षक र कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक डा लाल राप्चाले जानकारी दिए। दश रोपनि क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था रहेको छ। विद्यार्थीलाई यस शिक्षणसंस्थाले यातायातको प्रवन्ध गर्नुका साथै आवासीय व्यवस्था पनि गरेको छ। विद्यार्थी र शिक्षक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको यस विद्यालयले अन्तर विद्यालय रोबोटिक्स प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो।
नेपालमा विज्ञान, प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रका विज्ञ, अर्थविद् र शिक्षाविद्हरूद्वारा काठमाडौँको कमलादी स्थित गणेश मन्दिरसँगै सञ्चालित विद्यालय हो ‘युनिग्लोब’।
यसले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय अन्तर्र्गतका विषयहरू अध्यापन गराउँदै आएको छ। १२ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा सुविधासम्पन्न भवन छन्। विद्यार्थीका लागि विज्ञान, सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक पुस्तकालयको व्यवस्था गरेको यस विद्यालयमा आवाशीय प्रवन्ध भने छैन।
काठमाडौँ उपत्यका भित्रका विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउँदै आएको यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ। विद्यालयमा ७० जना शिक्षक/कर्मचारी कार्यरत छन्।
काठमाडौँ महानगरपालिका वडा नं ७ सरस्वतीनगर स्थित रिलायन्स ईन्टरनेशनल एकेडेमीमा विज्ञान, व्यस्थापन संकाय अन्तर्गतका विषयमा अध्यापन हुन्छ। यस विद्यायालयमा कक्षा ११ र १२ मा २०८० सालमा १ हजार ८ सय ३१ जना विद्यार्थी, २०७९ मा १ हजार ७ सय २२ जना र २०७८ सालमा १ हजार ८ सय १२ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा रिलायन्स ऐकेडेमिले २०७९ मा ९५.४२ प्रतिशत, २०७८ सालमा ९९.५ प्रतिशत र २०७७ सालमा ९८.५२ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको थियो।
यस विद्यालयमा ८७ जना शिक्षक र ३५ कर्मचारी कार्यरत छन्। यस विद्यालयमा २ जना विदेशी विद्यार्थी अध्ययनरत छन्। ५ रोपनी जग्गा र ७ वटा भवन रहेको यस रिलायन्स ईन्टरनेशनल एकेडेमीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छ। यस विद्यालयले विषय तथा अतिरिक्त क्रियाकलापका क्षेत्रबाट पुरस्कार प्राप्त गर्नुकोे साथै तालिमहरू पनि सञ्चालन गर्दै आएको छ।
काठमाडौँ महानगरपालिका वडा नं १० नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। विद्यालयमा कक्षा ११ र १२ मा २०८० सालमा १ हजार ७ सय ९१ जना, २०७९ मा १ हजार ५ सय ४८ जना र २०७८ सालमा १ हजार ५ सय ७ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९२.३ प्रतिशत, २०७८ सालमा ९९.३ प्रतिशत र २०७७ सालमा ९८.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १७८ जना रहेको छ भने २१ जना विदेशी विद्यार्थीको संख्या रहेको छ।
लिभरपुल ५ रोपनि क्षेत्रफलमा ३ वटा भवनमा सञ्चालित एक उत्कृष्ट नमुना विद्यालय हो। यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधारहरू रहेका छन्।
हालसम्म लिभरपुलले एलए कप प्रथम, रेडियो नेपालद्वारा सञ्चालित वक्तृत्वकलामा प्रथम, कविता तथा क्रिकेट कपमा प्रथम पुरस्कार हासिल गरेको थियो। लिभरपुलले शिक्षक, कर्मचारी तालिम, विषय विज्ञबाट प्रत्येक वर्ष तालिमको व्यवस्था गर्दै आएको छ।
काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी कानुन, शिक्षा संकायका विषय अध्यापन हुन्छ। यसका साथै विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म इलोक्ट्रोनिक्स इन्जिनियरिङ पनि अध्यापन गराउँदै आएको छ।
यस विद्यायालयमा कक्षा ११ र १२ मा २०८० सालमा २ हजार ५ सय १३ जना विद्यार्थी, २०७९ मा २ हजार ३ सय ४८ र २०७८ सालमा २ हजार २ सय २१ जना विद्यार्थी भर्ना लिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले २०७९ मा ९६.४ प्रतिशत, २०७८ सालमा ९२ प्रतिशत र २०७७ सालमा ९४ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
१६१ जना शिक्षक तथा कर्मचारी रहेको यस विद्यायालयमा ९ जना भारत घर भएका विद्यार्थी अध्ययनरत छन्। विद्यालय ९ रोपनि, ७ आना, ३ पैसा, २ दाम क्षेत्रफल भित्र ७ वटा पक्कि र २ वटा कच्चि भवनमा अवस्थित छ। विश्वनिकेतनमा विज्ञान तथा सुचना प्रविधि प्रयोगशाला हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायातको व्यवस्था रहेको छ।
यस विद्यायालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता हनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकान्दो, फुटसल, राष्ट्रिय सेवा दल, गायन तथा नृत्य, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँको बालजु १६ स्थित समृद्धि स्कुलमा व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। समृद्धि स्कुल कक्षा ११ र १२ मा २०८० सालमा ७ सय १४ जना विद्यार्थी, २०७९ मा ६ सय २३ जना र २०७८ सालमा ५ सय ६७ जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०७९ सालमा ९७ प्रतिशत, २०७८ सालमा शत प्रतिशत र २०७७ सालमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ५१ जना रहेको छ। यस विद्यालयमा विदेशी विद्यार्थी अध्यनत छैनन्। ६ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न पूर्वाधार छन्।
समृद्धिमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायातको व्यवस्था रहेको छ। समृद्धिले पेन्टिङ, कविता, चेस, गायन, ट्राभल भिडियो, फोटोग्राफी, फेसन सो लगायतका तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
समृद्धिले कराते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स सर्ट स्टोरी र ग्रीटिङ कार्ड प्रतियोगितामा दोस्रो स्थान अन्तरविद्यालय गु्रप डान्स प्रतियोगितामा तेस्र्रो स्थान हासिल गर्न सफल भएको छ। यस विद्यालयले कराते च्याम्पेनसपि, गोल सेटिङ, बास्केट बल, प्रस्तुतिकरण, कविता लेखन, स्टोरी राइटिङ, गेष्ट सेसन, करियर काउन्सिलिङ जस्ता थुप्रै तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। यसका अलावा विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यायार्थीहरूलाई उक्त क्लबमा आबद्ध गराई चौतर्फी व्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ।
साउथवेस्ट्रन स्टेट माध्यमिक विद्यायालय काठमाडौँको टोखा नगरपालिका वडा.न ७ मा रहेको छ। साउथवेस्ट्रनमा रसायन विज्ञान, भौतिक विज्ञान, जीव विज्ञान, लेखाशास्त्र, अर्थशास्त्र, होटल म्यानेजमेन्ट, व्यवसायिक अध्ययन, तथा कम्प्यूटर लगायका विषय अध्यापन हुन्छ।
यस विद्यायालयमा कक्षा ११ र १२ मा २०८० सालमा २ हजार ४ सय ७२ जना, २०७९ मा २ हजार २ सय १४ जना र २०७८ सालमा १ हजार ९ सय ८२ जना विद्यार्थी भर्ना भएका थिए।
राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०७९ सालमा ९८ प्रतिशत, २०७८ सालमा ९७ प्रतिशत र २०७७ सालमा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या २०४ जना रहेको छ। यहाँ १ जना विदेशी विद्यायार्थी अध्यनत छन्। यस विद्यालयको क्षेत्रफल १०२ आना र भवन संख्या ३ वटा रहेको छ। साउथवेस्ट्रनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधार छन्। यस विद्यालयले विज्ञान पर्दशनि तथा करियर व्यवस्थापन, लेखनकला तथा वक्तृत्वकला सम्बन्धी तालिम दिँदै आएको छ।
कक्षा १० उत्तीर्ण गरी विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्यका रुपमा आफूलाई स्थापित गर्न सफल शिक्षणसंस्था हो ‘सेन्ट जेभियर्स कलेज’। यस कलेजले कक्षा ११ मा विज्ञान संकाय तर्फका विषय अध्ययन गर्न चाहने ५ सय जना विद्यार्थी भर्ना गर्ने गरेको छ। कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस कलेजको विगत ३ वर्षको नतिजा ९९.९९ प्रतिशत रहेको छ।
यस कलेजमा कक्षा ११ र १२मा ६५ जना शिक्षक र कर्मचारी कार्यरत छन्। यस कलेजको ३ वटा भवन रहेको छ भने ६ हजार वर्गमिटर क्षेत्रफलमा अवस्थित छ। कलेजले विद्यार्थीका लागि विज्ञान र सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गरेको छ भने कलेजमा प्रविधि मैत्री कक्षा कोठा हुनुका साथै आवाशिय प्रवन्ध र चमेना गृहको पनि व्यवस्था छ।
यस कलेजका विद्यार्थीले म्याथ ओलम्पियाड र कुम्भ डिवेटमा पुरस्कार प्राप्त गरका थिए। यस कलेजले शिक्षक र विद्यार्थी केन्द्रित कम्प्युटर, फिजिक्स, म्याथ, केमेस्ट्रि ओलम्पियाड र साइन्स फेस्ट सञ्चालन गरेको थियो। यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी अन्तर विद्यालय स्तरका विभिन्न प्रतियोगितामा उत्कृष्टता हासिल गर्न सफल भएका छन्।
विद्यार्थीलाई यस कलेजले डे«सको व्यवस्था गरेको छैन। यस कलेजले अध्यापनमा निरन्तरता, कम विदा, अनुभवि दक्ष शिक्षक, आधुनिक प्रयोगशाला, आन्तरिक मूल्याङ्कन जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ। यसका अतिरिक्त यस कलेजले अतिरिक्त क्रियाकलाप पनि विशेष जोड दिदैँ आएको छ।